Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

कोभिड-१९ महामारिले निम्त्याएको आर्थिक संकट

कोभिड-१९ महामारिले निम्त्याएको आर्थिक संकट

  • शनिवार, चैत्र २२ २०७६

  • नारायण खनाल


  • नोबेल कोरोना भाइरस अर्थात कोभिड-१९ को घातक संक्रमणले पुरा विश्वलाई आफ्नो प्रभावमा लपेटेको छ । यसको घातांकीय बिस्तार दर (Exponential Spread Rate)ले सार्बजनिक स्वास्थ्य सहित गम्भीर मानवीय संकट पैदा गरेको छ । महामारीले समकालीन विश्वब्यबस्थामाथि प्रश्नचिह्न खडा गरेको मात्र छैन, यसको आक्रमणबाट आर्तनाद गरिरहेको मानवजाती विश्वब्यबस्थाको बदलावको खोजी गर्दैछ । यस लेखमा वर्तमान उदारवादी अर्थब्यवस्थामाथि कोभिड- १९ ले पैदा गरेको संकटबारे संक्षिप्त चर्चाको प्रयास गरिएको छ ।

    आजको विश्व अर्थतन्त्रले सन् १९३० को महामन्दी (Great Depression) पछिको सबैभन्दा भयानक आर्थिक संकटको सामना गर्दैछ । गएको डिसेम्बर अन्त्यतिर चिनको वुहानबाट फैलिएको कोरोना भाइरसले पुरै विश्वलाई गाँजेको छ । हालसम्म ११ लाखभन्दा  बढीमा याे राेग संक्रमित भएको छ भने  करिब ६० हजार मानिसको ज्यान गइसकेको छ । अहिले पुरै विश्व लकडाउनको कठोर जनजीवनबाट गुज्रीरहेको छ । अमेरिकाले भने सोझै लकडाउन नभनेर गाइड लाइनमा आधारित जनजीवन भनेको छ । बिसौँ सताब्दीको तेस्रो दशकमा अधिक उत्पादन (Over Production ले आर्थिक संकट पैदा गरेको थियो भने सन् २००८ मा पनि विश्वले वित्तीय संकटको धक्का महसुस गरेको थियो ।

    अहिलेको अर्थतन्त्रमा एकैपटक उत्पादन, आय र रोजगारीमाथि गम्भीर नकारात्मक कम्पन आएको छ । विश्लेषकहरुको अनुमानअनुसार आँउदो चौमासिकमा अमेरिकाको जीडीपीमा २४ प्रतिशतले ह्रास आउने छ र करिब ५० लाख अमेरिकिहरुले रोजगार गुमाउने छन् । जर्मन बहुराष्ट्रिय बैंक डोच बैंङ्कले गरेको अनुमानअनुसार चीनको जीडीपी ३० प्रतिशतले घट्ने छ । यद्यपि कोरोनाको प्रकोपबाट चीनको अर्थतन्त्रले पुन गति लिदै गएको छ। विश्व बैंकको अध्ययन अनुसार पूर्वी एशिया र प्रशान्त क्षेत्रका थप २ करोड ४० लाख देखि ३ करोड ५० लाख मानिसहरू गरिबीको चपेटामा पर्नेछन् । विभिन्न अध्ययन र अनुमानहरुले कोभिड - १९ को कारण सुरु भएको आर्थिक मन्दी भयानक महामन्दी हुने निश्चित छ ।

    pak_3254517_835x547-m.jpeg

    कोभिड-१९ को वर्तमान संकट प्रविधिमा भएको विकासले अनिवार्य गराएको औद्योगिक क्रान्ति र श्रमको बिशिस्टिकरणको फलस्वरूप विकसित सामुहिक पुँजीवादी उत्पादन प्रणाली लाई चुनौती भएको छ । त्यसभन्दा बढी ब्यक्तिगत स्वतन्त्रता र उदारीकरणको सिद्धान्तबाट प्रेरित पश्चिमा जगतलाई जरैदेखि खल्बल्याइदिएको छ । सामुहिक स्वास्थ्य प्रणाली सँगै देखा परेको आर्थिक संकट बहुआयामिक छ । यसको नकारात्मक असरले सबैभन्दा बढी औद्योगिक र पर्यटन क्षेत्रलाई थिलथिलो पार्दैछ । भुइँतहका मानिसहरू कार्यरत रहने औद्योगिक र पर्यटन क्षेत्रको तहसनहसले एकैपटक दसौं करोड मजदुरहरूको रोजीरोटीलाई प्रभावित गर्छ ।

    सेवाक्षेत्र पनि यसको प्रभावभित्र स्वतस् लपेटिएको छ । परन्तु यो क्षेत्रमा काम गर्ने कामदार निम्न, मध्यम र मध्यम वर्गमा पर्ने एवं यो क्षेत्र बढी संगठित भएको हुँदा साविकको उपभोग प्रभावित भएता पनि गाँस, बाँस, कपासको आधारभूत समस्या गम्भीर नहोला । पुँजिपती वर्गको पुँजिको सञ्चय र लगानी प्रभावित भएको छ, जसले उनीहरुको मुनाफा र भविष्यको लगानी प्रत्यक्ष प्रभावित हुनेछ । लगानी प्रभावित हुँदा नयाँ रोजगारीका अवसरहरु सिर्जना बन्द हुने र भैरहेका पनि गुम्ने छन् । अर्थात त्यसको अन्तिम लागत मजदुर वर्ग र निम्न-मध्यम वर्गले आफ्ना आधारभूत आवश्यकताको कटौती मार्फत भुक्तान गर्नुपर्नेछ । पुँजिपती वर्गको जीवनशैली प्रभावित हुनेछ, जसले उनीहरुको उपभोग त प्रभावित हुन सक्छ तर त्यो बाध्यात्मक भने हुँदैन । औद्योगिक उत्पादनमा हुने गिरावटले स्वतस् कच्चापदार्थको उत्पादन र आपूर्ति प्रभावित हुन्छ ।

    कृषि तथा पशुपालन क्षेत्र पनि महामारीको नकारात्मक असरबाट बच्ने देखिदैन । मासुजन्य पदार्थबाट कोभिड-१९ को भाइरस फैलिएको आसंकाले विश्वब्यापी रुपमा मासुको उपभोगमा ह्रास आएको छ । औद्योगिक उत्पादनमा हुने मन्दीले कृषिजन्य कच्चापदार्थको मागमा स्वतस् कटौती हुनेछ । महामारीले विश्वभरको शेयर बजारमा अस्वभाविक गिरावट आएको छ । शेयर बजार अनुत्पादक क्षेत्र भएता पनि अर्थतन्त्रलाई चलायमान बनाउनमा यसको महत्वलाई नजरअन्दाज गर्न सकिदैन । यसरी कोराेना भाइरसले अर्थतन्त्रका सबै अवयबहरु हलचल भएका छन् । शिक्षा क्षेत्रमा पार्ने संभावित असर, त्यसबापत अर्थतन्त्रले चुकाउनु पर्ने मुल्य त छदैछ ।

    राज्यसँग बिशेष प्राधिकार हुन्छ, तसर्थ संकट मोचनको लागि सरकारसँग विभिन्न विकल्पहरु हुन्छन् । कोभिड-१९ को अर्थतन्त्रमाथीको नकारात्मक असरलाई न्यूनीकरण गर्न विश्वभरका सरकारहरु प्रयासरत छन् । राज्य नियंत्रित चिनियाँ पुजीवादी अर्थतन्त्रले पुन लय समात्ने संघर्ष गरिरहेको देखिन्छ । काम नगरी पैसा पाउनु हुन्न भन्ने प्युरिटन मान्यता बोक्ने अमेरिकाले २ हजार अर्ब डलर बराबरको आर्थिक प्याकेज घोषणा गरेको छ । त्यस्तै बिशाल ग्रामीण अर्थतन्त्र भएको भारतले पनि २२ अर्ब डलरको राहत प्याकेज घोषणा गरेको छ । यस्ता राहत प्याकेजले अर्थतन्त्रलाई टेकसो (आड) दिएका छन् र तत्काल गुम्न सक्ने रोजगारी लाई रोक्ने प्रयास गरेका छन् । उदार कल्याणकारी पुजीवादी अर्थब्यबस्था भएको युरोपले ुयुनिभर्सल बेसिक आयु को अवधारणा लागु गर्ने प्रयत्न गरिरहेको छ । यो अवधारणा अनुसार सोझै ब्यक्तिको खातामा न्युनतम रकम प्रती महिना सरकारले दिन्छ, जसले ब्यक्तिको आधारभुत आवश्यकता पुरा हुनुको साथै मागमा हुने गिरावट न्युन हुन जान्छ ।

    तेस्रो विश्व र नेपाल

    उटा रोचक के भइरहेको छ भने, कोभिड-१९ तेस्रो विश्वका मुलुकहरूमा प्रारम्भिक चरणमै छ अर्थात महामारीको रूपमा फैलिसकेको छैन । जबकी विकसित मुलुकहरू महामारीको प्रकोपमा जकडीइसकेका छन् । अफ्रिकी महादेश, मध्यपूर्व भारतिय उपमहादिपमा महामारीको रुपमा फैलिएमा यसले निम्त्याउने मानवीय संकट भयावह हुनेछ । अर्थतन्त्रमा आउने संकटले करोडौं मानिसहरू आधारभुत स्वास्थ्य सेवाबाट बन्चित हुनेमात्र होइन भोकमरीको चपेटामा पर्न सक्छन् ।

    नेपाल पनि चैत्र ११ गते (मार्च) देखि पुर्णतः लकडाउन भएको छ । यसभन्दा अगाडी नेपाल बन्द जस्ता हडतालको बेलाका तथ्यांकको आधारमा भन्न सकिन्छ कि औद्योगिक उत्पादनमा दैनिक एक अर्बभन्दा बढीको नोक्सान भइरहेको छ । पर्यटन ब्यवसाय चौपट बनेको छ । होटल, रेष्टुरेन्ट र यातायात पूर्णतः ठप्प छन् । सेवाक्षेत्र आंशिक रुपमा संचालनमा छन् ।

    नेपालको अर्थतन्त्रले बिस्तारै गति लिदै छ ९थियो० । पछिल्लो तिन बर्ष ६५ भन्दा माथि रहेको आर्थिक वृद्धिदरले लामो समयको राजनीतिक अस्थिरता, २०७२ को बिनासकारी भुकम्प, पटकपटकको नाकाबन्दीको कहरबाट तंग्रीदै गरेको अर्थतन्त्र ठुलो आर्थिक संकटमा फस्ने खतरा छ । हाम्रो अर्थतन्त्र रेमिटान्स र आयातमा आधारित छ । आ.व. ०७५ र ०७६ मा न्म्ए मा रेमिट्यान्सको योगदान २६.२५ थियो । सोही आर्थिक बर्षमा कुल वैदेशिक ब्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड थियो । जुन संघीय सरकारको सोही आ।व। को घोषणा गरेको बजेटको आकार भन्दा ६ अर्ब २६ करोड बढी हो । हाम्रो वैदेशिक ब्यापार घाटा न्म्ए को एकतिहाइ भन्दा बढी छ । विश्व अर्थतन्त्रमा गुम्ने रोजगारीको चर्को मुल्य नेपाली अर्थतन्त्रले पनि चुकाउनु पर्नेछ । रोजगारी कटौती हुँदा गुम्ने विप्रेषण आम्दानी र विदेशीयका युवा नेपाल फर्किदा समग्र मागमा हुने वृद्धिको दोहोरो मार हाम्रो अर्थतन्त्रले खेप्नुपर्नेछ । यि तथ्यहरुले भारतिय र विश्व अर्थतन्त्रको गति र नियतिमा हाम्रो अर्थतन्त्र पनि समाहित हुने देखिन्छ ।

    कालो बादलमा चाँदीको घेरा

    मानविय जीवनका हरेक क्षेत्रमा संकट पैदा गरेता पनि कोभिड-१९ ले प्राकृतिक वातावरणमा सकारात्मक प्रभाव पारेको छ । कार्बन मोनोअक्साइड र क्लोरोफ्लोरो कार्बन उत्सर्जनमा भएको न्यूनीकरणले पर्यावरणीय जिबनले सुखद अनुभुती गरेको छ । हाम्रो वर्तमान परनिर्भर अर्थतन्त्र लाई आत्मनिर्भर अर्थतन्त्रको रुपमा यु टर्न लिन अहिलेको संकटलाई उपयोग गर्न सक्छौ र गर्नुपर्छ । अहिलेको आर्थिक संकटलाई टाल्नको लागि हाम्रो मौदृकिकरण र ब्यबसायिकरण भैनसकेको ग्रामिण अर्थतन्त्र, टुक्रे र परम्परागत खेती प्रणाली, हिउँद भरीलाई अन्न भण्डारण गर्ने प्रचलन, अइचोपैचोमा चल्न सक्ने सौहार्दपुर्ण छिमेकी चलन आदि सहायक सिद्ध हुनेछन । छरिएर रहेको वस्ती (जुन आफैमा क्वारेन्टाइन हुन्छ), अभिवादन गर्ने नमस्कार, जोजोलोपा जस्ता शैली आदिले कोभिड-१९ को प्रसार लाई रोक्न मद्दत पुग्ने छ । यसको साथै बिदेशी भुमिमा प्राप्त सिप र अनुभव एकत्रित हुदैछ भने प्रवासमा भोग्न परेको पिडा र अनिवार्य आवश्यकता एवं महामारी बाट सिर्जित मनोदशाले स्वदेशमै केहि गर्ने प्रेरणा जागृत हुनेछ । यसको जगमा जनताको विश्वासबाट चुनिएको बर्तमान नेतृत्वले विश्वासलाई थप मजबुत बनाउने बलियो इच्छाशक्ति सहित कोरोना संकटलाई सामना गर्ने र अगाडी बढ्ने हिम्मत गर्नुपर्छ । ताकी नयाँ विश्वको अर्थराजनीतिक रङ्गमन्चमा (कोभिड-१९ रोकथाम पछिको विश्) आत्मनिर्भर मुलुकको नयाँ परिचय स्थापित गर्न सकियोस् । 

    ( लेखक अर्थशास्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता हुन्)

    प्रतिक्रिया
    सम्बन्धित समाचार