Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

विश्वप्रसिद्ध पुस्तक 'शून्य सीमान्त लागत समाज'  नेपाली भाषामा आउँदै !

विश्वप्रसिद्ध पुस्तक 'शून्य सीमान्त लागत समाज' नेपाली भाषामा आउँदै !

  • शुक्रवार, चैत्र २८ २०७६

  • जेरेमी रिफ्किन


  • अनुवादकः रमेश सुनुवार/राजकुमार श्रेष्ठ 

    (लामो समयदेखि मानवजातिले प्रतीक्षा गर्दै आएको उत्कृष्ट समाज 'समाजवाद/साम्यवाद' अब साकार बन्दै छ । किनभने यसको लागि आवश्यक पूर्वाधार अब तयार भइसकेको छ । यसको प्रमाणको रुपमा विश्व प्रसिद्ध अमेरिकी लेखक तथा अर्थशास्त्री जेरेमी रेफ्किनको विश्वचर्चित पुस्तक 'Zero Marginal Cost Society' नेपाली भाषामा अनुवाद गरी पाठकसामु प्रस्तुत गरिदै छ । अनुदित पुस्तकको एक अंश जानकारीका लागि यहाँ प्रस्तुत गरिएको छ ।- सम्पादक)

    महान परिवर्तन

    बजार पुँजीवादबाट सहयोगी समाजमा रुपान्तरण

    पुँजीवादी युग छिटो नभए पनि अपरिहार्य रूपमा समाप्त हुँदै छ । त्यसको स्थानमा एक नयाँ आर्थिक ढाँचा ‘सहयोगी समाज’ को उदय भइरहेको छ, जसले हाम्रो जीवनशैली परिवर्तन गर्दछ । हामी अहिले नै मिश्रित अर्थव्यवस्थाको (आंशिक पूँजीवादी बजार र आंशिक सहयोगी समाजको) उदय देखिरहेका छौं । दुई आर्थिक प्रणाली प्रायः सँगसँगै चल्दछन् र कहिलेकहीँ प्रतिस्पर्धा गर्दछन् । तिनीहरू एक-अर्काको परिधिमा लाभ लिइरहेका छन् । तिनीहरु आफैलाई फाइदा पुग्दासम्म सहकार्य गर्दछन् । अन्य समयमा, तिनीहरू अत्यन्तै प्रतिकूल हुन्छन् र एकले अर्कोलाई निल्न वा बदल्न कोशिस गर्दछन् ।

    यी दुई प्रतिस्पर्धी आर्थिक ढाँचाहरुबीचको संघर्ष लामो र कठिन बन्दैछ । तर अहिलेको प्रारम्भिक चरणमै पनि के कुरा स्पपष्ट हुँदै छ भने पुँजीवादी व्यवस्था, जसले मानव प्रकृतिको बाध्यतापूर्ण कथा र दिनहुँको व्यावसायिक, सामाजिक र राजनीतिक जीवनको लागि व्यापक संगठनात्मक रूपरेखा प्रदान गरेको छ, दशभन्दा बढी पुस्ता विताइसकेपछि वर्तमान उत्कर्षमा पुगेर अब गिरावट आउनथालेको छ । कम्तीमा अर्को आधा शताब्दी वा सोभन्दा अगाडि पनि यो पूँजीवाद सामाजिक योजनाको हिस्सा रहनेछ भन्ने कुरामा मलाई शंका छ । तर, मलाई के लाग्छ भने एक्काइसौं शताब्दीको उत्तरार्धमा यो प्रमुख आर्थिक सूत्राधार हुनेछैन । यद्यपि नयाँ आर्थिक प्रणालीमा ठूलो रूपान्तरणका सूचकहरू अझै नरम र धेरै हदसम्म अस्पष्ट छन्, तर सहयोगी समाज आरोहको क्रममा छ । र, सन् २०५० सम्ममा यो विश्वको प्रायः आर्थिक जीवनको प्राथमिक मध्यस्थको रूपमा समाधान बन्नेछ । नयाँ अर्थव्यवस्थाको किनारमा बढ्दो सुव्यवस्थित र जानकार पूँजीवादी प्रणालीले निरन्तर सैनिक सेवा जारी राख्नेछ र शोषणको लागि पर्याप्त जोखिमहरू भेट्टाउँदछ, मुख्यतया नेटवर्क सेवाहरू र समाधानहरूको एक समुच्चयको रूपमा, जसले यसलाई नयाँ आर्थिक युगमा एक शक्तिशाली कमजोर खेलाडीको रूपमा विकास गर्न सक्षम बनाउँदछन् । तर यसले अब शासन गर्नेछैन ।

    मलाई के लाग्छ भने यो प्रायः व्यक्तिहरूको लागि पूर्ण रूपमा अविश्वसनीय देखिन्छ, किनभने हामी यो विश्वासमा छौं कि पूँजीवाद हाम्रो सास फेर्ने हावा जत्तिकै अपरिहार्य छ । तर शताब्दीयौंदेखि दार्शनिकहरू र अर्थशास्त्रीहरूको आफ्ना क्रियात्मक धारणालाई प्रकृति नियमहरुको दर्जा दिने उत्कृष्ट प्रयासका बाबजुद पनि आर्थिक ढाँचाहरु मानवीय संरचना मात्र हुन्, प्राकृतिक घटना होइनन् ।

    आर्थिक ढाँचाहरूमध्ये पूँजीवाद राम्रोसँग चलेको छ । यद्यपि यसको समयरेखा इतिहासको अन्य आर्थिक ढाँचाहरूको तुलनामा छोटो रहेको छ, तर यो भन्नु उचित छ कि मानव यात्रामा यसको प्रभाव (सकारात्मक र नकारात्मक दुवै) शिकारी युगबाट कृषि युगमा संक्रमण बाहेक इतिहासको अन्य आर्थिक युगको तुलनामा बढी नाटकीय र दूरगामी देखिएको छ ।
    विडम्बनाको कुरा के हो भने, पूँजीवादको पतन त्यसका शत्रु मानिएका शक्तिहरूबाट भइरहको छैन । पूँजीवादी भवनका भित्ताहरू भत्काउने अगाडि कुनै भीड छैन । त्यसको विपरित पूँजीवादी प्रणालीलाई तिनै धारणाहरुको नाटकीय सफलताले कमजोर बनाइरहेको छ, जसको आधारमा यो सञ्चालित हुन्छ । पुँजीवादको केन्द्रमा यसलाई सञ्चालन गर्ने संयन्त्रको अन्तरविरोध रहेको छ, जसले यसलाई सदा निर्णायक उचाइमा पु¥याएको छ । तर अब त्यसले यसलाई मृत्युतिर धकेलिरहेको छ ।

    पुँजीवादी व्यवस्थामा अन्धकारको आगमन

    पूँजीवादको लक्ष्य मानव जीवनको हरेक पक्षलाई आर्थिक क्षेत्रमा ल्याउनु हो, जहाँ यो बजारमा सम्पत्तिको रूपमा आदान—प्रदान गरिने वस्तुमा परिणत हुन्छ । यो रुपान्तरमा मानव प्रयासको थोरै मात्रा मात्र बचेको छ । हामीले खाने खाना, हामीले पिउने पानी, हामीले बनाएका कलाकृतिहरू, हामीले प्रयोग गर्ने सामाजिक सम्बन्धहरू, हामीले ल्याउने विचारहरू, हामीले व्यय गर्ने समय र हामी सबै को हौं भनेर निर्धारण गर्ने डीएनएसमेत सबै पूँजीवादी काउल्ड्रोन (विशाल भाँडो) मा फ्याँकिएका छन्, जहाँ तिनीहरू पुनर्गठित हुन्छन्, मूल्य तोकिन्छन् र बजारमा डेलिभरी हुन्छन् ।

    विगत इतिहासमा, बजारहरू कहिलेकाहीँ भेला हुने स्थानहरू थिए, जहाँ सामानहरू साटासाट गरिन्थ्यो । आज, लगभग हाम्रो दैनिक जीवनको हरेक पक्ष वाणिज्यिक विनिमयहरुसँग कुनै न कुनै तरीकाले जोडिएको छ । बजारले हामीलाई परिभाषित गर्दछ ।

    तर यहाँ विरोधाभास छ । पू्ँजीवादको क्रियात्मक तर्क सफलताद्वारा विफल हुनको लागि डिजाइन गरिएको हो । अब त्यसको व्याख्या गरौं ।

    आफ्नो वृहत ग्रन्थ ‘द वेल्थ अफ नेशन्स’ मा आधुनिक पूँजीवादका पिता एडम स्मिथले भनेका छन्— बजारले गुरुत्वाकर्षणका नियमहरुले जस्तै काम गर्दछ, जुन आइज्याक न्यूटनले पत्ता लगाएका थिए । प्रकृतिमा जस्तै, जहाँ प्रत्येक कार्यको लागि एक समान र विपरित प्रतिक्रिया हुन्छ, त्यस्तै स्वनियन्त्रित बजारमा पनि आपूर्ति र मागले एकअर्कालाई सन्तुलनमा राख्द छन् । यदि वस्तु र सेवाहरूको लागि उपभोक्ताको माग बढ्दछ भने, विक्रेताले त्यसको आधारमा तिनीहरूको मूल्य बढाउँछन् । यदि विक्रेताको मूल्य धरै उच्च भयो भने, माग घट्नेछ र विक्रेताहरू मूल्य घटाउन बाध्य हुन्छन् ।

    फ्रान्सेली प्रबोधनकालीन दार्शनिक, शास्त्रीय आर्थिक सिद्धान्तका अर्का पुरातन वास्तुविद् जीन बाप्टिस्ट सेले न्युटनीय भौतिक विज्ञानबाट अर्को रूपक थपेका थिए । सेले तर्क गरेका थिए— आर्थिक गतिविधि स्वसञ्चालित छ, न्यूटनको पहिलो नियममा जस्तै, एकपटक आर्थिक शक्तिहरू गतिशील भएपछि, तिनीहरू तबसम्म गतिमा रहिरहन्छन्, जबसम्म बाह्य शक्तिहरुले तिनीहरुलाई प्रभावित गर्दैनन् । उनले तर्क थियो— “कुनै वस्तु तवसम्म उत्पादन गरिँदैन, जबसम्म त्यसले आफ्नो मूल्यको पूर्ण सीमामा अन्य उत्पादनहरूको लागि बजार प्रदान गर्दैन ।...... एउटा उत्पादनको निर्माणले तुरून्तै अन्य उत्पादनहरूको लागि स्थान बनाउँदछ ।’’ नवशास्त्रीय अर्थशास्त्रीहरूको पछिल्लो पुस्ताले नयाँ प्रविधिले उत्पादकत्व बढाएर विक्रेताहरुलाई प्रतिइकाई सस्तो लागतमा बढी सामानहरू उत्पादन गर्न सक्षम बनाउने तर्क दिँदै सेको नियमलाई परिष्कृत ग¥यो । सस्तो सामानको बढ्दो आपूर्तिले गार्दा यसले आफ्नै माग सिर्जना गर्दछ । र, त्यस प्रक्रियामा, प्रतिस्पर्धीहरू उनीहरूको उत्पादन अझ बढाउन, सस्तोमा बेच्न र नयाँ ग्राहकहरुलाई आकर्षित गर्नको लागि आफ्नै प्रविधिहरूको आविष्कार गर्न बाध्य बाध्य हुन्छन् । सम्पूर्ण प्रक्रिया एक चिरस्थायी गतिको यन्त्रजस्तै संचालन हुन्छ । नयाँ प्रविधि र बढ्दो उत्पादकत्वको परिणामस्वरूप सस्तो मूल्यको अर्थ उपभोक्ताहरूको लागि अन्यत्र खर्च गर्ने बढी पैसा बाँकी हुनु हो, जसले विक्रेताहरूबीच प्रतिस्पर्धाको नयाँ चरणलाई प्रोत्साहित गर्छ ।

    तर पनि यहाँ एक चेतावनी छ । यी क्रियात्मक सिद्धान्तहरूले एक प्रतिस्पर्धी बजारको परिकल्पना गर्दछन् । यदि एक वा केही विक्रेताहरू उनीहरूको प्रतिस्पर्धालाई विस्तार गर्न र हटाउन तथा बजारमा एकाधिकार वा बहुअधिकार स्थापना गर्न सक्षम भए भने, विशेष गरी उनीहरूको सामानहरू र सेवाहरू आवश्यक छ भएको अवस्थामा, तिनीहरूले कृतिम रुपमा उच्च मूल्य कायम राख्न सक्दछन् । किनभने ग्राहकहरुसँग थोरै वैकल्पिक हुनेछ भन्ने कुरा उनीहरुलाई थाहा हुन्छ । यस्तो अवस्थामा, एकाधिकारवादीसँग उत्पादकत्व बढाउन, मूल्य घटाउन र प्रतिस्पर्धी रहनका लागि नयाँ श्रम बचत गर्ने प्रविधिहरु ल्याउने आवश्यकता वा झुकाव कम हुन्छ । हामीले इतिहासभरि थोरै समयका लागि मात्र भए पनि बारम्बार यस्तो भएको देखेका छौं ।

    तर पनि, लामो अवधिमा नयाँ खेलाडीहरू आइरहन्छन् र प्रविधिमा क्रान्ति ल्याउँदछन्, जसले उत्पादकत्वलाई बढाउँछन् र समान वा वैकल्पिक वस्तुहरू तथा सेवाहरूको मूल्य घटाउँदछन् र बजारमा एकाधिकारलाई तोड्दछन् ।

    तर पनि, मानौं हामी पूँजीवादी आर्थिक सिद्धान्तका यी मार्गदर्शक धारणाहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउँदछौं । यस्तो अवस्थाको कल्पना गरौं, जहाँ पुँजीवादी प्रणालीको क्रियात्मक तर्क कसैको पनि अपेक्षा नगरी सफल हुन्छ र प्रतिस्पर्धी प्रक्रियाले “चरम उत्पादकत्व” तिर लैजान्छ, जसलाई अर्थशास्त्रीहरूले “उच्चतम सामान्य कल्याण” भन्दछन् । यो अन्तिम खेलमा तीव्र प्रतिस्पर्धाले चुस्त प्रविधि ल्याउन बाध्य बनाउँदछ, जसबाट उत्पादकत्व उच्चतम विन्दुमा पुग्दछ र विक्रिका लागि प्रस्तुत गरिएको वस्तुको प्रत्येक अतिरिक्त एकाई “शून्य सीमान्त लागत मूल्य” मा पुग्दछ । अर्को शब्दमा, वास्तवमा प्रत्येक अतिरिक्त एकाई उत्पादन लागत ( यदि निश्चित लागत गणना गरिएको छैन भने) अनिवार्य रूपमा शून्य हुन्छ । त्यसले उत्पादनलाई लगभग निःशुल्क बनाउँदछ । यदि त्यसो भयो भने, नाफा समाप्त हुनेछ, जुन पूँजीवादको प्राण हो । ................

    (बाँकी पुस्तकमा । प्रतीक्षा गर्नुहाेला, छिट्टै बजारमा आउँदै छ ।)

    प्रतिक्रिया
    सम्बन्धित समाचार