Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

हजार वर्षकै महान् चिन्तकले कसरी लेख्थे पत्र ?

हजार वर्षकै महान् चिन्तकले कसरी लेख्थे पत्र ?

  • शुक्रवार, फाल्गुण १६ २०७६

  • नयाँ समाज


  • प्रिय कुगेलमान,

    कसरी तिमीले १३ जुन १८४९ को निम्न पूँजीवादी प्रदर्शनहरुलाई पेरिसको वर्तमान संघर्षसँग तुलना गर्न सक्यौ, मैले पटक्कै बुझ्न सकिन ।

    यदि संघर्षले अनुकूल अवसरहरुको अचूक रुप मात्र लिइरहने हो भने विश्व इतिहासको निर्माण गर्न सजिलो पर्ने थियो । तर अर्कोतिर यदि “संभाव्यताहरुको” कुनै भूमिका नरहने हो भने इतिहासले एकदम रहस्यवादी चरित्र धारण गर्नेछ । यी सम्भाव्यताहरु विकासको सामान्य क्रममा निसन्देह तिनको संघटक अंग बनेका हुन्छन् र अन्य सम्भाव्यताहरुसँग सन्तुलित रहन्छन् । परन्तु शिघ्रता र मन्दता धेरै मात्राामा यिनै “सम्भाव्यताहरुमा” निर्भर रहन्छन्, जसमध्ये त्यस्तो “सम्भाव्यता” पनि पर्दछ, जुन आन्दोलनको नेतृत्वमा रहेका मानिसहरुको चरित्रसँग सम्बन्धित हुन्छ ।

    यस पल्ट चहीँ प्रतिकूल निर्णायक “सम्भाव्यताका” खोजी कुनै पनि हालतमा फ्रान्सेली समाजका सामान्य अवस्थाहरुमा गर्न मिल्दैन, यो सम्भाव्यता पेरिसको ढोका अगाडि उभिएका प्रोइसेनीहरुको फ्रान्समा उपस्थिति हो । पेरिस वासीहरुलाई यो कुरा राम्ररी थाहा थियो । यो कुरा भेर्साईका बुर्जुवा जमातलाई पनि थाहा थियो । त्यसैले त उनीहरुले पेरिस वासीहरु समक्ष विकल्प राखेका थिए । कि संघर्षका चुनौति स्वीकार गर, कि विना संघर्ष आत्मासमर्पण गर । विनासंघर्ष आत्मासमर्पणको स्थितिमा मजदूर वर्गको नैतिकपतन “अगुवाहरुको” मृत्युभन्दा धेरै ठूलो दूर्भाग्य हुने थियो । पेरिस कम्युनको फलस्वरुप पूँजीपति वर्ग तथा त्यसको राज्यको विरुद्ध मजदुर वर्गको संघर्षले नौलो चरणमा प्रवेश गर्यो । यस पटक संघर्षको परिणाम जस्तोसुकै भएतापनि विश्व ऐतिहासिक महत्वको नयाँ प्रस्थान बिन्दु भने प्राप्त गरिएको छ ।

    उही माक्र्स
    १७ अप्रिल १८७१

    प्रतिक्रिया
    सम्बन्धित समाचार