Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

विपन्न वर्गको रगतमा उत्सव मनाउँछ पुँजीवाद

विपन्न वर्गको रगतमा उत्सव मनाउँछ पुँजीवाद

  • शुक्रवार, चैत्र २८ २०७६

  • आइपी आचार्य


  • समाजको क्रमिक विकाससँगै मानवजातिका लागी इच्छा आकांक्षा र तिनलाई पुरा गर्न सक्ने सामर्थ्यका लागी मानिसको जिबन संघर्षरत नै रह्यो। आर्थिक तथा सामाजिक विकास को क्रमसँगै मानविय सभ्यताको चरण नै पुँजिवादी रह्यो भने पुँजिवादी चरित्रलाइ नै आवस्यक तथा जीवन धान्ने स्रोतको रुपमा संसारभर नै यसलाई अबलम्बन गरियो ।

    क्रमिक विकासको प्रक्रियासँगै चेतनाको विकास हुँदादेखि नै मानवीय जीवन निजि स्वार्थपूर्ण भाबले नै मानिसको जीवन स्वार्थिपूर्ण ब्यावहारको रुप दियो।समाजमा भएको श्रम विभाजन एकअर्कामा स्वतन्त्र भए पनि उत्पादन क्षेत्रमा शासक वर्गको आधिपत्य रहिरहनुले उत्पादनको गतिलाई निश्चित घेराभित्र मुठ्ठीभर बनाइरह्यो।

    भविष्यका लागि आवस्यकता पर्ने उत्पादनका वस्तु तथा त्यसको निजि स्वामित्व भण्डारण उच्च नाफासँगै विकास भएको वाद नै पुँजिवाद हो । यसमा खासगरी उत्पादनमाथि अधिकार राख्ने राज्य नभै मालिक हुने र आफु अनुकुल ब्यापार गर्ने बढी मात्रामा नाफा कमाउने उद्देस्यबाट पुँजीवाद बाँचिरहेको छ। यसलाई

    संसारभर मानिसका निजि स्वामित्वमा रहेका सबै खालका उत्पादनको मालिक रहने कुरासँगै उदारवादी ढंगले यसको तीब्र विकास भयो भने यसले सँग सँगै आर्थिक सामाजिक राजनीतिक क्षेत्रमा यसका हाँगाहरु छरेर राख्यो । यसले जुनसुकै वर्ग समुदायको उपयोग गरिराख्यो भने उनीहरुको सामूहिक स्वार्थको हितको लाति कहिल्यै काम गरेन । यसले मुख्य रुपमा पुँजी संकलन गरि राज्यका सबै क्षेत्रमा प्रभाब राख्ने उद्देस्यबाट नै पुँजिवादी चरित्र निर्माण भएको देखिन्छ। यसले राज्य प्रती उत्तरदायी नभै आफै कानुन बनाउने आफै संचालन गर्ने र सकेसम्म राज्यका सबै खाले सुबिधा लिने, स्वार्थ समुहको वकालत गर्ने समेत गर्दछ। यसले केही मुठ्ठीभरलार्इ फाइदा त पुर्याउँछ नै तर आम रुपमा सामुहिक स्वार्थलाई सरोकार राख्दैन यसै प्रवृतिको जगबाट पुँजिवादी विचारको विस्तार भएको हुनाले नै मानवीय सभ्यतालाई गिज्याइरहेको छ भने समाजको स्वतन्त्रता र आवश्यकतालाई निस्तेज गरि सामुहिक स्वार्थलाई बन्देज गर्नको लागि यसको मुख्य भूमिका राज्यका सबै तहमा पुर्याउन सफल रह्यो।

    उत्पादनका शक्ति केन्द्रतर्फ पुँजिवादी विकासले पूर्णरुपमा हस्तक्षेप गर्यो । त्यसैको फलस्वरुप ग्रामीण क्षेत्रलाई शहरी क्षेत्रले निल्ने र निस्तेज गर्ने पद्धतिसंगै ठूला ठूला उद्योगसमेत शहर केन्द्रित बनाएर ग्रामीण क्षेत्रमा भएका कच्चा पदार्थलाई न्युन रुपमा खरिद गर्ने र पुँजिपतिले आफ्नो अभिष्ट पुरा गर्ने समाजलाई नै अधिग्रहण गर्ने परिपाटीको विकास हो । पुँजिवाद यसले समाजको सामुहिक स्वार्थको वास्ता नगर्ने कार्यमा रमाउँछ भने आफ्नो स्वार्थ पूर्तिको लागि हदैसम्म गिर्ने गर्दछ। जसको परिणामले सामाजिक उपजर्लाई अधिकरण गर्ने र राज्यकेन्द्रीत शक्ति समुह निर्माण गर्ने चक्र खासरुपमा पुँजीवादी ब्यवस्थाले गर्ने ब्यवहारको रुप हो।

    प्रथम र दोस्रो विश्वयुद्ध पस्चात भएको औद्योगिकरणले पनि सामुहिक स्वार्थलाई केन्द्रमा राख्न सकेन भने न्युन ज्याला मजदुर किसान अल्पसंख्यकलाई भरपुर रुपमा प्रयोग गर्यो र आफ्नो अभिस्ट लक्ष्य पुरा गर्यो । पुँजीवादलाई मानव सृष्टिको सभ्यताको अन्तिम रुप हो भन्ने कुरातर्फ उसले बढी लगानी गर्यो भने विभिन्न कालखण्डमा क्रान्ति प्रतिक्रान्ति नाम दिएर पुँजीवादी सत्ता प्राप्त गर्ने उद्देश्य नै पुँजीवादको मुल मर्म हो । यसैको परिणामस्वरुप समाजवाद साम्यवादको विचार अनुसरण गर्नेहरुसंग यसको अन्तिम युद्द भने हुन बांकी नै छ भन्न सकिन्छ। साथै पुँजीगत स्वार्थ समुहको पुँजीवादबाटै खासगरी समाजवाद र साम्यवाद खतरामा छ भन्ने अनुमान लगाउन सकिन्छ। संसारमा भएका प्रथम र दोश्रो विश्वयुद्ध, सन् १९२० मा बेल्जियम र हल्याण्डमाथिको आक्रमण, सोभियत संघमा रहेका रोमानिया र पोल्यान्डमाथि जर्मनको आक्रमण, सन् १९२० मा अमेरिकाले जर्मनमा हतियार निर्माण गर्नको लागि गरेको लगानी यी सबै घटनाहरु पुँजीवादी स्वार्थी समुहबाट भएका गतिबिधी हुन। यिनले मुलरुपमा तल्लो वर्गका मानिस प्रयोग गर्छन र आफ्नो उत्सब मनांउन धेरै रहर गर्छन भन्ने कुरा पुँजिवादी चरित्रको धर्मजस्तै देखिन्छ।

    तत्कालिन समयमा प्रभुत्ववादी नव उपनिवेशवाद अमानविय आचरण मानविय अस्तित्वसंग सरोकार राख्ने औजारको प्रयोग र होड्बाजी पुँजीवादी चरित्रले निभाएका नांगो रुप हुन् । यिनीहरु मानव अधिकार उसले प्रकृतिले दिएको बांच्न पाउने अधिकारमाथिसमेत धावा बोल्छ्न । अत समग्रमा भन्दा सबैखालका चेतना र पदार्थसंग संबन्धित भएका राजनीतिक विचार दर्शनसमेत पुँजीवादले निल्ने हुँदा यसबाट बच्न साम्यवादको लक्ष्य राख्नेहरुले कति हेक्का राक्छ्न भोलीका दिनमा हेर्न बाँकी नै छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार