Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

मैले मृत्युसँग यसरी लडें- मनिषा कोइराला

मैले मृत्युसँग यसरी लडें- मनिषा कोइराला

  • मंगलवार, चैत्र २५ २०७६

  • नयाँ समाज


  • भारतीय म्यागजिन 'इन्डिया टुडे'ले आफ्नो नयाँ अंकमा अभिनेत्री मनिषा कोइरालाको क्यान्सरसँगको लडाईंका बारेको अनुभूति प्रकाशित गरेको छ । म्यागजिनकी सुहानी सिंहलाई मनिषाले बताएको उनको अनुभूतिको अनुदित तथा सम्पादित अंशः

    तर मेरो परिवारका सदस्यहरुलाई पहिले क्यान्सर भइसकेको हुनाले यो हुनैनसक्ने कुरो चाहिँ थिएन । अमेरिकामा स्तन क्यान्सरसँग जुधिरहनुभएकी आन्टीलाई भर्खरै भेटेर म फर्किएकी थिएँ । त्यसपछि सिनेमाटोग्राफर साथी अशोक मेहतालाई पनि भेटेकी थिएँ । म अन्तिम समयसम्म अशोक र उनको परिवारसँगै थिए ।

    आफ्ना वरिपरिका कत्ति धेरै मानिसहरु यसरी रोगी भएको देख्दा पनि कुनै दिन आफू पनि बिरामी भइएला भनेर हामी सोच्दैनरहेछौं । मैले पनि सोचिनँ । म पनि बिरामी पर्थें । तर धेरैजति फ्लु वा झाडा(पखाला हुन्थ्यो । शरीरले सायद मलाई भनिरहेको थियो कि, 'पक्कै केही गडबडी छ । प्रतिरोधात्मक शक्ति पनि कमजोर हँदै गइरहेको छ ।' अलिपछि मेरो पेटमा सधैं ग्यास भरिइरहन थाल्यो । म जिम गइरहेकी थिएँ । पेटबाहेक मेरो अरु सबै शरीर घट्दै गएको थियो । मैले सोचें, 'बुढेसकाल लाग्न थालेछ ।'

    एउटा अनौठो घटना घटेको थियो । एकजना साथीको साथीले माओरी साधिकालाई निम्त्याएको थियो । उनले मेरो शरीरलाई छोइनन् तर मेरो उर्जा अनुभव गरिछन् । उनले भनेको वाक्य म अझै सम्झन्छु, 'तिमी आफ्नो पाठेघरप्रति असाध्यै रुष्ट छौं । तिमीले त्यसलाई प्रेमिल उर्जा पठाउनुपर्छ ।' मैले सोचें, 'लौ, म आफ्नो पाठेघरसँग किन रुष्ट हुनु १ु बिवाह गरेपछि म बच्चा जन्माउन चाहन्थें । त्यसैले आइभीएफ (कृत्रिम गर्भाधान) उपचारका लागि पनि गएको थिएँ । तर ती साधिकाले मेरो शरीरमा केही गडबडी भएको आशंका गरेकी थिइन् । जब मलाई क्यान्सर भएको पत्ता लाग्यो, मलाई भेटेर उनी आत्तिइन् । उनले पनि क्यान्सर नै भएको होला भनेर सोचेकी रहिनछिन् ।

    मुम्बइको जसलोक अस्पतालमा हामीले डा। सुरेश आडवाणीलाई भेटेका थियौं । मेरो पाठेघरको क्यान्सर अन्तिम अवस्थामा पुगिसकेको छ भनेर उनले नै हामीलाई बताएका थिए । यसो भन्नुपर्दा उनी बडो उदास देखिन्थे । त्यतिन्जेलसम्म मेरी आमा (सुष्मा) ले न्युयोर्कका आफ्ना साथी डाक्टर र वैज्ञानिकहरुसँग परामर्श सुरु गरिसक्नुभएको थियो । क्यान्सर भएको पत्ता लागेको दुई हप्ताभित्रै न्युयोर्कको स्लन केटरिङ अस्पतालमा डा। डेनिस चीले मेरो शल्यक्रिया गरिसकेका थिए । दुःखका ती क्षणमा धेरैले सहयोग गरे र त्यो निकै चाँडोचाँडो पनि भयो । काठमाडौंको अमेरिकी दूतावासले एकैदिनमा भिजा दियो, जहाजको टिकट बुकिङ पनि तुरुन्तै भयो । मैले सहाराश्री (भारतको सहारा समुहका प्रमुख) सँग कुरा गरेको थिएँ, उनले न्युयोर्कमा होटल बुक गर्दिए ।

    अमेरिका र भारतको उपचारमा खासै धेरै फरक छैनरहेछ । तर एउटा मुख्य फरक के हो भने यहाँ 'क्यान्सर भनेको मृत्यु हो' भन्ठानिन्छ । त्यसैले धेरै मानिसहरु आफ्नो रोगबारे केही भन्दैनन् । किनभने ती आफू र आफ्ना वरिपरिका मानिसहरुलाई दुःखी बनाउन चाहदैनन् । तर म चाहिँ निको हुन चाहन्थें । त्यसैले आफूले सकेको प्रयत्न गरें ।

    छ महिनासम्म त्यहाँ बस्दा मैले सकारात्मक मानिसहरुको मात्रै संगत गरें र तिनीहरुका मात्रै कुरा सुनें । मेरी साथी जाकियाले कसरी उनकी बहिनीले क्यान्सरको मुकाबला गरिन् भन्ने सुनाइन् । उनी सधैं भन्थिन्, 'केमो नभन, यसलाई भिटामिन भन ।' अभिनेत्री लिसा रेको ब्लगमा मैले उनलाई मुडुलै देखें । त्यतिबेला मैले थाहा पाएँ रोगसँग व्यवहार गर्ने हरेक मानिसको आफ्नो तौरतरिका हुँदोरहेछ । तर फेरि केही मानिसहरु चाहिँ भन्थे, 'केमो भनेको त विष हो । त्यो अब तिम्रो रगतमा फैलन्छ र त्यसले तिमीलाई मार्छ ।' तिनीहरुहरुदेखि म परपर भाग्थें ।

    मैले अतिरिक्त औषधीहरु लिन परहेज गरेकी थिएँ । केमो लिइराखेकी थिएँ, त्यो धेरै कडा थियो । त्यो भन्दा बढी अरु चक्कीहरु लिइनँ । वमनको लागि उनीहरु चक्की दिन्थे । तर मैले त्यसको पनि विकल्प खोजें । भाइ सिद्धार्थले अक्युप्रेसर रिष्टब्यान्ड ल्याइदिएको थियो । केही समय त्यसले काम गर्‍यो । जब त्यसले काम गर्न छोड्यो, आमाले अदुवाको अचार दिनुभयो । ती दिनहरु ज्यादै भयानक थिए । कति दिनहरु त बिर्सन चाहन्छु । सेतो रक्तकण बढाउन दिइएको न्युपोगेन इन्जेक्सन लिएपछिको पीडा सबैभन्दा खराब थियो । मैले 'यस्तै पीडा हुन्छ भने त अब मलाई बाच्नु छैन, बरु मर्छु' भनेको थिएँ । आमाले सम्झाउनु भयो । ढाढस दिनुभयो । त्यति नै बेला थियो, हामी सबै परिवार धेरै लामो समयपछि सँगै भएका थियौं । बुवा र आमा वरिपरि भएपछि म फेरि बच्चा भएकी थिएँ । यो रोग निको हुने क्रममा मैले धेरै उपहारहरु पाएँ ।

    रोग निको पार्ने दुई तरिका छन् स्वस्थ आहार र शारिरीक अभ्यास । तपाईले आफूलाई शारिरीक र मानसिक दुवै हिसाबले पुनःजीवित गर्नुपर्छ । म सात वर्षदेखि ध्यान गरिरहेको थिएँ । बुवा प्रकाश, आमा र भाइलाई पनि ध्यानमा विश्वास थियो र उहाँहरुले पनि मलाई धेरै सहयोग गर्नुभयो । वननेस विश्वविद्यालयका मेरा ध्यानका गुरु नमनजी हरबखत स्काइपमा उपलब्ध हुनुहुन्थ्यो । उहाँले मलाई 'डराउन छोडु भन्नुभएको थियो ।

    उहाँ सोेध्नुहुन्थ्यो, 'तिमीलाई केदेखि डर लाग्छ ?'
    'मर्दैछु भन्नेकुरादेखि,' म भन्थें ।
    'मृत्यु कस्तो हुँदोरहेछ त ? उहाँ सोध्नुहुन्थ्यो ।
    म जवाफ दिन्थें, 'खोइ त्यो त थाहा छैन ।'

    'त्यसो भए आफूलाई थाहै नभएको कुरादेखि किन डराउने ? उहाँ भन्नुहुन्थ्यो । उहाँका कुरामा मैले अर्थ देखें । उहाँले मलाई आफ्नो मष्तिष्क र विचारहरु नियाल्न अहा‍उनुभयो ।

    फरदिन र लैला खान पनि मलाई भेट्न आए । उनीहरुका बुवा फिरोजको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । उनीहरुले मलाई दैनिक हिड्न सुझाव दिए । मेरो शरीर जतिसुकै कमजोर भएपनि मैले दिनको एकघन्टा हिड्नुपथ्र्यो । बुवा मसँगै हिड्नुहुन्थ्यो । म करिडोर वा कोठाभित्रै हिड्थें । अलि तंग्रिदै गएपछि स्विमिङ पुलको वरिपरि र त्यसपछि पार्कमा हिड्न थालें । यो उपचारको अन्त्यतिर म मुडुली भएकी थिएँ । मेरो आखी भौं पनि थिएन । त्यतिबेला म दिनको सातदेखि नौ घन्टा हिड्थें र किनमेल गर्न पनि जान्थें । सुरुमा मुडुलो भएर बाहिर निस्कन मलाई संकोच लाग्यो । पछि आफैंले सोचें, 'यसरी हिड्नुमा के खराबी छ र रु आखिर म आफैंले मात्रै यो कुरालाई ठूलो विषय ठानिरहेको छु । नत्र न्युयोर्कमा कति विचित्रका केशविन्यास भएका मानिसहरु दिनहु ओहोरदोहोर गर्छन् । त्यसमध्ये म एउटा थपिन्छु, जोसँग आखी भौं र कपाल छैन ।' अमेरिकामा क्यान्सरबारे जनचेतना पनि छ । सुरुमा केहीले अनौठो मानेर हेरे पनि धेरैले क्यान्सरसँग लड्दैछु भन्ने थाहा पाइहाल्थे ।

    हो, म केही मानिसहरुसँग दुःखी पनि भएँ । मैले आफ्नो छेउमा तिनलाई खोजेको थिएँ, पाइनँ । तर यसले मलाई आफैंलाई प्रश्न सोध्ने बनायो, 'के मैले उनीहरुका लागि केही असल गरेको थिएँ रु कि कसैलाई यसैगरी चित्त दुखाएको थिएँ रुु यसरी सोचेपछि मानिसहरुसँग गर्ने मेरो व्यवहारमा पनि परिवर्तन आयो । अहिले साथीहरुलाई दुःख परेको बेला म जसरी पनि पुग्छु । पहिले व्यवहारमा जुन देखावटीपना हुन्थ्यो, त्यो अहिले छैन । सधैं पतरपतर बोलिराख्नु पर्दैन, गएर आफ्नो उपस्थिति अनुभूत गराए पनि पुग्छ । तपाईंले जम्मा यत्ति भन्नुभए हुन्छ, ुआवश्यक पर्‍यो भने म रातको १२ बजे पनि आउँछु है ।ु यस्तो बेला तपाईंलाई बीसौं हजार मानिस चाहिदैन । टाउको अड्याउन दुई तीनजना भए पुगिहाल्छ । यो छ महिनाको उपचार अवधि मेरा लागि 'सम्बन्धु र मानिसको महत्व बुझ्ने एउटा अवसर पनि भयो । आफ्नो जीवनमा के कुरा महत्वपूर्ण छ र के छैन भन्ने अनुभूत गर्न सकें । अब म ट्राफिक जाममा प“mसेका बेला वा जहाजको टिकट क्यान्सिल भएका बेला दुःखी हुदिनँ । अहिले म किराहरुले झै' होइन, पंक्षीहरुले झैं सोच्छु । समस्याहरुमाथि म अब हाँस्न सक्छु ।

    म आफूलाई क्यान्सर बिजेता भन्छु । यो खासगरी एउटा स्वभाव हो । जब हामीलाई क्यान्सर हुन्छ, हाम्रो दिमागमा 'म पीडित भएँ' भन्ने भाव आउँछ । त्यो भनेको हार्ने मानसिकता हो । अमेरिकाको अस्पतालमा एउटी महिला थिइन् । तिनको रोगको अवस्था मेरोभन्दा धेरै खराव थियो । तर पनि तिनी हिँड्थिन्, कुरा गर्थिन् र बडो जोस देखाउँथिन् । तिनले मलाई चिनिन् र दौडिदै मसँग कुरा गर्न आइन् । उनको यस्तो उर्जाको मैले प्रशंसा गरें । अनि आफैंलाई भनें, 'उनले गर्न सक्छिन् भने म पनि गर्न सक्छु नि ।'

    मैले नियमित स्वास्थ्य जाँचको महत्व पनि यतिबेला अनुभव गरें । यदि तपाईंको परिवारमा कसैलाई क्यान्सर भएको छ, धेरै टाढाको नातेदारमा क्यान्सर छ भने पनि सतर्क हुनुपर्दोरहेछ । हामी अन्तिमसम्म पनि आफूलाई केही हुँदैन भन्ने सोच्छौं । क्यान्सरले तपाईंलाई अकस्मात समात्छ अनि त्यो थाहा पाउँदा उपचारका लागि ढिला भइसक्दो रहेछ । महिला त्यसमाथि पनि ४० कटेकोले त जाँच गराउनै पर्ने रहेछ ।

    उपचार सकिएर मुम्बइ फर्किदा बडो अनौठो लाग्यो । म सबैकुरालाई फरक ढंगले हेर्न थालेको थिएँ । मलाई मानिसहरुलाई कसरी प्रतिक्रिया दिने भनेर अप्ठेरो लाग्थ्यो । उनीहरुलाई पनि कसरी मेरो नजिक आउने भन्ने समस्या पथ्र्यो । म पहिलेकैजस्तो मानिस थिइनँ । पहिले म आफ्नो घरबाहिर कहिल्यै पाइला राख्दैनथें, सीधै कारबाट आयो, गयो । तर अहिले जब म हिँड्न थाले, मैले पत्ता लगाए कि यो वेरसोवा क्षेत्रमा मात्रै चार पाँचवटा पार्क रहेछन् । उपचारपछिको मेरो जीवन बडो अचम्मसँग परिवर्तन भयो । म अब फिल्ममा काम गर्न चाहन्छु । तर क्यान्सर नितान्त व्यक्तिगत रोग भएर पनि यो एउटा धब्बाजस्तो रहेछ । म काम गर्न स्वस्थ छु तर मानिसहरुले भनेको सुन्छु, 'ए, ऊ ठीक भई रु हामीले त मज्जाले बिरामी परेकी थिई भन्ने सुनेका थियौं ।' यस्ता कुराहरुले चाहिँ निराश बनाउँछ । हामीले उठ्नुपर्छ, काम गर्नुपर्छ, मानिसहरुसँग बात मार्नुपर्छ । क्यान्सर पत्ता लाग्दैमा जीवन सिद्धिदैन ।

    म 'क्यान्सरको अनुहारु भनेर चिनिन चाहन्नँ । यो मेरो जीवनको एउटा भाग हो । हो, यो मुख्य भाग हो, किनभने यसले मेरो जीवनलाई धेरै नै परिवर्तन गर्‍यो । अहिले म नयाँ यात्रामा छु । क्यान्सरले नछोउन्जेल सधैं सोच्थें, 'म धेरै लामो समयसम्म बाँच्नेछु ।' तर अब मैले जानेकी छु हाम्रो जीवन हामीले सोचेजति लामो हुँदैनरहेछ । तर मेरो जीवन क्यान्सर कथाबाटै अन्त्य हुँदैन । म अघि बढ्न चाहन्छु । जे भयो, मैले भोगें र अघि बढें ।

    अघि बढ्न सजिलो चाहिँ छैन । यदि म पार्टीहरुमा गएँ भने मानिसहरु क्यान्सरकै बारेमा कुरा गर्न थाल्छन् । एकचोटी, दुईचोटी, तिनचोटी ठिकै हो । दसौंपटक त्यही कुरा भनिरहन कति दिक्कलाग्दो हुन्छ । मानिसहरु आउँछन् र भन्छन्, 'मेरो साथी क्यान्सर लागेर मर्‍यो ।' केही मानिसहरु मलाई 'अहिले कस्तो छु भनी सोध्छन्, मानौं म मर्न गइरहेको छु । त्यतिबेला मलाई 'पार्टीमै बसुँ कि छोडेर जाऊँ' दोधार हुन्छ ।

    म मान्छु, डर यथावत छ । तर म त्यसको शिकार भएकी छैन । मसँग यही डरसँगै जिउनेबाहेक अर्को विकल्प पनि छैन । सबैभन्दा ठूलो डर भनेको मृत्यु वा दुःखदायी मृत्यु नै हो । अब म यसबारे चिन्ता लिएर बस्दिनँ, म अहिले खुसी छु । म १५ वर्षदेखि गोवा गइरहेको छु । यसअघिका गोवाका सबै बिहानहरुमा म ह्याङओभर लिएर ब्युझन्थे । यसपटक त्यस्तो भएन । यसपाली मैले अर्कै गोवा देखें । धेरै नयाँ चिज देखें । मलाई यस्तो लाग्यो, हिँडिरहेका मानिसहरुलाई गएर अंगालौं । मानिस जिउँदो हुनु नै धन्य रहेछ ।

    स्राेत: कान्तिपुर

    प्रतिक्रिया
    सम्बन्धित समाचार