Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

प्रदेश १ ले चार्जिङ स्टेसनका लागि ३ ठाउँमा जग्गा दिने

प्रदेश १ ले चार्जिङ स्टेसनका लागि ३ ठाउँमा जग्गा दिने

  • आइतवार, श्रावण २६ २०७६

  • नयाँ समाज


  • प्रदेश नम्बर १ को सरकारले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने भएको छ। जग्गाका लागि प्रदेश सरकारले स्थानीय सरकारसगँ आग्रह गरेको र स्थानीय तहले पनि जग्गा दिन राजी भएको प्रदेश नम्बर १ सरकारका सचिव राजेशप्रसाद घिमिरेले जानकारी दिए।

    ‘चार्जिङ स्टेसनको अध्यनको लागि टोली आएको थियो। उक्त टोली र हाम्रा इन्जिनियर मेयरसाब हरुलाई भेटन जानु भयो। उहाँहरुले जग्गा उपलब्द्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ’ घिमिरेले सेतोपाटीसगँ भने। चार्जिङ स्टेसनको लागि, मेचीनगर नगरपालिका, सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको मूख्यमन्त्री कार्यालयले जनाइको छ। चार्जिङ स्टेसन कसले राख्ने, कस्तो हुने भनेर अहिले टुङ्गो नलागेको उनले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार