Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

पूर्वीय दर्शनशास्त्रः एक चर्चा

पूर्वीय दर्शनशास्त्रः एक चर्चा

  • मंगलवार, चैत्र ४ २०७६

  • दलबहादुर विसी


  • दर्शनशास्त्र के हो ?

    दर्शनशास्त्र दृश् धातुबाट बनेको हो । यसको शाब्दिक अर्थ देख्नु भन्ने हुन्छ । पाश्चात्य दर्शनमा यसलाई फिलोसफी भनिन्छ । युनानी भाषको दुई शब्द philos (प्रेम) र Sophia (ज्ञान) मिलेर बनेको छ । यसको अर्थ ज्ञानप्रतिको प्रेम हुन्छ । यसलाई ज्ञानको खोज (Search for knowledge) पनि भन्ने गरिन्छ । जसरी पूर्वीय दर्शनमा सरस्वतिलाई विद्याकी देवी भनेर पुजिन्छ, त्यसैगरी सोफिया ग्रीककी देवी हुन् ।

    दर्शनको अर्थ देख्नु भएता पनि, यसको अर्थ सबै बस्तुलाई देख्नु मात्र हो त ? हैन । यसको सही अर्थ हुन्छ, ज्ञान प्राप्त गर्नु । दर्शन शब्दको दुई अर्थ मानिएको छ, देख्नु र जान्नु । तर के जान्ने ? कुन कुराको ज्ञान प्राप्त गर्ने ? कुन तत्व जान्ने ? कसरी जान्ने ?

    पूर्वीय दर्शनमा सर्वपल्ववी राधाकृष्णका अनुसार, के जान्ने भन्दा, दृशते यर्थात तत्व मने, अर्थात तत्वको ज्ञान प्राप्त गर्नु नै दर्शन हो । दृशते इति दर्शनम । अर्थात दर्शन त्यो हो जसलाई जान्न सकिन्छ ।

    के जान्ने ?

    यस्तो मौलिक तत्व जान्ने कि जसबाट जीवन र जगतको व्याख्या गर्न सकियोस । जीवन र जगतको प्रारम्भ कसरी भयो ? जीवको उद्देश्य के हो भन्ने विषयमा जब हामी जान्ने प्रयास गर्छौं र जान्दछौ त्यो दर्शन हो ।

    एसन दास गुप्ताका अनुसार (History of Indian philosophy) मा यथार्थ विषयको सम्बन्धमा वैशेषिक दर्शन –कर्णाद ऋषि)मा प्रथम पटक उल्लेख गरिएको छ भनेर लेख्छन् ।
    तर कर्णादको यस धारणालाई धेरैले खण्डन गरे । शंकराचार्य र उदयनाचार्यले पहिलो पटक शर्ननशास्त्रको यथार्थ तत्वको बारेका उल्लेख गरे भनिन्छ । तर यो मतलाई पनि मानिएन । देवी प्रसाद चन्द्र उपाध्यायका अनुसार शर्दनको तत्व विषयमा पहिलेदेखि नै उल्लेख हुँदै आएको छ भनियो । तत्व चिन्तन पहिलेदेखि नै थियो भन्ने धारणा पूर्वीय दर्शनमा मान्य पनि रह्यो । तर यो चिन्तनको वीज कहाँ थियो भन्ने सवाल पैदा भयो । त्यस सवालमा वेदमा तत्व चिन्तनको वीज रहेको मानियो । वेद, व्राह्मण ग्रन्थ, आरण्यक, उपनिषद र सुत्र साहित्यगरी वेदको अध्ययन शुरु भयो । यसरी दर्शनशास्त्रको विकास निरन्तर भएको पाइन्छ ।

    तर वेद बुझ्न निकै कठिन थियो । किनकी यो लयमा थियो, छन्दमा थियो र सुत्रमा थियो । यसलाई सरल बनाउनको लागि ब्राह्मण ग्रन्थ रचना गरियो । यो ग्रन्थ भने गद्य स्वरुपमा थियो । छन्दबाट गद्य शैलीमा भएकाले यो थोरै सरल भयो । तर पनि साधरण मानिसका लागि सरल भएन । एकान्तमा गएर अध्ययन चिन्तन गर्नुपर्ने भयो । यसै कारण यसलाई आरण्यक ग्रन्थ भनियो । आरण्यकलाई जनि गहन अध्ययन गरेपनि ग्रन्थमा भएका गुदी कुराहरु बुझ्न कठिन नै भयो । त्यसका लागि योग्य गुरुको आवश्यक पथ्र्यो ।

    वेदलाई अझ सरल रुपमा बुझ्न सकिने बनाउने क्रममा उपनिषद आयो । उपत निषदको अर्थ हुन्थ्यो गुरुको नजिक बसेर सिक्नु । ज्ञान प्राप्त गर्नु । वेद, ब्राह्मण र आरण्यक ग्रन्थमा भएका दार्शनिक भावलाई समाविष्ट गरेर उपनिषदको रचना गरियो । यस क्रममा १०८ उपनिषद देखिएको थियो । यसमा पनि १० उपनिषद मुख्य मानिन्छ । उपनिषद्मा जुन दार्शनिक सार थियो, त्यसलाई सुत्र साहित्यमा व्यक्त गरियो । सुत्र साहित्य यस्तो प्रमुख रचना हो, जसमा सर्वप्रथम दशनलाई व्यवस्थित रुपमा प्रस्तुत गरियो । उपनिषदमा भिन्न भिन्न दार्शनिक विचारहरु पाइन्छ । तर सुत्र साहित्यमा एक दार्शनिकको मात्र मत पाइन्छ । धेरै सुत्रहरु लेखिएका छन् । ब्रह्म शुत्र—जसमा वेदान्तको निम राखिएको छ । वेदका प्रतिपादक वादरायणले यसको प्रतिपादन गर्नुभयो । प्रशिद्ध सुत्र योग सुत्र (रचयीता पतञ्जली), मिमांश सुत्र, शांख्य सुत्र, वैशेषिका सुत्र, न्याय सुत्र हुन ।

    पूर्वीय दर्शन मूलतः दुई भागमा विभाजित छ— आस्तिक र नास्तिक

    स्तिक शर्दनः साधरण अर्थमा ईश्वरमा विश्वास गर्न दर्शनलाई आस्तिक भनिन्छ तर पूर्वीय दर्शनमा यो मत खासै मान्य भएन । व्याकरणाचार्य पाणिनीका अनुसार, जो परलोकमा विश्वासगर्छन, तिनीहरु आस्तिक हुन् । परन्तु यो मत पनि दर्शनको क्षेत्रमा मान्य भएन । मनुस्मृतिकारहरुले यो अर्थ लगाए की जो वेदमा विस्वास गर्छन, तिनीहरु आस्तिक हुन् । वेदमा जो विस्वास गर्दैनन्, तिनीहरु नास्तिक हुन । मनुको यो विचार पूर्वीय दर्शनमा मान्यताका रुपमा स्थापित भयो । वेदको प्रमाणिकता मान्नेलाई आस्तिक भन्ने गरियो । प्रमाणिक भनेको सही ज्ञानको स्रोतको कुरा हो । वेदमा जुन कुरा लेखिएको छ, त्यसलाई प्रमाणिक मानेर अघि बढ्ने कुरा हो ।

    आस्तीक दर्शनलाई पनि दुई भागमा विभाजन गरियो ।

    १) सांख्य, न्याय, योग र वैशेषिका
    २) मिमांशा (पूर्वीय मिमांशा), वेदान्त (उत्तर मिमांशा)


    वेदलाई प्रमाणिक मानेर पनि वेदबाट स्वतन्त्रभएर र साक्षात सम्बन्ध नराखेर आफ्नो दर्शनको व्याख्या शुरु गरे । यी दर्शनहरुमा सांख्य, न्याय, योग र वैशेषिक पर्दछन् । वेदमा आश्रित भएर, वेदमा भएका विजहरुलाई र तथ्यहरुलाई मानेर जुन व्याख्या गर्छन, ती दर्शनहरुमा मिमांशा र वेदान्त पर्दछन् । मिमांशा र वेदान्तलाई पनि दुई भागमा वर्गिकरण गरिएको छ । जुन दर्शनले कर्मको आधारमा वेदको व्याख्या गर्छ, त्यसलाई मिमांशा दर्शन भनिन्छ । यसलाई कर्मवादी तथा कर्मकाण्डी मिमांशा दर्शन पनि भनिन्छ । यो दर्शनले कर्ममा अधिक बल दिन्छ । वेदान्त दर्शनले ज्ञानलाई आधार मानेर वेदको व्याख्या गर्छ । त्यसैले यसलाई ज्ञानकाण्ड वेदान्त दर्शन पनि भनिन्छ । यसले ज्ञानमा अधिक जोड दिन्छ ।
    नास्तिकः वेदलाई प्रमाणिक ग्रन्थको रुपमा स्वीकार नर्ग दर्शनहरु नस्तिक दर्शनमा पर्दछन् । चार्वाक, जैन र बुद्ध दर्शनहरु हुन ।

    सांख्य दर्शनः सांख्य सुत्र पुस्तकमा यसको वृहत व्याख्या गरिएको छ । महर्षि कपिलले यो लेख्नु भएको हो । यो द्धैतवादी दर्शन हो । पुरुष र प्रकृतिलाई यस दर्शनले मान्दछ । पुरुषको अर्थ आत्मा होे । पश्चिममा यसलाई माइन्ड, सोलको रुपमा बुझिन्छ ।

    योग दर्शनः यो दर्शनको मूल ग्रन्थ योग सुत्र हो । यो सुत्रको भाष्य महर्षि वेद व्यासले लेख्नुभयो । तर यसका प्रतिपादक पतञ्जली हुन् । यो दर्शनले सांख्य दर्शनको तत्व मिमांशालाई स्वीकार गरियो । साथै व्यवहारिकता प्रदान गरियो । यो व्यवहारिक दर्शन पनि हो ।

    न्याय दर्शन? यस दर्शनका प्रतिपादक महर्षि अक्षपात गौतम हुन् । यो दर्शनलाई अक्षपात दर्शन पनि भनिन्छ । यसलाई न्याय सुत्रमा प्रतिपादन गरियो । मुख्यरुपमा वात्सायनको भाष्य वाचतपति मिश्रको न्याय वार्तिक, जयन्त भट्टको न्याय मञ्जरी छन् ।

    वैशेषिक दर्शनः यसका प्रतिपादक महर्षि कर्णाद हुन् । उहाँको अर्को नाम उलक पनि हो । यहाँको ग्रन्थ वैशेषिक सुत्र हो । यसलाई विद्वान प्रसदपादले भाष्य लेख्नुभएको थियो ।
    मिमांशाः महर्षि जैमिनीले मिमांशा दर्शन लेख्नुभएको थियो । यो वेदमा आश्रित दर्शन हो । कर्मपक्षको अधिक व्याख्या गर्ने दर्शन हो । यसलाई कर्म दर्शन पनि भनिन्छ । प्रभाकर मिश्र र कुमारेल भट्टले यसको व्याख्या गरेका छन् ।

    वेदान्त दर्शनः महर्षि वेद व्यासले यसलाई लेखेको मान्छि । यसलाई ज्ञान काण्डी दर्शन भनिन्छ । यसले ज्ञानमा जोड दिन्छ ।

    नास्तिक दर्शन

    वेदलाई अप्रमाणिक मान्ने दर्शनहरु नास्तिक दर्शनमा पर्दछन् । वेदमा जुन कुरा लेखिएका छन्, ती अनेकार्यक छन् । र असंगत छन् भनेर तर्क गर्छन । चार्वक, जैन र बौद्ध दर्शन हुन् ।
    चार्वकः यो प्राचिन दर्शन हो र यसको कुनै मूल ग्रन्थ छैन् । यसले भौतिक तत्वलाई प्रमुख तत्व मान्दछ । यसमा पनि विभिन्न विद्धानमा मतभेद छ । कसैको तर्क छ, चार्वाक ऋषि थिएनन् । एक सप्रदाय थियो । कुनै विद्धानका अनुसार गुरु वृहस्पति यसका प्रतिपादक थिए । माधवाचार्यको ग्रन्थ सर्व दर्शन संग्रहमा चार्वाकको धेरै विवेचना गरिएको छ । कृष्णपति मिश्रको प्रवोददन्द्रदय पुस्तकमा चर्चा छ । यो शुद्ध भौतिकवादी थियो । तत्व पल्लव सिंह नामक पुस्तकमा जयरामी भट्टले लेख्नुभएको छ । यसलाई पूर्वीय दर्शनमा मान्ने गरिन्छ ।

    बौद दर्शनः यो संवादको रुपमा लेखिएको ग्रन्थ हो । बुद्धको ग्रन्थलाई त्रिपिटक भनिन्छ । जुन बुद्धको संवादलाई तीन पिटकमा लेखिएको छ । बलिप्रथाको विरुद्धमा उभिएर अहिंशाको पक्षमा विकसित भएको दर्शन हो । शुक्त पिटकः यसमा उपदेशहरु छन् । धम्पद शुक्त पिटकको एक महत्वपूर्ण भाग हो । यसलाई बौकको गीता भनिन्छ ।
    विनायक पिटकः यसमा आचार संहिता समावेश गरिएको छ ।

    अमिधम्म पिटकः यो दार्शनिक ग्रन्थ हो । हिनयान र महायननका रुपमा यो विभाजित छ ।
    क्रमशः

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार