Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

'कमरेड'

'कमरेड'

  • बुधवार, बैशाख १७ २०७७

  • गोपाल ढुंगेल, बामपन्थी लेखक तथा साहित्यकार


  • कमरेड
    ........
    हिजोआज, कमरेड
    अलि डिप्रेस्ड हुनुहुन्छ

    कहिले माथि कहिले तल
    बारम्बार गरि रहनुहुन्छ

    कमरेड ! अचेल
    राता पुस्तक पढ्नुहुन्न
    देखाउनु हुन्छ
    धुले बाटो बिर्सनु भयो
    झुम्रेझाम्रे सुन्नुहुन्न
    हिजोआज कमरेड
    अलि डिप्रेस्ड हुनुहुन्छ

    वहाँ ! लकडाउनभरि
    झन अनेक उपद्रो
    गर्न थाल्नुभाछ
    कहिले लकडाउन त
    कहिले लक खुल्ला भन्दै
    निन्द्रामा नि
    हडबडाउनु हुन्छ
    कमरेड ! अचेल अलि
    डिप्रेस्ड हुनुहुन्छ

    कहिले मार्सी चाखेको
    कहिले साइकल चलाको
    कहिले मासु भुटेको
    कहिले कुकुर डुलाको
    फोटा अपलोड गर्नुहुन्छ
    हो ! साथी हो ! हो !
    कमरेड अचेल अलि
    डिप्रेस्ड हुनुहुन्छ।।।

    यतिबेला त झन
    औषधीले नि
    नभ्याउने भाछ
    डिप्रेसन झन
    बढेर गाछ, कुर्सीको
    हानाथापमा अलि
    तल पर्छु कि भाछ
    अर्को कमरेडको झन
    सात्तो गाछ
    कमरेड अलि
    डिप्रेस्ड हुनुभाछ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार