Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

सन्दर्भ लेनिन जयन्तीः लेनिनका शिक्षा आत्मसात गरौं

सन्दर्भ लेनिन जयन्तीः लेनिनका शिक्षा आत्मसात गरौं

  • मंगलवार, बैशाख ९ २०७७

  • गोपाल ढुंगेल, बामपन्थी लेखक तथा साहित्यकार


  • “सालिक ढाल्दैमा के हुन्छ, मेरो मनभित्रको लेनिनको सालिक कहिल्यै ढाल्न सक्ने छैनौ”– पारिजात


    लेनिनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । उनी भोल्गा किनारस्थित सिम्ब्रीस्क शहरमा सन् १८७० अप्रिल २२ मा आमा मारिया अलेक्सान्द्रभ्नाको कोखबाट यस धर्तिमा आएका थिए । आमा मारिया अलेक्सान्द्रभ्ना डाक्टरकि छोरी थिइन । उनको साहित्य र संगितप्रती अत्यन्तै सौखिन, दृढ स्वभाव, बुद्धिमान र दृढ़ निश्चयी कि थिइन । धेरै भाषाहरुको उनमा ज्ञान थियो । लेनिनका पिता पनि त्यसबेलाका प्रगतिशिल विचार राख्ने व्यक्ति थिए । उनले भोल्गा किनारमा रहेका गाउँहरुमा शिक्षादीक्षाको लागि महत्वपूर्ण योगदान गरेका थिए । उनीहरुका छ सन्तान भए । क्रमशः स्आन्ना, अलेकज्यान्डर, भ्लादिमिर, ओल्गा दमित्री र मारिया । पछि गएर उल्यानोभ परिवारका जम्मै सन्तान क्रान्तिकारी कार्यमा जुटे । करिब तीस बर्षपछि मात्र भ्लादिमिर इल्यिच उल्यानोभबाट उनी लेनिन भए । भूमिगत कालमा सन् १९०१ देखि आफ्नो लेखहरु “इस्क्रा“(झिल्को) पत्रिकामार्फत लेनिन नामबाट छपाउन थाले, जुन साइबेरियाली एक नदी लेनाको नाम थियो । सोहि नामबाट उनी प्रभावित भएका थिए । केटाकेटी छंदैदेखि नै लेनिन साहसी, प्रफुल्ल र ठट्यौली मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्न औधी मन पराउंथे । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैं प्रथम हुन्थे । सानै उमेरमा उनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ र टाल्सटाय आदिका पुस्तकहरू अध्ययन गरिसकेका थिए । त्यसबेलादेखि नै प्रतिबन्धित क्रान्तिकारी डेमोक्रेटहरु बेलेन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्योल्युवोभर पिसारे आदि जस्ताका कृतिहरु पढ्न भ्याइसकेका थिए । तीमध्ये उनलाई नेर्नीसेभ्कीको उपन्यास “के गर्ने” ? ले बढी प्रभावित पारेको थियोे ।

    सन् १८८६ मा लेनिनका पिताको मृत्युपछि घरको सारा बोझ उनको आमा मारियामा पर्न गयो । दई अलेक्ज्याण्डरलाई जारको हत्याको षड्यन्त्र रचेको आरोपमा फांसी दिइयो, तिनै दाजुले नै लेनिनलाई उच्च शिक्षामा अध्ययन गर्न मद्दत गर्दै थिए । उच्छ योग्यताकोसाथ स्नातक बन्नमा लेनिनले १८८७ मा कजान विश्वविद्यालय कानून विभागमा प्रवेश गरे तर छिट्टै नै क्रान्तिकारी प्रदर्शनमा भाग लिएको कारण उनी निष्कासित भए । सन् १८८९ मा उनी समारा गइरहेको बेला उनले स्थानिय मार्क्सवादीहरुको एक मण्डली संगठन स्थापना गरे । सन् १८९१ मा सहरुट पिटर्सबर्ग विश्वविद्यालयबाट कानून परिक्षामा उपाधि प्राप्त गरेर त्यहिं समारामा नै वकालत गर्न थाले । १८९३ देखि सहरुट पिटर्सबर्गलाई उनले आफ्नो निवासस्थान बनाए त्यसपछि उनी त्यहांका मार्क्सवादीहरुका बहुमान्य नेता बने । उनको भेट त्यहिं सुश्री क्रुप्सकायासंग भयो, जो श्रमिकहरुमा क्रान्तिको प्रचार गर्न संलग्न थिइन । त्यसपछि त लेनिनको क्रान्तिकारी संघर्षमा जीवन पर्यन्त उनको घनिष्ठ सहयोग प्राप्त भइरह्यो । सन् १८९५ मा लेनिन जेल परे र १८९७ मा उनलाई तीन बर्षका लागी पूर्वी साइबेरिया पठाइयो । केही समयपछि क्रुप्सकाया पनि निर्वासित भइ त्यहिं आइपुगिन । केहि समयपछि उनीहरुको बिवाह भयो । निर्वासित जीवनमैं उनले तिनवटा पुस्तक लेखे । तीमध्ये “रुसमा पुँजीवादको विकास” वर्ग विश्लेषणमा आधारित छ ।

    निर्वासनबाट फर्केपछि सन् १९०० मा “इस्क्रा” मा प्रकाशन गरे । १९०२ मा नै “हामीले के गर्नु छ ? “शिर्षकको पुस्तक तयार पारे, जसको जोड केमा थियो भने, यस्तो अनुशासित दलको हातमा क्रान्तिको नेतृत्व हुनुपर्छ जसको काम नै क्रान्तिको हितमा होस । सन् १९१६ मा लेनिनले “साम्राज्यवाद” पूँजीवादी विकासको अन्तिम र मरणासन्न अवस्था हो भनेर विश्लेषण गरे । अब साम्राज्यवादको विनाश अनिवार्य छ । फेब्रुअरी–मार्चमा लेनिन पेट्रोगार्ड फर्किए । १९१७ अप्रिल ३ देखि रुसमा क्रान्तिको सुरुवात भयो । उनले क्रान्तिको व्यापक तयारी गरे, श्रमिक तथा सैनिकहरुको बहुसंख्यक सभाहरुमा भाषण गरि राजनैतिक चेतना बढाउने कार्य गरे । जुलाई १९१७ मा क्रान्ति विरोधीहरुको हातमा अस्थायी सरकार गरेकोले उनी भूमिगत हुन बाध्य भए । केरेन्स्कीको अस्थायी सरकारले लेनिन र बोल्सेविकहरु विरुद्ध घृणा तथा दुष्टतापूर्ण रवैया देखायो । लेनिन लगायत धेरै नेताहरुलाई पक्राउ पुर्जी काट्यो । उनले करिब साढे तीन महिना भूमिगत भएर काम गरे । त्यसैबेला उनले “राज्य र क्रान्ति“ भन्ने महत्वपूर्ण पुस्तक प्रकाशित गरे । सो पुस्तकमा राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ ? यसको ऐतिहासिक भूमिका बारे खुलस्त लेखे । समाजवाद अनि साम्यवाद क्रान्तिका दुई खुड्किलाका रुपमा व्याख्या गरे, क्रान्तिमा कम्युनिस्ट पार्टीको भूमिका बारे विचार प्रकट गरे जसलेगर्दा जनता बोल्सेविकहरुको पक्षमा ढल्कन थाले । लेनिनले रुसको अस्थायी सरकारले पूँजीपति तथा बिर्तावालहरुको हितमा काम गरेको कुरा प्रष्ट पार्दै उसलाई असहयोग गर्न आम जनतालाई अपिल गरे । गुप्त रुपबाटै उनले संगठन र क्रान्तिको निर्देशनहरु जारी गर्दै रहे, उनको स्वागतमा भेला भएका लाल झण्डा बोकेका हजारौं श्रमिकहरु र नौसेना भेला भएका थिए । त्यही अवसरमा लेनिनले सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार अपिल गरे । उनले “संपूर्ण सत्ता सोभियतलाई” भन्ने नारा अघि सारे । सोभियत सत्ताले मात्र आम जनतालाई शान्ति, किसानहरुलाई जमिन र भोकाहरुलाई रोटी दिन सक्छ उनले भने । बिर्ताहरु बिना मुआवजा जफत, समस्त जमिनको राष्ट्रियकरण गरिनुपर्छ, सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदुर नियन्त्रण कायम हुनुपर्छ भन्ने प्रस्ताव राखे । त्यसपछि उनले बोल्सेविकको ठाउँमा कम्युनिस्ट पार्टी नाम राखे ।

    सोभियतहरुको पुनःनिर्वाचनमा बोल्सेविकहरुले बहुमत प्राप्त गरे । उनीहरुले पेट्रोगार्ड र मास्कोका सोभियतहरुमाथि आफ्नो नियन्त्रण कायम गरे । सोभियतहरुको प्रतिष्ठा बढ्यो र उनीहरू फेरि प्रमुख शक्तिको रुपमा देखा परे । विद्रोहको निम्ति लेनिनले विस्तृत योजना तयार गरे । विद्रोहको तयारी गर्दै देशमा सुनियोजित क्रियाकलाप सुरु भयो । २४ अक्टोबरका दिन बेलुकी आफ्नो जीवनलाई खतरा मोल्दै उनी पेट्रोगार्डका सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोगार्डका टेलिफिन, टेलिग्राफ तथा रेडियो स्टेशनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेशन र राजधानीका अन्य प्रमुख अड्डाहरुमाथि विद्रोही मजदुर, सिपाही र नौसैनिकहरुले कब्जा गरे । त्यसैगरी क्रान्तिकारी सेनाले अस्थायी सरकारको मन्त्रीहरु बस्ने “शिशिरप्रासाद” कब्जा गरे । त्यसपछि कम्युनिस्ट पार्टीले अस्थायी सरकार अपदस्थ भएको घोषणा गर्यो र लगतै रुसमा लेनिनको नेतृत्वमा सर्वहारावर्गको पहिलो सरकार गठन भयो।जसले समाजवादी शासन प्रणालीको स्थापना र विकासकोलागी सर्वहारा वर्गको अधिनायकत्व भएको समाजवादी राज्यसत्ताको सुरुवात गर्यो । यो क्रान्ति नै अक्टोबर क्रान्ति भनेर चिनिन्छ ।

    सन् १९१८ मा उनलाई गोली लागेको हुनाले उनको स्वास्थ स्थिति बिग्रदै जान्छ, त्यो घाउले १९२१ को जाडोमा झन ठूलो असर देखाउंछ, १९२४ सम्ममा आइपुग्दा कामको चापले स्वास्थ्य झन नराम्रोसंग बिग्रन थाल्छ । सोही बर्ष ग्लुखोभ कारखानाका मजदुर प्रतिनिधिहरुले गोर्की शहरमा भेट गरेर लेनिनलाई केही उपहार र शुभकामना पत्रहरु दिए, प्रतिनिधि मण्डल फर्केपछि लेनिनले आधारातसम्म शुभकामना बारम्बार पढेर बसे । यो भेट नै उनको मजदुरहरुसंगको अन्तिम भेट थियो । सन् १९२४ जनवरी २१ मा बेलुकी ६ बजेर ५० मिनेट जांदा विश्व सर्वहारा आन्दोलनका महान नेता र मार्क्सवादका सिर्जनात्मक प्रयोगकर्ता महान लेनिनले यो संसारबाट बिदा लिए ।

    लेनिनबाट के सिक्ने ?

    १) पुँजीवादको अन्तिम चरण साम्राज्यवाद जुन मरणासन्न अवस्थामा छ । अबको युग भनेको सर्वहारा क्रान्तिको युग हो भनेर दिएको विश्लेषण आज पनि उत्तिकै महत्व राख्दछ, जब पूँजीवाद साम्राज्यवादको अन्तिम अवस्थामा पुग्छ । लेनिनले मार्क्सवाद्को रक्षा, विकास र आफ्नै जीवनको अवधिमैं लागू गरेर देखाए । एक देशमा मात्रै पनि क्रान्ति सफल हुन सक्छ भन्ने उदाहरण विश्वलाई दिए ।

    २) मार्क्सको अवधारणाको राम्रो प्रयोग गरे सर्वहारा अधिनायकत्व, समाजवाद स्थापनार्थ श्रमजीवी अधिनयकत्व अनिवार्य र अपरिहार्य हुन्छ, जसले समाजलाई समाजवादको बाटोमा अगाडि बढ्न मजदुर वर्गको मुख्य हतियार हो । जहाँ मजदुर अधिनाकत्व कायम हुंदैन । अन्ततः पूँजीपतीहरुले नै फेरि सत्ता लिन्छन भन्ने कुरा रुस चीन लगायत तमाम देशका कम्युनिस्टहरुले भोग्दै आएको सर्व विदितै छ । सर्वहारा अधिनायकत्व मार्क्सवादको प्राण हो । मेरुदण्ड नै हो ।

    ३) लेनिनले पार्टी संगठनलाई क्रान्ति गर्न लायक क्रान्तिकारी पार्टी निर्माणको सवालमा पार्टीका हरेक सदस्यले पार्टी कार्यक्रममा सहमत हुने र नियमित योगदानले मात्र हुंदैन । हरेक सदस्यले कुनै न कुनै पार्टी संगठनको अनुशासनमा रहि पार्टि काम पनि गर्नु पर्दछ । उनले पार्टिमा जनवादी केन्द्रीयता लागू गरे, सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी हरेक सदस्यले पुरा गर्नु पर्ने,यसैलाई संगठनात्मक सिद्धान्तको रूपमा स्थपित गरे, जसको कारण पार्टिमा बलियो एकता देखिनुको साथै सदस्यको व्यक्तिगत पहल पनि देखिन आउँछ ।
    ४) लेनिनले मार्क्स एंगेल्सको मूल अवधारणालाई जस्ताको तस्तै राख्न आफ्नो प्रशिद्ध पुस्तक “राज्य र क्रान्ति” मा भनेका छन,“मजदुर (श्रमजीवी) वर्गले पुँजिपतीहरुको राज्य संयन्त्रलाई क्रान्ति पछि जस्ताको तस्तै प्रयोग गर्न हुन्न त्यसलाई चकनाचुर पारेर मात्र त्यसको ठाउँमा एक बिलकुलै नयाँ राज्य संयन्त्र स्थापना गर्न सक्तछन ।

    ५) अर्को महत्वपूर्ण शिक्षा वर्ग संघर्षलाई मुख्य कडाइकासाथ लागू गर्नु,जबसम्म बोल्सेविक पार्टिले साम्राज्यवादी र सोभियत संघ भित्रका दलालहरु विरुद्ध वर्ग संघर्षलाई अघि बढाएको थियो त्यतिबेलासम्म समाजवादको प्रगति भएको देखिन्छ । पचासको दशकमा जब ख्रुश्चोभले अब वर्गसंघर्ष छैन भनेर प्रचार गर्न थाल्यो त्यहिंबाट पतनको प्रक्रिया सुरु भएको देखिन्छ । लेनिनवदसंगको विस्वासघात नै पुँजीवादको पुनस्स्थापना र अन्तमा सोभियत संघको विघटन सुरु भएको सर्व विदितै छ ।

    अन्तमा लेनिनको शिक्षाले अरु थुप्रै महत्वपूर्ण बिषयहरुमा सर्वहारा वर्गलाई ज्ञानको नयाँ उचाई हासिल गर्न मद्दत गरे पनि अहिलेको मुख्य आवश्यकता भनेको नयाँ ढंगले अब फेरि सबै देशका कम्युनिस्ट पार्टिहरुले सर्वहारा क्रान्तिको दोश्रो बिगुल फुक्नु छ,जसले साम्राज्यवादीहरुको साङ्लोको सबभन्दा कमजोर ठाउँमा प्रहार सुरु गर्न सकोस।लेनिनवादलाई तोड मरोड गरेर पेश गर्ने,जनवादी केन्द्रीयता नमान्ने,वर्ग संघर्ष नदेख्ने वा आवश्यकता छैन भन्ने संसदिय बाटोबाट समाजवाद देख्ने,बुर्जुवा ब्यवस्थालाई जस्ताको तस्तै प्रयोग गर्ने,झिनामसिना सुधारका कार्यक्रम घोषणा गरि आम श्रमजीवी जनतालाई गुमराह पार्न खोज्ने जाली ,प्रतिक्रियावादी,गद्दार ,छद्मभेषीहरुको भण्डाफोर र नकाब च्यात्नु आजका सच्चा कम्युनिस्टहरुको कांधमा झन जिम्मेवारी टड्कारो रुपमा थपिएको छ,यिनै गद्दारहरुको कारण क्रान्ति केही पछि धकेलिए पनि लेनिनको शिक्षाको महत्व र आवस्यकता झन बढी देखिंदै गएको छ । लेनिनलाई गरिने सम्मान नै दलाल संसदिय व्यवस्थालाई पल्टाएर समाजवादको दिशामा सच्चा कम्युनिस्टहरुले कांधमा कांध र कदममा कदम मिलाएर हिंड्नु नै आजको आवश्यकता हो ।...कमरेड लेनिन–जिन्दावाद, दलाल नोकरशाह पुँजीवाद–मुर्दावाद...विश्वका मजदुर–क हौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार