Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

क्यास्ट्रो युगको शिक्षा नीतिः नयाँ मान्छे निर्माण अभियान

क्यास्ट्रो युगको शिक्षा नीतिः नयाँ मान्छे निर्माण अभियान

  • मंगलवार, फाल्गुण ६ २०७६

  • राजकुमार बराल


  • ‘समाजवादी कित्ता ढल्दा र शोभियत संघको विघटन भई हामो ८५ प्रतिशत निर्यात व्यापार गुम्दा र केवल ४० प्रतिशत सञ्चित उर्जाले धानिनु पर्दाको यो आर्थिक संकटकाबीच पनि हाम्रा कुनै पनि विद्यालय वन्द भएका छैनन र कुनै पनि क्युवाली बच्चालाई शिक्षकविना छोडिएको छैन ।’- फिडेल क्यास्ट्रो

    सन् १९९० पछिको शोभियत संघको विघटन र अमेरिकी नाकाबन्दी पछिको आर्थिक संकटको सामना गर्न क्यास्ट्रोले शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको घोषणा गरेका थिए । फेब्रुअरी १९९३ मा ५५०० जना दक्षिण अमेरिकी शिक्षाकर्मीहरुको राजधानी हवानामा भएको सम्मेलनमा फिडेल क्यास्ट्रोले व्यक्त गरेका यि माथिका भनाइबाट पनि क्यास्ट्रो युगमा शिक्षालाई दिईएको महत्वबारे आंकलन गर्न सकिन्छ ।

    वीसौं शताब्दीका ‘कम्युनिष्ट हिरो’ फिडेल क्यास्ट्रोको हालै २५ नोभेम्बर २०१६ मा ९० बर्षको उमेरमा निधन भयो । विभिन्न साहसिक कथा र रहस्यले भएको उनको जीवन समाजवादी सपना बोक्नेहरुका लागि रोमान्चकारी त छँदैछ, त्यत्तिकै विश्वका शिक्षाकर्मीहरुका लागि प्रेरणादायि पनि छ ।

    फिडेल क्यास्ट्रोका शैक्षिक योगदानको चर्चा गर्दा उनका मित्र चे ग्वेभाराको दूरदृष्टिलाई सबैभन्दा पहिलो स्थानमा राख्नुपर्ने हुन्छ किनभने क्युवाको शिक्षाकोे सडक चे ग्वेभाराको ‘नयाँ मान्छे निर्माण’को सपनामा अघि बढेको थियो । चे भन्थे: ‘समाजवाद निर्माण गर्ने हो भने देशको वस्तुगत आधारअनुसार ‘नयाँमान्छे’ साथसाथै निर्माण गरिनुपर्छ र त्यस्तो नयाँ मान्छे निर्माणका लागि सम्पूर्ण समाज नै ‘वृहत विद्यालय’ बन्नुपर्छ ।’ चे सन् १९६७ अक्टोवर ९ मा बोलिभियाको जंगलमा मारिए तर उनको देशको वस्तुगत आवश्यकताको आधारमा ‘नयाँमान्छे’ निर्माण गर्ने शिक्षाको खास मार्ग दर्शनमा चेपछिको क्युवालाई फिडेलले अघि बढाएको देखिन्छ ।

    फिडेलको शिक्षा नीति आठवटा रणनीतिमा आधारित थिए । पहिलो, सन् १९५९ मा सत्तामा आएपछि क्युवाको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि शिक्षालाई विकास रणनीतिको प्रमुख हिस्साको रुपमा अघि सार्नु । उनले आफू सत्तामा आएपछि शिक्षाको बलियो जग बसाउन खोजेको देखिन्छ । शिक्षा पाउने नागरिकको अधिकारलाई राज्यको जिम्मामा लिए । सन् १९५६ मा अघिल्लो सत्ताले बन्द गरेका विश्वविद्यालयहरु खोले । तालिम दिनका लागि हजारौ शिक्षकलाई पठाए । क्रमशः प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि केन्द्र खोल्दै गए र सन् १९७१ सम्ममा त्यस्ता केन्द्रको संख्या ९५ वटा पुगेको थियो ।

    दोस्रो नीति थियो: निजी विद्यालय बन्द गरी सार्वजनिक शिक्षाको एकल अभियान अघि बढाउनु । उनी सत्तामा आउनु अघि सन् १९५८ मा ८३० वटा निजी विद्यालय थिए र तिनका संख्या दिनदिनै बढ्दा थिए तर क्यास्ट्रोले सन् १९६१ देखि क्युवामा आफ्नो समाजवादी विश्वदृष्टि अनुसार धर्म र धनीहरुको सेवा गर्ने नीजि विद्यालयहरुलाई सरकारीकरण गरेका थिए ।
    तेस्रो नीति थियो ः शिक्षा सुधारलाई योजनाबद्ध आन्दोलनको रुपमा अघि बढाउनु । प्रधानमन्त्री भएको एकबर्षपछि सन् १९६० मा क्यास्ट्रोले सन् १९६० देखि १९७० सम्मको अवधिलाई विद्यालय जाने उमेरका बालबालिकाका लागि शिक्षामा पहुँच (बअअभकक तय भमगअबतष्यल) को एकल नाराका साथ कार्यक्रम अघि सारे । निरक्षरता उन्मुलन गर्न उनले २६८४२० जना ‘साक्षरता शिक्षक’, १५ हजार मजदुर र एकलाख स्वयंसेवी यूवालाई उनीहरुको विदाको समयमा परिचालन गरेका थिए । सन् १९७० तिर दोब्बर विद्यालय स्थापना गरिएका थिए । प्रौढ साक्षरता र साक्षरोत्तर कार्यक्रमका लागि ‘कामदार–किसान’ साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए । किसानका छोरीहरु, यौन व्यवसायमा संलग्न किशोरीहरुलाई लक्षित गरेर विशेष साक्षरता कार्यक्रम शुरु गरेका थिए । उनी प्रधानमन्त्री हुनुअघि विद्यालय भर्ना दर ५५ प्रतिशत रहेको क्यूवामा सन् १९७०÷७१ मा ९३.५ प्रतिशत पु¥याएका थिए । क्याष्ट्रोको यो साक्षरता अभियानका आर्टिटेक्ट राहुल फेरर थिए । प्रसिद्ध शिक्षाविद् पाउलो फ्रेरेले क्युवाको साक्षरता आन्दोलनलाई विसांै शताब्दीको शिक्षाको ईतिहासमा महत्वपूर्ण घटना भनेका थिए ।

    सन् १९७० मा क्यास्ट्रोले भविश्यका शिक्षकको अवधारणा ल्याउँदै योग्य र प्रतिवद्ध शिक्षक उत्पादन गर्न १५०० वटा शैक्षिक केन्द्रहरु स्थापना गरेका थिए । सन् १९७० को शुरुवातमा उनले शिक्षामा दक्ष जनशक्ति उत्पादन र गुणस्तर अभिवृद्धिको एकल नाराको आन्दोलनको रुपमा अघि बढाएका थिए र सन् १९८० को मध्यबाट गुणस्तर अभिवृद्धिको कार्यक्रमको साथै पाठ्यक्रम, प्राविधिक तथा व्यवसायिक शिक्षा, शिक्षण विधि, शिक्षाको संरचनागतका साथै अवसरको विकेन्द्रिकरणको आन्दोलन नै छेडेका थिए । साक्षरता उन्मुलनमा क्युवाको उपलब्धीलाई केही बर्ष अघि प्रकाशित युनेश्को प्रतिवेदनले ‘महान लोकप्रिय सांस्कृतिक क्रान्ति’भनेको थियो ।

    चौंथो नीति थियो: क्युवाको शिक्षालाई खास मूल्य ९खबगिभ० निर्माणमा केन्द्रित गराउनु । क्यास्ट्रोले शिक्षामार्फत क्युवाली बालबालिका तथा युवामा सहकार्य, अनुशासन, त्याग र नैतिकताको मुल्यमा ज्यादा जोड दिएका थिए । यसका साथै क्युवाको समग्र शिक्षा प्रणाली पढाइ, काम र सैनिक तालिमको एकीकृत प्याकेज थियो ।

    पाँचौं नीति थियो: शिक्षालाई विद्यालय÷विश्वविद्यालय तहबाटै उत्पादन र समाजसँग जोड्नु । क्यास्ट्रोले सन् १९६० मा ‘गाउँले स्कुल’ कार्यक्रम लागू गरेका थिए । उक्त कार्यक्रमले विश्वविद्यालयका शिक्षक, विद्यार्थीलाई कृषिमा जोडेको थियो । कार्यथलो शिक्षा (धयचपउबिअभ भमगअबतष्यल) लाई उनले विशेष जोड दिएका थिए । उनका यि कार्यक्रमका परिणाम स्वरुप १० बर्षको अवधिमा सन् १९७० देखि बार्षिक एक करोड टन उखु उत्पादन संभव भएको थियो । यसले क्युवाली अर्थतन्त्रको रुपान्तरणमा नयाँ उत्साह थपेको थियो । विद्यालय तहका साना बालबालिकालाई समेत उनीहरुले सक्ने स–साना कामहरु लगाईन्थ्यो । सन् १९९० पछि आत्मनिर्भरताका लागि कृषि स्कुलहरु खेलिएका थिए । स्थानीय पाठ्यक्रमलाई जोड दिईएको थियो ।

    छैठौं नीति थियो: शिक्षाको संरचनागत सुदृढिकरण र गाउँ–शहर, धनी–गरीवबीच हुने शिक्षा अवसरको समावेशी समानुपातिक सन्तुलन मिलाउनु । उनले आफ्नो शासनकालको दश बर्षपछि रसियन विज्ञहरुको मद्धतले समग्र शिक्षा पद्धतिको अध्ययन गर्न लगाई सुधारका कार्यक्रमहरु अघि सारेका थिए । सन् १९७६ बाट उच्च शिक्षा मन्त्रालय गठन गरे । नगरपालिका र प्रादेशिक एकाइलाई थप अधिकार दिईयो । सन् १९७४मा विश्वविद्यालय पूर्वको व्यवसायिक इन्स्टिच्युटको रुपमा ‘लेनिन स्कुल’ स्थापना गरे । लेनिन स्कुल पछि क्युवा भरी नै फैलिएको थियो ।

    सातौं नीति थियो: अनुसन्धानलाई जोड दिँदै शिक्षा प्रणालीलाई थप परिस्कृत बनाउँदै लैजानु । क्याष्टोले सन् १९९० सम्म विश्वविद्यालय बाहेकका विभिन्न विषयका ७० वटा अनुसन्धान केन्द्रहरु स्थापना गरेका थिए । सन् १९८९ मा मात्रै क्युवामा ३२६१४ वटा वैज्ञानिक अनुसन्धानहरु भएका थिए । शिक्षकहरुका लागि कार्यगत अनुसन्धान (बअतष्यल चभकभबचअज०मा जोड दिईएको थियो । रचनात्मक शिक्षण विधि सम्बन्धी मात्रै अनुसन्धान गर्ने दुईवटा निकायहरु स्थापना गरिएका थिए ।

    आठौं नीति थियो: शिक्षा विकासको नेतृत्व कर्मचारीतन्त्र र गैरसरकारी क्षेत्र हैन राजनीतिक दलले गर्नु । फिडेलको शासनकालमा उनको पार्टी कम्युनिष्ट पार्टी अफ क्युवाले नै देशभित्रका र कहिलेकाँही पुरा दक्षिण अमेरिका भरीका शिक्षाकर्मीहरुको सम्मेलन आयोजना गर्ने, शिक्षाका विविध समस्याहरुका बारेमा बौद्धिक छलफल गर्न लगाइ राय दिन लगाउथ्यो र पार्टीले सोही रायअनुसार नीति तथा कार्यक्रम तय गथ्र्यो ।

    बाहिरी विश्वले अनिवार्य सैनिक तालिम र विश्वविद्यालय तहमा भर्नाका लागि प्रतिबद्ध कम्युनिष्ट प्रमाणित हुनुपर्ने क्युवाली प्राबधानलाई भने आलोचना गरेको देखिन्छ । तर क्यूवाको सत्प्रतिशत साक्षरता, १५–२० जना विद्यार्थी बराबर एक शिक्षक, सत्प्रतिशत भर्ना दर र मुस्किलले २ प्रतिशतको ड्रप आउट दर, निशुल्क शिक्षा, गुणस्तरी प्राविधिक शिक्षामा उत्कृष्ट, सन्तुष्ट र मर्यादित शिक्षक–शिक्षाकर्मी, प्रभावकारी अनुगमन व्यवस्थालाई आज विश्वले स्वीकारेको अबस्था छ । सीआईए फ्याक्ट बुक २०१६को तथ्याङ्क अनुसार क्युवाले जनसंख्याको अनुपातमा चिकित्सकको उपलब्धता, अस्पतालको बेड संख्या, साक्षरता, न्यून बाल मृत्यु दर, न्यून बेरोजगारी दरमा अहिलेको अमेरिका र चिनलाई समेत उछिनेको छ भने औषत आयुमा चीन र अमेरिकाकै हाराहारीमा छ । मेडिसिन र प्राविधिक शिक्षा पढ्न बाहिरी विश्वबाट दशौ हजार विद्यार्थी क्युवा जाने गरेका छन् । धार्मिक सहिष्णुता, जातिय सद्भाव र सामाजिक सेवामा उत्कृष्ट देश बनेको छ । क्युवाको विकासको अहिलेको स्थिति क्यास्ट्रोको शिक्षा नीति कै उपज थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार