Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

निम्छरो संवाद

निम्छरो संवाद

  • सोमवार, बैशाख २२ २०७७

  • टंक जाेशी


  • निम्छरो संवाद

    कहिले
    तँ हाँने जस्तो गर 
    म रोए जस्तो गर्छु 
    तँ रोए जस्तो गर
    म हाने जस्तो गर्छु

    बुद्धिजीवीलाई ओल्कल्न खुराक दिऔं
    बोल
    पत्रकारलाई सूचना दिऔं
    लेख
    कार्यकर्तालाई उर्दि दिऔं
    लड !!

    बेलुनजस्तै चेत
    बोल्छन, लेख्छन र लड्छन
    भरिन्छन, उड्छन र फुट्छन

    जनतालाई सपना दिऔं 
    ब्यापारीलाई भकारी दिऔं
    ठेकेदारलाई योजना दिऔं
    माफियालाई मलम दिऔं

    कलकारखाना बेचौं 
    रेल ल्याउने बाचा गरौं 
    भन्सार उठाउँ 
    धारो बनाउने योजना दिऔं
    युवालाई विदेश पठाऔं
    रेमिटेन्सले देश चलाऔं !!!

    चुनाव गरौं 
    भोट मागौं 
    बलियोलाई जिताऔं
    कमजोरलाई हराऔं 
    पार्टी फरक होस्

    जित्ने मन मिल्ने होस्
    भरपाइ आफै भरौं 

    पक्षलाई हाई-हाई गराऔं
    प्रतिपक्षलाई रोइ कराइ गराऔं
    एउटा भुत बंगला बनाऔं
    मन मिल्ने बसौं 
    भोज भतेर गरौं 
    सुरा-सुन्दरी नचाऔं
    सोमरस पानको स्वादमा
    सहमती गरौं 

    बाहिर गीताको कसम खाऔं
    भित्र सीताको मोल गरौं 
    बाहिर जनताको कसम खाऔं
    भित्र पसिनाको मोल गरौं 
    बाहिर राष्ट्रवादको कुरा गरौं 
    भित्र सीमानाको मोल गरौं 

    राजनीति हाम्रो हो
    सक्नेले मात्रै गरौ
    द्रब्य हुने अघि सरौं 
    काले, नेप्टे, चेप्टेलाई झोला बोकाऔं
    गाउँलेलाई लगाम बनाऔं
    शहरीयालाई घोडा बनाऔं
    लगाम आफै समातौं 
    घोडा आफै चढौं 

    हाम्रो ब्यवस्था देशको भनौं 
    हाम्रो शासन जनताको भनौं 
    प्रजातन्त्र राम्रो भनौं 
    गणतन्त्र हाम्रो भनौं 
    आसन मिलाऔं
    भाषण मिलाऔं
    बाँचुन्जेल हामी शासन चलाऔं

    प्रतिक्रिया
    सम्बन्धित समाचार