Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

शिक्षा बहसः सर्टिफिकेट केन्द्रित पढाइ बदलौं !

शिक्षा बहसः सर्टिफिकेट केन्द्रित पढाइ बदलौं !

  • शनिवार, बैशाख २७ २०७७

  • अन्जना शिवाकोटी


  • हामी जुन संस्कार, रहनसहनमा हुर्किदै आयका छाैं, हामिले जे सिक्छौ हाम्रा सन्ततिलाई पनि त्यही सिकाउँदै आयका छाैं । हिजोदेखि आजसम्म समाज देखासेखीमा प्रतिस्पर्धा गर्दै आयको छ । समाजमा स्थापित हुन सधै अरुभन्दा अबल हुनुको अभास दिलाउन जरुरी देखाउँदै, सधै पहिलो हुनेलाई उच्च श्रेणीमा राख्दै आयका छांै । हाम्रो मूल्यांकन विधि यस्तै छ ।

    संस्कृतमा एउटा शब्द निकै प्रचलित छ–‘विजयी भव’ । यो शव्द प्रचिन समयदेखि नै स्थापित शब्द हो । धार्मिक युद्धको समयमा होस या पछिल्लो समयमा भएका राजनीतिक युद्धमा होस्, प्राचिन समयका आचार्यले दिने आशीर्वाद होस् या शिक्षकबाट प्राप्त हौसला सबैले भन्ने कुरा यही हुन्छ– ’विजयी भव’ ।

    दिन–प्रतिदिन प्रतिस्पर्धात्मक समाजको निर्माण गर्दै जादा हाम्रो आध्ययन अध्यापनको क्षेत्र साँघुरिदै गैरहेको छ । हाम्रो शैक्षिक योग्यता क्षमता सबै सर्टिफिकेटमा सीमित छ । प्रत्येक मानिसको क्षमता, दक्षता, योग्यताको मापन सर्टिफिकेटले नै गर्दछ ।

    जसका कारण जीवनका लागि उपयोगी भए पनि नभए पनि, समाज र देशका लागि चाहिए पनि नचाहिए पनि विजयी हुन सर्टिफिकेटमा धेरै नम्बर ल्याउनु नै छ । त्यसका लागि पाठ घोक्नु छ । धेरै पटक एउटै पाठ घोक्नु छ । विद्यार्थीहरुको दिमागको काम नै परिक्षमा आउने पाठ घोक्नु हो । जसका कारण उसको आफू, समाज, देश र विश्व पढ्न छुटिरहेको छ । जीवनका रंगहरु पढ्न छुटिरहेको छ । युवा समयमा खेल्नुपर्ने थुप्रै खेलहरु छुटिरहेको छ । जीवनका लागि भर्नुपर्ने खुसीहरु छुटिरहेको छ । हाम्रो शिक्षा पढ्नेदेखि पढ्नेसम्मको यात्रामा कुदिरहेको छ ।

    हाम्रो संविधानले शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । आम जनताको पहुँचमा शिक्षालाई पुर्याउन सरकार निरन्तर लागि परिरहेको छ । शिक्षा जीवनको ज्योति हो, जीवनको सही मार्गदर्शन हो । यसको आवश्यकता हरेक मानिसका लागि छ । समाज र देशलाई समृद्धिको बाटोतर्फ लैजान, शिक्षित समाजको निर्माण गर्न शिक्षा अनिवार्य छ । तर के हाम्रो शिक्षा प्रणालीको समृद्ध समाज निर्माणको लागि आवश्यक पर्ने गुणस्तरीय शिक्षा दिन सकिरहेको छ त ? आजको समयमा यो सबैभन्दा ठूलो प्रश्नका रुपमा खडा भएको छ । यसको जवाफ सर्टिफिकेटको डिग्रीले दिन सक्दैन । त्यसकारण शैक्षिक बहसलाई यतातिर केन्द्रित गर्न आवश्यक छ ।

    विद्यार्थीले जीवनको पहिलो ‘क’ लेख्न विद्यालयले नै सिकाउँछ । उनीहरु दिनको ८ घण्टा समय बिद्यालयमा नै बिताउने गर्छन । जीवनका हरेक पाइला अनि प्रत्येक संघर्षको गर्ने ज्ञान बिद्यालयबाट नै प्राप्त गर्ने गर्छन् । यो ८ घण्टामा हामीले एउटा देशको भविष्यलाई कसरी दिशा निर्देश गर्दैछौं ? कुन मार्गतर्फ डोर्याउँदैछाैं ? देशको भविष्यको नक्सा एउटा विद्यालायमा प्रत्येक दिन ८ घण्टामा कोर्दैछौं ।

    जब एउटा विद्यार्थी ज्ञान हासिल गर्नका निम्ति स्कुल भर्ना हुन्छ, तब उसलाई लगत्तै हामी प्रतिस्पर्धामा लागाइदिन्छौं । साना साना आँखामा सधै डाक्टर पाइलट इन्जिनियरजस्ता ठूल्ठूला सपनाको पाहाड देखाउने कोसिस निरन्तर जारि रहन्छ । ती ठूला सपना साकार गर्न सफल बन्नु पर्छ भन्ने सिकाइको आरम्भ आफू जित्न सधै अरुलाई हराउनु पर्छ भने प्रशिक्षणबाट सुरु हुन्छ । बर्ष भरिको पढाइको मुल्यांकन मात्र ३ घण्टाको परिक्षाबाट गरिन्छ, जसले गर्दा विद्यार्थीको नजर त्यो ३ घण्टाको परिक्षामा मात्र केन्द्रित हुन्छ । अझ भनौ, परिक्षालाई एउटा युद्धकै रुपमा परिचीत गराइन्छ ।

    परिक्षा केन्द्र प्रहरीले घेरा हालेको हुन्छ, एउटै कक्षाकोठमा २/३ जना गार्ड राखेर गेट बाहिर चेकजाँच गरेर कैदिलाई झै चारैतिर घेरा हालेर परिक्षामा सहभागी गराइन्छ । मानौं हातमा कलम हैन हतियार थमाइएको छ, यो परिक्षा एउटा युद्ध मोर्चा हो जहाँ हरेकले हरेकलाई हराउने प्रतिपर्धा हुन्छ । हाम्रो शैक्षिक प्रणाली नै यस्तो छ कि परिक्षामा असफल भइयो भने जीन्दगीमै अयोग्य ठहरिन्छ । घरदेखि समाजसम्म अपमानित भइन्छ ।

    साच्चै भन्ने हो भने सर्टिफिकेटको महत्व बढ्नुको पछाडि ठूला कम्पनी/ब्याबसाय, सरकारी तथा गैरसरकारी संघसंस्था, बैंक तथा बित्तीय संस्था हस्पिटल अनि विदेशको सपना देखाउने कन्सलटेन्सी मेनपावरका अफिसजस्ता जागीरका अवसर प्रदान गर्ने निकायनै बढी जिम्मेवार छ्न् । आज यिनैका कारण आम विद्यार्थीे परिक्षा नामक युद्ध जित्नलाई सिर्फ किताबमा लेखियका शब्द स्मरणमा मात्र केन्द्रित हुन्छन् । त्यस्को भाव, आसय र निचोडमा पुग्न सकिरहेका छैनन् । भलै यो पद्धतिबाट सफल र उत्कृष्ट नम्बर प्राप्त गर्ने विद्यार्थीहरु डाक्टर, पाइलट, इन्जिनियर त बन्ला तर हाम्रो शिक्षाले एउटा असल छोरा, बाबु, अनि सच्चा इमानदार नागरिक बनाउन सफल भइरहेको छ कि छैन् ? भन्ने प्रश्न खडा गरिदिएको छ ।

    घरमा बुढा बाआमालाई सिटामोल दिने फुर्सद नहुने हस्पिटलमा बिरामिको जाँच गर्न उपस्थित हुने डाक्टरले राज्यको उपचार कसरी गर्लान् ? बृद्ध आमा बुवाको छानो बन्न नसक्ने इन्जिनियरले देशको नक्सा कसरी कोर्लान् ? आमा बुवाको सपना बोक्ने जिम्मेवार नबनेका पाइलटले देशको सपनाको उडान कसरी भर्लान ..? प्रश्नै प्रश्नहरु छन् ।

    आज समाजबाट मानवता भाइचारा हराउँदै गइरहेको छ । हाम्रो संस्कार सभ्यता लोप हुँदै छन् । सधै जित्ने अनि सफल बन्ने नाउँमा हामीले अफूले आफैलाई बिर्सदै गइरहेको छौंं । हाम्रो व्यवहारिक ज्ञान, नैतिक ज्ञान, समाजिक ज्ञान आदि विद्यालयबाट प्राप्त हुन छोडेका छन् । संसारमा कयाैं यस्ता उदाहरण छन्, जसले सट सटिर्फिकेटमा राम्रो नम्बर नल्यता पनि जीवनको परिक्षामा सफल भएर आफ्नो पहिचान बनाएका छन् । तसर्थ परिक्षा भन्ने बित्तिकै विद्यार्थी त्रसित हुने अवस्थाको सृजना नहोस् । नतिजा प्रकाशित भय र त्रासको विषय नबनोस् र कुनै विद्यार्थीले कम नम्बर ल्याएकै कारण आत्म हत्या गर्न नपरोस् । शिक्षा कसैले तौलिने अनि कसैले मोल तोक्ने कागजको खोस्टा नबनोस् । व्यक्तिका क्षमता, दक्षतालाई सर्टिफिकेटमा खोज्न नपरोस् । विद्यालयबाट दिइने शिक्षा जीवन उपयोगी, ब्यबहारिक र नैतिक बनोस् । हरेक संघर्षसँग लड्ने जीवनका हरेक कठिनई चुनौतीसँग लड्ने हतियार बनोस् । उचित मार्ग दर्शक बनोस् । अनि विद्यालयको अध्ययन सकेर जीवनको उज्यालो भविष्य खोज्न निस्कदा एउटा असल र जिम्मेवार नागरिक बनेर निस्कियोस ।

    (लेखक अनेरास्ववियूका केन्द्रीय सदस्य हुन्)

    प्रतिक्रिया
    सम्बन्धित समाचार