Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

'एउटै कक्षाकोठामा दुई अर्ब विद्यार्थी  एकसाथ पढ्दैछन्'

'एउटै कक्षाकोठामा दुई अर्ब विद्यार्थी एकसाथ पढ्दैछन्'

  • आइतवार, जेठ ४ २०७७

  • जेरेमी रिफ्किन


  • अनुवादकः रमेश सुनुवार/राजकुमार श्रेष्ठ 

    (लामो समयदेखि मानवजातिले प्रतीक्षा गर्दै आएको उत्कृष्ट समाज 'समाजवाद/साम्यवाद' अब साकार बन्दै छ । किनभने यसको लागि आवश्यक पूर्वाधार अब तयार भइसकेको छ । यसको प्रमाणको रुपमा विश्व प्रसिद्ध अमेरिकी लेखक तथा अर्थशास्त्री जेरेमी रेफ्किनको विश्वचर्चित पुस्तक 'Zero Marginal Cost Society' नेपाली भाषामा अनुवाद गरी पाठकसामु प्रस्तुत गरिदै छ । यो पुस्तकले वर्तमान युगले कसरी काम गरिरहेको छ भन्नेबारे बताएको छ र यो हाेमीले साेचिरहेको भन्दा निकै भिन्न छ  । अनुदित पुस्तकको एक अंश जानकारीका लागि यहाँ प्रस्तुत गरिएको छ ।- सम्पादक)

    दुई अर्ब बिद्यार्थीहरू भएको एउटा कक्षाकोठा

    पूँजीवादी युगबाट सहयोगी युगमा संक्रमणले कक्षाकोठाको शिक्षालाई परिवर्तन गरिरहेको छ । निर्देशनको प्राधिकारवादी, माथिबाट तल जाने शिक्षणको मोडेलले बढी सहयोगी शिक्षणको अनुभवलाई स्थान दिन थालेको छ । शिक्षकहरू व्याख्याताबाट सहजकर्तामा रुपान्तरण हुँदैछन् । ज्ञान प्रदान गर्ने प्रक्रिया आलोचनात्मक सिक्ने कलाको सिर्जनाभन्दा कम महत्वपूर्ण हुँदै गइरहेको छ । विद्यार्थीहरूलाई समग्रमा सोच्न प्रोत्साहित गरिन्छ । स्मरणलाईभन्दा खोजलाई जोड दिइन्छ ।

    परम्परागत औद्योगिक कक्षाकोठामा, शिक्षकको प्राधिकारमाथि प्रश्न गर्न सख्त निषेध गरिएको हुन्छ र विद्यार्थीहरूबीच सूचना र विचारको आदानप्रदानलाई चोरी मानिन्छ । विद्यार्थीहरूले तुरुन्तै ज्ञान शक्ति हो भन्न्ने कुरा सिक्दछन्, जुन तीव्र प्रतिस्पर्धात्मक बजारमा अरुमाथि श्रेष्ठता हासिल गर्नको लागि मूल्यवान स्रोत हो ।

    सहयोगी युगमा, विद्यार्थीहरूले ज्ञानलाई समुदायको बीचमा शेयर गरिएको अनुभवको रूपमा सोच्ने छन् । विद्यार्थीहरुले शेयर गरिएको ज्ञान समुदायमा सदस्यको रुपमा सँगसँगै सिक्दछन् । शिक्षकले अनुसन्धानको व्यवस्था गरेर र सानो समूहको वातावरणमा विद्यार्थीहरूलाई काम गर्न दिएर मार्गदर्शकको रुपमा काम गर्दछ । त्यसको लक्ष्य सहयोगात्मक सिर्जनशीलतालाई प्रोत्साहित गर्नु हो, जुन युवाहरुले इन्टरनेटको धेरै सामाजिक स्थानहरूमा संलग्न हुँदा अनुभव गर्दछन् । शिक्षकको हातमा रहेको श्रेणीतग अधिकारबाट सिक्ने समुदायमा स्थापित पारस्परिक अधिकारमा रुपान्तरण शिक्षामा ठूलो क्रान्ति हो ।

    परम्परागत कक्षाकोठामा ज्ञानलाई एउटा वस्तुगत, पृथक तथ्यको रुपमा लिइन्थ्यो । तर सहयोथी कक्षा कोठामा ज्ञानलाई सामूहिक अर्थको रुपमा लिइन्छ, जुन हामीले आफ्ना अनुभवहरूमा जोड्दछौं । विद्यार्थीहरूलाई शैक्षिक विषयहरू छुट्याउने पर्खालहरु भत्काएर एकीकृत ढंगबाट सोच्न प्रोत्साहित गरिन्छ । अन्तर्शास्त्रीय र बहुसांस्कृतिक अध्ययनले विद्यार्थीहरूलाई विभिन्न दृष्टिकोणहरुमा रमाउन सहज बनाउँदछ र घटनाक्रमको बीचमा सहकार्यहरू खोज्नमा अझ निपुण बनाउँदछ ।

    एउटा स्वायत्त निजी अनुभवको रुपमा शिक्षाको विचार र एउटा विशिष्ट सम्पत्तिको रुपमा प्राप्त गरिने ज्ञानको धारणा पुँजीवादी वातावरणमा बनेका थिए, जसले मानव व्यवहारलाई त्यस्तै रुपमा परिभाषित गरेका थिए । सहयोगी युगमा, शिक्षालाई एउटा सामुहित प्रक्रियाको रूपमा लिइन्छ र ज्ञानलाई सार्वजनिक रूपमा शेयर गरिएको सबैलाई उपलब्ध वस्तुको रुपमा लिइन्छ, जसले हगन रुपमा सामाजिक र अन्तक्र्रियात्मक स्वरुपको उदीयमान मानव व्यवहारको परिभाषालाई प्रतिबिम्बित गर्दछ । बढी प्राधिकारवादी शैलीको शिक्षणबाट बढी पारस्परिक शैलीको शिक्षणा संक्रमणले आजका विद्यार्थीहरूलाई भविष्यको सहयोगी अर्थव्यवस्थामा काम गर्न, बाँच्न र फल्नफुल्नको लागि तयार गर्दछ । नयाँ सहयोगी शिक्षा विश्वभरका विद्यालयहरु र समुदायहरूमा लागु गरेर अभ्यास गरिंदै छ । शैक्षिक मोडेलहरू विद्यार्थीहरुलाई परम्परागत बन्द कक्षाकोटाको निजी स्थानबाट मुक्त गर्न र तिनीहरूलाई बहु खुला समुदायहरु, आभासीय स्थान, सार्वजनिक चोक र जैविक क्षेत्रमा सिक्नको लागि डिजाइन गरिएका छन् ।

    विश्वभरका कक्षाकोठाहरू स्काइप र अन्य कार्यक्रमहरुको माध्यमबाट वास्तविक समयमा जोडिंदै छन् र संयुक्त कार्यमा साझेदारी गर्दैछन् । हजारौं माइलको दुरीद्वारा अलग भएका विद्यार्थीहरू आभासीय (भर्चुअल) टिममा जोडीन्छन्, सँगसँगै अध्ययन गर्दछन्, विषयको प्रस्तुत गर्दछन्, एक–अर्कासँग बहस गर्दछन् र सँगसँगै श्रेणी निर्धारण पनि गर्दछन् । विश्वव्यापी सहयोगी कक्षाकोठा चाँडै वास्तविकता बन्दै छ । कक्षाकोठाको स्काइप, निःशुल्क अनलाइन समुदायले आफ्नो विश्वव्यापी कक्षाकोठा योजनामा ६०,४४७ शिक्षकहरू दर्ता गरिसकेको छ र विश्वभरी १० लाख कक्षा कोठाहरू जोड्ने लक्ष्य राखेको छ । सहयोगी कक्षाकोठाले, जुन अर्को इन्टरनेट शिक्षण वातावरण हो, हजारौं शिक्षकहरूलाई अनलाइन पाठ्यक्रम सिर्जना र विश्वव्यापी शिक्षा समुदायहरुमा निःशुुल्क रुपमा अरुसँग उत्कृष्ट पाठ्य योजनाहरु शेयर गर्न संभव बनाउँदछ । अहिले ११७,००० शिक्षकहरुले खुला स्रोत पाठ्यक्रम शेयर गरिरहेका छन्, जसले शिक्ने समुदायहरुलाई सीमाहीन विश्वव्यापी कक्षाकोठामा एकसाथ ल्याउँदछ ।

    शिक्षणको अनुभवलाई बन्द कक्षकोठाबाट इन्टरनेटको भर्चुअल स्थानहरुमा प्रशारण मात्र गरिएको छैन, बरु आसपासका स्थानहरूमा पनि फैल्याइएको छ, जसबाट सार्वजनिक चोक बन्दछ । आज, लाखौं अमेरिकी विद्यार्थीहरू प्राथमिक तथा माध्यमिक विद्यालयहरूमा र कलेज र विश्वविद्यालयहरूमा समुदायको “सेवा शिक्षा” मा संलग्न हुन्छन् । सेवा शिक्षणले औपचारिक निर्देशनलाई नागरिक समाजमा संलग्नतासँग जोड्द छ ।

    सेवा शिक्षण यो मान्यतामा बनाइएको छ कि सिकाइ कहिल्यै पनि एक्लो कार्य होइन, बरु अन्ततः एक साझा अनुभव र सहयोगी कार्य हो, जुन मानिसहरु बस्ने र काम गर्ने वास्तविक समुदायहरूमा उत्तम रूपमा अभ्यास गरिन्छ । विद्यार्थीहरू सामान्यतया गैर–नाफामुखी संस्थाहरूमा स्वयंसेवकको रुपमा काम गर्छन्, जहाँ उनीहरूले आफ्नो समुदायको ठूलो हितको लागि सेवा गरेर सिक्दछन् । यो अनुभवामा आधारित सिकाइले विद्यार्थीहरूलाई व्यापक दृष्टिकोण प्रदान गर्दछ । उनीहरूले के देख्न पाएका छन् भने सिकाइ भनेको आफ्नो स्वार्थलाई लाभ पुर्याउनको लागि ज्ञान बटुल्नुभन्दा समुदायको लागि खोज गर्नु हो ।

    (बाँकी अध्ययनका लागि पुस्तककाे प्रतिक्षा गर्नुहाेस् । पुस्तककाे  बुकिङकाे लागि: ९८४९६६२४८४ मा सम्पर्क गर्न सक्नुहुनेछ)

    प्रतिक्रिया
    सम्बन्धित समाचार