Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

मेरो सपना !

मेरो सपना !

  • बिहिवार, बैशाख १८ २०७७

  • कवि: शेली किरण


  • मेरो सपना !
    **********

    म कुनै राजकुमारी थिइँन
    मेरा खुट्टामा काँचका हैन
    छालाका जुत्ता थिए
    कुनै सुन्दर राजकुमार
    घोडामाथि चढेको
    मेरो सपनामा थिएन !

    एउटा सिकर्मी थियो
    जसले बन्चराले
    सबै असमानताहरूलाई काटिदियो !

    मेरो सपनामा कोही जुलाहा थियो
    जसले बुनेको पछ्यौरी ओढेर
    कबीरलेजस्तै
    केस्रा केस्रा प्रश्न गर्थें
    जसको उत्तर म
    रङ्गी बिरङ्गी बट्टाहरूमा कैद
    रङ्गहरूमा खोज्ने गर्थें !

    मेरो सपनामा कोही गोठालो थियो
    जसका लामा हात र खुट्टा
    उसको अनुहारभन्दा
    बढी आकर्षक थिए
    जसलाई, उसको आँखा छलेर
    चिहाउने गर्थें म!

    जोसँग म
    जङ्गलको आगोमा
    बाख्रीको दूधसँग
    बन कुखुराको खुट्टा चपाउँदै
    उत्तरदेखि दक्षिण ध्रुव नाप्ने गर्थें !

    तिम्रो सौन्दर्यको मापदण्डसँग
    मलाई त्यत्ति नै वैराग्य छ
    जति वितृष्णा तिमीलाई
    मेरा गँवार सपनाहरूसँग छ !

    मलाई काला, गोरा या राता
    अनुहारहरूसँग घृणा छैन
    मलाई ती मान्छेहरूसँग घृणा छ
    जसलाई चाहिन्छ- खास एउटा रङ्ग
    जसलाई चाहिन्छ-खास एउटा धर्म
    खास एकै खालको खाना
    खास एकै खालको भाषा
    खास एकै खालको मालिक
    खास एकै खालको संवेदना
    खास एकै खालको बुद्धिमत्ता
    खास एकै खालको सजगता
    खास एकै खालको श्रेष्ठता
    खास एकै खालको सपना
    खास एकै खालका आफ्ना
    यस कारण कि
    ती सुखले शासन गर्न सकुन
    र बनिरहुन ज्युँदा जाग्दा
    मरिसकेपछि पनि
    रहिरहोस तिनीहरूको वर्चस्व !

    बिभाजित झेली मनका मान्छेहरूले
    संसारलाई टुक्रा टुक्रामा बाँडिदिए !

    कवि-शेली किरण
    मूल पाठ- हिन्दी
    अनुबाद- बलराम तिमल्सिना

    (I was not a princess
    Not glass in my feet
    The shoes of the leather were
    Any śaphphāka prince
    With the horse
    Was not in my dreams
    Was woodcutter
    Who from tomahawk
    Cut all the problems.

    There was a weaver in my dreams
    Whose woven cadariyā
    Like Kabir
    Fiberglass Filament Used to question
    Whose answer I am
    The color is captured in the colorful bonds
    Used to search for colors.

    I had a shepherd in my dreams
    Whose long hands and legs
    Her faces
    Was more attractive than the
    Those who have a look at him
    Used to be a bit.
    With whom I am
    In the fire of the forest
    With goat milk
    Eating the leg of the wild chicken
    The South Pole was measured from the north.

    From the measure of your beauty
    I have so much indifference
    As much as you wish
    My ganvārūṁ are from dreams
    Me Black Yellow Red
    Not hating faces
    I hate those people
    Those who want just a color
    Those who want just one religion
    Just a kind of food
    Just the same kind of language
    Just a kind of owner
    Just a kind of condolences
    Just a kind of intelligence
    Just a kind of reflexes
    Just the same kind of superiority
    Just a kind of dreams
    Just a kind of your
    So that they can do it with happiness
    Rule,
    Live long live
    And even after death
    Their supremacy
    The people who were divided
    Divided the world into accounts.)

    प्रतिक्रिया
    सम्बन्धित समाचार