Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

समाजवाद उन्मुख मूल्यलाई आत्मसात गरौं र व्यवहारमा बदलौं

समाजवाद उन्मुख मूल्यलाई आत्मसात गरौं र व्यवहारमा बदलौं

  • मंगलवार, बैशाख १६ २०७७

  • रामप्रसाद खनाल, नेता, नेकपा


  • यो वैश्विक संकटको समय हो । मानिसले फेरि अस्तित्वका लागि र योभन्दा प्रगतिका लागि प्राकृतिक महामारीसँग जुध्नु परेको छ । सिंगो प्राणीजगतको इतिहासमा यस्ता थुप्रै प्राकृतिक संकटहरु आए, जसका कारण यस ग्रहबाट डाइनोसरजस्तो भिमकाय प्राणीहरु सदाका लागि हराए । डाइनोसर मात्र होइन, थुप्रै प्राणीहरु पृथ्वीबाट लोप भएका छन् । मानिसकै पनि केही प्रजाति पृथ्वीबाट लोप भएका छन् । त्यसकारण यस्ता चुनौतिको सामना गरेर मात्र सिंगो मानवजातिको थप प्रगति संभव छ । यसका लागि वर्तमान अमानवीय र प्राणी जतगको हित विपरित काम गरिहेको वर्तमान पुँजीवादी व्यवस्था बदलेर त्यसको स्थापन मानवप्रेमी व्यवस्था समाजवाद ल्याउन जरुरी छ । नेपालको हकमा कम्युनिष्ट पार्टीकै सरकार पनि छ । केही गर्ने अवसर आएको छ । तर केही गर्न नसकिएको खण्डमा यो अभिशाप भन्ने निश्चित छ । तसर्थ कोराना विशेषमा रहेर यस आलेखमा केही विमर्श गर्ने कोशिस गरिएको छ ।

    पहिलो कुरा त सरकारले के गर्ने ? कसरी गर्ने ? कुन वर्गलाई प्राथकिता दिएर काम गर्ने ? भन्ने विषयमा आधारभूत धारणा आवश्यक हुन्छ । धारणा बनाउँदा आधारभूत रुपमा समाजवाद उन्मुख मूल्यमान्यतालाई आत्मसात गर्नुपर्दछ र तिनलाई व्यवहारमा रुपान्तरण गर्नुपर्दछ ।

    जनतालाई व्यापकरुपमा सुशासित बनाउनुका साथै दिशानिर्देशन र उत्साहित गर्नुपर्छ । हामीले नेपाली विशेषतासहितको सामाजिक आदर्श एवं नैतिक मान्यताको जगलाई बलियो बनाउनुपर्छ ।

    हाम्रा कामकारबाहीको राम्रा पक्षलाई आत्मसाथ र प्रोत्साहन गर्ने र गलत कार्यशैली त्याग्दै र निरुत्साहित गर्दै जानुपर्छ । नयाँ विचारहरु अगाडि सार्दै जानुपर्छ । एउटा राम्रो उदाहरणीय काम गर्न सकियो भने त्यसको प्रभाव व्यापक बन्न सक्दछ । आधारभूत समाजवादी मूल्यमान्यतालाई व्यवहारमा प्रयोग नगरेसम्म तिनको अर्थ हुँदैन, किनभने त्यसो भएमा मात्र जनताले ती कुरा बुझ्ने र अनुसरण गर्ने कुरा आउँछ । जनताको दैनिक जीवनका लागि हामीले जे प्रस्ताव गर्छाैं त्यसमा अत्यन्तै विस्तृत र व्यहारिक हुन जरुरी हुन्छ । सबै क्षेत्रका कानुन र नियमलाई बलियो बनाउने क्रममा हामीले आधारभूत समाजवादी मूल्यलाई व्यवास्था गर्न किमार्थ मिल्दैन । जनताको दैनिक जीवनको सवाल महत्वपूर्ण हो । यसका लागि हामीले आम जनता स्वदेश विशेसमा रहेका विद्यार्थीहरुका लागि नीति बनाइ निश्चित प्रवधानहरु तय गरी लागु गर्नुपर्छ । यो विश्व लकडाउन भएको समयमा यसो गर्न सके मात्र कम्युनिष्ट सरकार हरेक जनताको मनमा र विश्वासमा रहन सक्दछ । यसो गर्दा सरकारको काम जनप्रिय हुन्छ, समाजवाद उन्मुख हुन्छ । दैनिक जीवनको मापदण्डमा समाजवादको सिदान्त लागुहुन सक्छ । जनतको साथ र समर्थनबिना दुनियाँमा कुनै पनि व्यवस्था टिक्न सक्दैन, चाहे त्यो जति नै शक्तिशाली किन नहोस् । जतिसकै सेना र हतियारले सुसजित किन नहोस । लोकतन्त्रमा जनताको समर्थन नै सबैभन्दा ठूलो शक्ति हो । लोकतन्त्रको सुन्तदरता हो ।

    सरकारमाथि नागरिकका प्रश्न

    सरकार कसको हो ? के का लागि हो ? र किन चाहियो सरकार ? हामी कुन देशका नागरिक हौं ? के हाम्रो बाच्न पाउने अधिकार छैन् ? के सरकारसँग साच्चै मुटु हराएकै हो ? सरकार हृदयविहिनता र विचार शून्यतातर्फ गएकै हो ? के कम्युनिष्ट सरकार यस्तै हुन्छ ? हामीले अमूल्य मत दिएर बहुमत दिएका प्रतिनिभिहरु तिनीहरु नै हुन् ? यस्ता अनगिन्ति प्रश्नहरु यतिवेला सरकारसामु खडा भइरहेका छन् ।

    आम नागरिकमा आसंखा उत्पन्न हुँदै छ कि सरकार लोकतन्त्रको हत्या त गर्दैछैन् ? सरकार कोरोना भाइरसभन्दा निर्दयी त बन्दै छैन् ? तर नेपालको हकमा सरकार कोरोना भाइरसभन्दा निर्दयी बन्दै छ । पैदल यात्रा गरेर घर फर्कदै गरेका हजारौं गरिब मजदुरहरु सडकमै भोकभोकै हिडिरहेका छन् । सडकमै सुतिरहेका छन् । तर सरकारलाई ती कुनै दृश्यले छुदैन् । सरकार अन्धो बनेको छ । सरकार बहिरो बनेको छ । तिनै नागरिकका मतले सरकारमा पुगेको कुरा विर्सेर सरकार फगत हुकुम र फर्मानहरु जरी गरिरहेको छ । भोको र थकित शरिरहरुमा लाठि बर्साइरहेको छ । उनीहरुको देश छ्र्रैन । उनीहरुको सरकार छ्रैन । यदि सरकारसँग अझै मानवता मरेको छैन भने पहिला उनीहरुको व्यवस्थापन गर्नुपर्छ ।

    कसरी गर्ने व्यवस्थापन ?

    यतिवेला सरकार पुँजीपतिहरुसँग नजिक बनिरहेको छ । पुजीपतिहरुको सेवा गरिरहेको छ । श्रमिक वर्गसँग सरकारको कुनै लेनादेना छैन । पश्चिम मुलुकहरु –अमेरिका, क्यानडा, युरोप, जापान, चीनलगायतका देशहरु) मा पढ्न गएका विद्यार्थीहरुलाई प्लेन चार्टर गरी ल्याउने सरकार, नेपाल राष्ट्र बैंकमार्फत रकम पठाउने चाजोपाजो मिलाउने सरकार नेपाल भारतमा अलपत्र परेको नागरिकको हकमा उदासिन र निर्दयी किन बनिरहेको छ ? सरकारको राहात नभाएपछि भोकभोकै गाउँ फर्केका नागरिकलाई जहाँ छ त्यही रोक्ने आदेश दिएपछि प्रश्न त उठ्छ नी सरकार ? अनि सरकारमाथि नागरिकले प्रश्न उठाउने वित्तिकै त्यो सरकार विरोधी हुन्छ भने यस्तो समयमा नागरिक सरकार विरोधी हुन विवस छन् सरकार ।

    यहाँ घटनाक्रमले सरकारको कार्ममा वर्गविभेद देखियो । नितान्त मजदुरी गर्न भारत गएका श्रमिकहरु र स्वदेशमै राष्ट्र निर्माणमा खटिएका श्रमिकहरुलाई राज्यले विभेद गरेको छ । आज देशमा कम्युनिष्टको सरकार रे । कम्युनिष्ट भन्न पनि लाज भैसकेको छ । के संविधानमा भनेजस्तो समाजवाद उन्मुख यही हो ? हाम्रो सरकार गरीबलाई सहयोग र विपत्तिमा परेकालाई सघाउने योजना तथा निती बनाउँदैन, बरु कोष खडा गरी रकम उठाउन तिर लाग्छ । त्यो समय नीति तथा योजना बनाएर काम गरे कति राम्रो हुन्थ्यो । चालु विकास निर्माणमा खर्च हुन नसकेर रकम फ्रिज हुने गर्दछ । बुढिगण्डकी हाइड्रोपावर बनाउन भनेर पेट्रोलियम पदार्थबाट उठेको रकम ४२ अर्ब छ । यस्ता धेरै रकम उठेका छन् । यो समय विकास भन्दा पनि नागरिकको जीवन रक्षा मुख्य कुरा हो ।

    सैद्धान्तिक रुपले व्यवहारिक बन सरकार

    आफ्नो सिद्धान्त र व्यवहारको संयोजन गरेर सरकारले आत्मविस्वासका साथ बलियो इच्छाशक्तिले तत्कालिन र दिर्घकालिन योजना बनई लागु पर्नुपर्छ, जसमा जो सडकमा गाउँ जान हिडेका श्रकिमहरु छन्, नितीहरुलाई जो जहाँ छ, त्यहीको स्थानीय ठाउँमा राख्ने व्यवस्था मिलाउनु उचित हुन्छ । अहिले सम्पूर्ण होटलहरु खाली छन् । तीनलाई क्वारेन्टाइनमा बदल्ने र श्रमिकहरुलाई त्यहाँ व्यवस्थापन गर्न सकिन्छ । दोस्रो कुरा अबको केही समयपछि देशमा भोकमरी लाग्ने अवस्था छ । हाम्रो संविधानले पनि समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना गरेको छ । क्वारेन्टाइनमा बसेर निस्कने नागरिकहरुलाई कृषि र ऊर्जा तालिम दिने र सरकारी खाली प्लटहरुमा कृषि उत्पादनमा लगाउने । त्यो उत्पादन सरकराको हुन्छ । कमदारलाई सरकारले लतव दिने । अहिले कृषि मन्त्रालय मातहतका सम्पूर्ण कर्मचारीलाई त्यहाँ खटाउने, सरकारलाई यो एउटा अवसर पनि हो । संसारका सबै उपलब्धिहरु ठिनाइका साथ नै प्राप्त भएका हुन् । त्यसैले सरकारले शोकलई शक्तिमा रुपान्तर गर्नु सक्नुपर्दछ । हामी समृद्धिको सपनालाई यही विन्दुबाट साकार पार्न सक्दछौं । यही वेला बाँजो रहेका जमिनलाई व्यावसायिक र सामुहिक उत्पादन गरौं, हराभरा बनाउ र राष्ट्रलाई कम्तीमा कृषिमा आत्मनिर्भर बनाउ । यो संभव छ र यही उचित समय हो । यो समयमा सरकार चुक्यो भने पश्चताम गर्नु बाहेक अरु केही हात लाग्ने छैन् ।

    यी सबै काम संभव छ तर अहिलेको जस्तो लथालिंग तरिकाको कार्मचारी संयन्त्रले कम गर्दैन । यसका लागि समाजवादको नयाँ मोडलमा काम गर्नु पर्छ । कम्युनिष्ट सरकारले यसका लागि एउटा मोडल तयार गर्न जरुरी छ । नयाँ मोडलमा देशका दक्ष र अनुभवी जनशक्तिको टिम बनाएर काम गरियो भने यो लक्ष्य हासिल हुन्छ ।

    फोस्रो कुराले देशलाई हानी मात्रै पुग्छ । कडा मिहेनत र योजनाबद्ध गरिएको कामकारवाहीले देश बन्ने छ । हामीले श्रमिको सम्मान गर्नुपर्दछ । श्रमिकका लागि सबैभन्दा धेरै सुविधा दिने नीति बनाउनु पर्दछ । श्रमिकको श्रमको उचित मूल्यांकन र उपयोगले मात्र देश बन्ने छ । हामी कृषिमा आत्मनिर्भर हुनेछौं । कठिन परिश्रम, उचित योजना र व्यवस्थापनबाट पुरा गर्न नसिकने कुनै कुरा छैन् । श्रम नै आदिणीय, सुन्दर र उत्कृष्ट वस्तु हो । श्रमबाट मात्रै हामी राष्ट्रको भविष्य बदल्न सक्छौं ।

    राष्ट्रिय योजनाका केही ऊर्जा उत्पादनमा श्रमिकहरुलाई लगाउन सकिन्छ । यसमा पनि ऊर्जामन्त्रालयमा विषय विज्ञ परिचालन गरी समाजवाद उन्मुख उर्जा उत्पादन र उपभोगमा क्रान्ति ल्याउन सकिन्छ । देशको सामाजिक र आर्थिक विकासमा ऊर्जा सुरक्षा साझा र रणनीतिक महत्वको विषयवस्तु हो । राष्ट्रको विकास र सम्पन्नता तथा समृद्धि बढाउने र दिगो विकास, सामाजिक सांस्कृति, आर्थिक विकासका साथै शान्ति र स्थायीत्व सुनिश्चित गर्ने सम्बन्धमा धेरै महत्वपूर्ण हुन्छ । बदलिदो ऊर्जाको माग र आपूर्ति एंव अन्तराष्ट्रिय ऊर्जाको स्थितिमा आएको परिवर्तनको अवस्थमा नेपालले ऊर्जाको उत्पादनमा क्रान्ति ल्याउन सक्दछ । राष्ट्रिय ऊर्जा सुरक्षालाई सुनिश्चित पार्नु पर्छ । यो एउटा दिर्घकालिन रणनीति हो । त्यसकारण सडकमा भोकै हिडिरहेका मजदुरहरु र सीमानामा अलपत्र परेका कामदारहरुको स्वास्थ्य परिक्षण गरी कृषि र ऊर्जाको उत्पादनमा लगाउन सकियो भने उनीहरुको व्यवस्थापन पनि हुन्छ र देशले नयाँ समृद्धिको प्रष्ट रेखा कोर्न सक्दछ । यस्ता कुरामा सरकारको समयमै ध्यान जाहोस

    प्रतिक्रिया
    सम्बन्धित समाचार