Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

कोरोना अघि र कोरोना पछिको विश्व

कोरोना अघि र कोरोना पछिको विश्व

  • आइतवार, चैत्र ३० २०७६

  • रामदिप आचार्य


  • (आचार्य पूर्व विद्यार्थी नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा समाजवाद अध्ययन प्रतिष्ठानका अध्यक्ष हुन् ।)

    आज यो पृथ्वीमा रहेको मानवजातीले चारवटा प्रमुख समस्याहरुसँग जुधिरहेको छ । महामारी, आणविक अस्त्रको त्रास, धनी र गरिबको विचमा रहेको भयावह खाडल र वातावरणीय जोखिम । अहिले चाहीँ यस लेखमा तीनवटा सवालमा पछि अर्को सन्दर्भमा चर्चा गर्ने गरी केवल एउटा मात्र विषय महामारी अर्थात् कोरोना भाइरस र यसले मानवजातीलाई पारिरहेको प्रभावकाबारे प्रारम्भीक छलफल गरिनेछ ।

    आज यस पृथ्वीमा रहेका सात अर्ब मानिसहरुले एकैसाथ युद्धको घोषणा गरेका छन् र त्यो खतरनाक र मैमत्त दुष्मन हो कोरोना भाइरस अर्थात् कोभिड–१९ । यस महायुद्धमा एकातिर सात अर्ब मान्छेहरु र अर्कोतिर कोरोना भाइरसहरु । भाइरसको अग्रमोर्चा र पश्चमोर्चा छैन तर मान्छेहरुको छ । मान्छेको अग्रमोर्चामा छन् डाक्टर, नर्स र स्वास्थ्यकर्मिहरु । पश्चमोर्चामा छौं हामी निरीह जस्ता देखिने लकडाउनमा परेकाहरु । यो लेख लेखिरहँदा विश्वको महाशक्तिको ताज पहिरिहेको अमेरिका नै सबैभन्दा बढी आक्रान्त रहेको छ । यो युद्धमा एउटा महादेशबाट अर्को महादेशमामार हान्न सक्ने ब्यालेष्टिक मिसाइलले काम गरेको छैन, न त हिरोसिमा र नागासाकिमा खसालिने एटम बमले नै काम पाएको छ । न त कोही लडाकू जहाज लिएर लादेनलाई जस्तै कमाण्डो आक्रमण गरिरहेको छ । न त कसैले इराकतिर अज्ञात रासायनिक हतियार नै खोजिरहेको छ । अहिले कोही सुलेमानीलाई मारिरहेको छैन । तत्काल कुनै देश विशेषले आणविक अस्त्रको खोजीमा इरानजस्तै कुनै देशमाथि प्रतिबन्ध लगाईरहेको छैन । एउटा काल्पनिकजस्तै लडाइँ भइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसको कमाण्ड समालिरहेको छ र कमिसारियटको भूमिकामा छ संयुक्त राष्ट संघ । आशा गरौं यस युद्धमा एक दिन अवस्य पनि मानवजातीले विजय पाउने नै छ ।
    आजसम्म यो भाइरसको उत्पतिकाबारे वैज्ञानिक अनुसन्धान भएर तथ्यबाहिर आएको छैन । कसैले जनावरबाट मान्छेमा सरेको भन्छन् त कसैले जनावरबाट जनावर हुँदै मान्छेमा सरेको हो । शुरुमा त विश्व महाशक्ति बन्दै गरेको चीनलाई तहलगाउन अमेरिकाले प्रयोग गरेको रासायनिक हतियार हो भन्ने हल्ला पनि थियो । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प पनिचिनियाँ भाइरस भनेर खुुबै खिल्ली उडाउथे । वैज्ञानिकहरुले ढिलो या छिटो यसको कारण पत्तालगाउने नै छन् ।

    china-amerika.jpg

    अहिले भने हामी समाज विज्ञानको आँखाबाट यसलाई हेर्दैछौं । मानवजातीले भोगेको यो नै पहिलो विपत्ति होइन न त अन्तिम नै । मानवजातीको विकास नै अनेकौं विपत्तिहरुका विरुद्धको संघर्षका क्रममा भएको हो । एककोषीय जीव, बहुकोषीय जीव, सरिसृप, स्तनधारी जीव अनि आजको पूर्खा जस्तै लाग्ने बाँदर र चिम्पाञ्जीहरु । त्यसपछि आजको मान्छे । करोडौं वर्ष गुजारेर हामी यहाँ आइपुगेका हौं । डाइनासोर लोप भए पछि साना स्तनधारी जनावरहरुले फस्टाउने अवसर पाएका थिए । तर हामीले सुन्ने गरे जस्तो डाइनोसर प्राकृतिक छनौटको आधारमा लोप भएको होइन । चाल्र्स डार्विन आफैले पनि प्राकृतिक विपदलाई प्राकतिक छनौटको सिद्धान्त भनेका छैनन् । झण्डै दश किलोमिटर लामो उल्कापिण्ड पृथ्वीसँग ठोक्किएर आएको भयावह परिस्थिति (आगलागी, भँुइचालो र सुनामी) को कारण लगभग नब्बे प्रतिशत जति जीवजन्तु र बोटविरुवाहरु लोप हुने क्रममै डायनोसर पनि लोप भएको हो । संभवतः जीवहरुको उत्पतिपछिको सबैभन्दा ठूलो संकट थियो त्यो । त्यसपछि पनि कहिले ज्वालामुखि विस्फोट त कहिले भूँइचालो त कहिले हिम युगको चपेटामा सिंगो संसार परिनै रह्यो । आधुनिक मानव बनेपछि पनि अकाल, महामारी र युद्धले करोडौं मान्छेहरुको ज्यान लिएको विषयमा हामी जानकार नै छौं । दासताको विरुद्ध, उपनिवेशका विरुद्ध, समानताको लागि र शान्तिको लागि पनि हामीले युद्ध गरेका छौं ।

    दुई खुट्टाले हिड्ने क्रमको विकास, औजारको प्रयोग, भाषाको विकास, आगोको आविष्कारद्धारा प्राकृतिक शक्तिमाथिको पहिलो नियन्त्रण र दिमागको विकास यीनै हुन् । हाम्रा आदि मानवहरुका सफतलाका रहस्यहरु । यी सबै गर्नको लागि मान्छेले अरु जनावरहरु भन्दा फरक गरेको एकै सवाल हो सहकार्य । यदी सहकार्य गर्न नसकेको भएआफूभन्दा धेरै शक्तिशाली हात्ती, बाघ, गैंडा जस्ता जनावरहरुसँगको प्रतिस्पर्धामा टिक्नै सक्ने थिएन । मान्छेको व्यवहार शुरुदेखिनै सामाजिक रहदै आएको छ । समूहमा त कमिला, माहुरी र अरु केहीजनावारहरु पनि बथानमा रहने गरेका छन् तर मान्छे मात्रै त्यस्तो प्राणी हो, जो सचेत तरिकाले समाजमा रहन्छ र सहकार्य गर्छ । यही हो सफलताको कुँजी ।

    पृथ्वी सबै मान्छेहरुको साझा घर हो तर यो सबैको हुन सकेन । यस पृथ्वीमा रहेका साधनस्रोतहरु र मान्छेको पनि रगत र पसिनालाई चुसेर वैभवशाली बनेको मुट्ठीभर मान्छेहरुले मान्छेको सहकार्यलाई तोडे । एक व्यक्तिलाई अर्को व्यक्तिबाट अलग पार्ने विचारधारा र सिद्धान्तको आविष्कार गरे जसलाई नवउदारवाद र स्वतन्त्रताको जामालगाई दिए । व्यक्तिको स्वतन्त्रताको हकलाई सम्पतिको हकसँग जोडे । एकातिर अरबपति मुट्ठीभरहरु र अर्कोतिर सडकपति अरबौं अरब मान्छेहरु । यस्तो छ सभ्यताको आजको अवस्था । यो लुटलाई हामीले विकास भन्यौं, सभ्यता भन्यौं, आविष्कार भन्यौं । त्यही सिक्न स्वर्गको देशतिर तछाड मछाड गर्यौं । आज मानवजातीले भोगिरहेको समस्या कुनै भाइरस सृजित समस्या मात्र नभएर साम्राज्यवादी भूमण्डलीकरणले पैदा गरेको समस्या हो । भाइरसको मात्र समस्या भएको भए संभवतः चीनमा उत्पति भएर त्यतै निमूर्ल हुन्थ्यो होला । हामी अनुमान गरौं यदी प्राचिनकालको कुनै गाँउमा यो महामारी फैलिएको भए संभवतः त्यो गाँऊ सखाप हुन सक्थ्यो तर यसरी विश्वभर फैलिदैन्थ्यो । भाइरस आफै जहाज चढेर समुन्द्रपार यात्रा गरेको होइन, मान्छे मार्फत् यात्रा गरको हो । तसर्थ यो मानव सृजित समस्या हो । नाफाको निम्ती गरिएको हरकतको कारण पैदा भएको समस्या हो । मानवजातिलाई एकताबद्ध हुननदिने नीतिको कारण पैदा भएको समस्या हो ।

    हिजो सामूहिकतावादको अस्थायी असफलतालाई इतिहासको अन्त्यको कथा लेख्नेहरु आज कुन कथा लेख्दैछन् ? क्युवाका डाक्टरहरु यूरोप गएर उपचार गरिहँदा अमेरिका र यूरोपका विकसित देशका डाक्टहरु के गरिरहेका छन् ? हामी इतिहासको फरक मोडमा उभिएका छौं । विश्लेषकहरुले मानवजातिको इतिहासमा कोरोना एक मानकको रुपमा रहने छ भनेर दावी गरिरहेका छन् र त्यसमा सत्यता पनि छ । इतिहासमा पहिलोपटक यस पृथ्वीमा भएका सबै मान्छेहरु आफूले आफैलाई बन्धक बनाइराखेका छौं त्यो पनि एकै पटक । यति ठूलो स्वैच्छिक जेलको आविष्कार कहिल्यै भएको थिएन । अब हामी आजसम्म हामीले पार गरेको समग्र यात्राको समिक्षा गर्ने ठाँउमा आइपुगेका छौं । धेरै परको नभए पनि केही वर्ष अघि केन्याको गाँउमा फेला परेको साठी लाख वर्ष पुरानो मान्छेको खुट्टाको हड्डीबाट हाम्रो विगत खोतलखातल हुँदैछ । हाम्रो शैलीमा सुधार नगर्ने हो भने छ सयदेखि हजार वर्षभित्र पृथ्वी हामी बस्न अयोग्य बन्ने छ भन्ने चर्चित वैज्ञानिक स्टेफिन हकिंगको भनाइलाई पनि गंभिरतापूर्वक लिऔँ । हामी प्रकृतिको उपज हौं । प्रकृतिसँगको सामाञ्जस्यपूर्ण व्यवहारद्धारा मात्रहामी टिक्न सक्छौं । हावा, पानी, ढुंगो, माटो, वनजंगल, जनावरहरु र स्वयं मान्छेलाई पनि नाफा कमाउने वस्तुमा रुपान्तरण गरेर हामी विनाशको बाटोमा हिँडिरहेका छौं ।

    एकछिन अनुमान गरौं, यही गतिमा अगाडि बढेमा अबको तीन सय वर्षपछि पृथ्वीमा मानव जनसंख्या ७० अर्ब हुनेछ । ती सत्तरी अर्ब मानिसहरुमा अहिलेभन्दा भयावह भाइरस आयो र यसरी नै महिनौं सम्म लकडाउनमा रहनु पर्ने भयो भने के होला ? तसर्थ, हाम्रा समस्याहरुको जरो हामीले अबलम्बन गरेको अर्थ राजनीतिक प्रणाली भित्र खोज्नु पर्दछ । त्यो प्रणालीलाई जगेर्ना गर्ने विचारधाराभित्र खोज्नु पर्दछ । अर्थ राजनीतिको ऐना संस्कृतिभित्र खोज्नु पर्दछ ।

    नेपाल आफ्नो बाटो तय गर्ने ठीक बिन्दुमा उभिएको छ । तथाथित सभ्यताको बाटो हिँडेर नवउदारवादको आधुनिक गुलाम बन्ने बाटो हिँड्ने वा स्वाधिनताको लामो बाटो तय गर्ने ? आत्मानिर्भर अर्थतन्त्रको प्रकृतिमैत्री बाटो हिड्ने वा भिख मंगा बाटो हिँडेर पचासौं लाखयुवाहरुलाई अर्काको देशमा आधुनिक दास जस्तो नारकिय जीवन व्यतित गर्न लगाएर तीनकै रेमिट्यान्समा रजाईँ गरेर लुटको छेलोखेलो गर्ने ? विकासको असफलमोडेल अबलम्बन गर्ने वा आप्mनै रचानात्म कमोडेल विकास गर्ने ? यो प्रश्नको जवाफ खोज्न हामीलाई कोरोनाले रोक्न सक्दैन । उसै पनि लकडाउनमा हुँदा संभवतः सबैभन्दा अध्ययनको वातावरण सबैलाई मिलिराखेकै होला । दीर्घकालिन यात्राको तयारी गरौं । कोरोना अन्तिम चुनौति होइन आगामी भयानक संकटको पूर्व सूचना हो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार