Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

कम्युनिष्ट सिद्धान्तबारे ३० बुँदा

कम्युनिष्ट सिद्धान्तबारे ३० बुँदा

  • शुक्रवार, फाल्गुण ३० २०७६

  • रामदिप आचार्य


  • पार्टीका नेता-कार्यकर्ताहरुमा सैद्धान्तिक विषयहरु पढ्ने संस्कृतिको विकास गर्न र माक्र्सवादको आधारभूत सवालमा संक्षेपमा, सरल तरिकाले जानकारी दिने उद्देस्यले यीबुँदा टिपोट गरी पाठकहरु सामू प्रस्तुतगरिदैछ । यसलाई आगामी दिनमा परिष्कृत र व्यवस्थित गर्दै लगिनेछ ।

    १.श्रमजीवी सर्वहारा वर्गको मुक्तिको सिद्धान्तलाई साम्यवाद भनिन्छ ।

    २. यो सिद्धान्तको मुल आविष्कारक कार्ल माक्र्स भएकोले साम्यवादको सिद्धान्तसँग अभिन्न रुपमामाक्र्सको नामजोडिएर आँउछ ।

    ३. माक्र्सवादकातीन श्रोतहरु छन्- जर्मन शास्त्रीयदर्शन, फ्रान्सेलीकाल्पनिक समाजवाद र बेलायती ररजनीतिक अर्थशास्त्र ।

    ४. माक्र्सवादकातीन संघटक अंगहरु छन्- दर्शनशास्त्र, राजनीति अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।

    ५. आजसम्मका दार्शनिकहरुले दुनियाँको व्याख्यामात्र गरे मुख्य कुरा दुनियाँबदल्नु हो भन्ने मान्यताको साथमा क्र्सवादी दर्शनले अन्य दर्शनसँग सम्बन्ध विच्छेद गर्यो । समग्र दर्शनको र विशेषगरी नुतन दर्शनको महान् आधारभूत प्रश्न चिन्तन र अस्तित्वको सम्बन्धको प्रश्न हो । मानिसहरुको चेतनाले उनीहरुको सत्तालाई निर्धारित गर्दैन, बरु त्यसको उल्टो, उनीहरुको सामाजिक सत्ताले उनीहरुको चेतनालाई निर्धारित गर्दछ ।

    ६. द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादमा क्र्सवादी लेनिनवादी दर्शन हो । दर्शनले विश्व दृष्टिकोणको प्रश्नलाई समाधान गर्दछ ।

    ७. द्धन्द्धवाद भनेको प्रकृति, मानव समाज र चिन्तनको गति सम्बन्धी सार्वभौमिक नियमहरु बारेको सिद्धान्त हो ।

    ८. भौतिकवाद पदार्थलाई आदितत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको मान्ने दर्शन भौतिकवादहो । पदार्थ शाश्वत छ, कसैले पनिकहिल्यै पदार्थको सृष्टि गरेको होइन र जगत्माकुनै पनि किसिमको अलौकिकवाद परलौकिक शक्तिको अस्तित्व छैन । चेतना पदार्थको ऐतिहासिक विकासको उपजहो, असाधारण रुपले जटिलतम् भौतिक पिण्ड मानिसको मगजको देन हो । जगत बोधगम्य छ ।

    ९. द्धन्द्धवादका मूलनियमहरु हुन् विरोधीपक्षहरुवीच एकतार संघर्ष, मात्राबाट गुणमा रुपान्तरण र निषेधको निषेध ।वस्तुहरुमा अन्तर्विरोधको नियमअर्थात् विपरीत तत्वहरुको एकताको नियम, भौतिकवादी द्धन्द्धवादको आधारभूतनियमहो । सही अर्थमा द्धन्द्धवाद भनेको पदार्थहरुको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययनहो । द्धन्द्धवादको सार पनि यही हो ।

    १०.अन्तर्विरोधको सार्वभौमिकता वा निरपेक्षताका दुईवटा अर्थ छन् । एउटा हो सबै वस्तुहरुको विकासको प्रक्रियामा अन्तरर्विरोध रहिरहन्छ र अर्को चाहिँ हरेक वस्तुको विकासको प्रक्रियामा विपरीत तत्वहरुको गति थालनीदेखि अन्तसम्म कायम रहन्छ । गति आफैँ एउटा अन्तर्विरोध हो । अन्तरर्विरोधन भएको कुनै पनिचिज छैन, अन्तरविरोध नभई कुनै पनिचीज टिकिरहन सक्दैन ।

    ११. ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवादको सार कुरा हो ।

    १२.पार्टीभित्र अन्तरविरोध भएनभने र तिनीहरुको फस्र्यौट गर्नका निम्ति विचारधारात्मक छलफल भएनभने पार्टीको जीवनकै अन्त हुन्छ । गलत विचारहरुसँग भिड्नु भनेको त खोप लिनु जस्तै हो । खोप लिएपछि मानिसले रोगसँग लड्ने बढी प्रतिरोध क्षमताको विकास गर्दछ ।

    १३. माक्र्सले दुइटा महान् आविष्कारहरु गर्नुभएको छ र तीहुन् इतिहासको भौतिकवादीधारणा ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्त (जुनमाक्र्सको आर्थिक सिद्धान्तको आधारशीला हो ) ।

    १४.माक्र्सको कृतिपूँजी वैज्ञानिक समाजवादको व्याख्यागर्ने प्रमुख तथा आधारभूत कृतिहो । पृथ्वीमा पूँजीपति र मजदूरहरु रहेदेखिन् हाम्रो सामु जुन कृति छ, मजदूरहरुको लागित्यो जत्तिको महत्वपूर्ण कृतिअर्को देखा परेको छैन । त्यो कृतिमाक्र्सको सिद्धान्तको सबभन्दा गहन, व्यापक तथा विस्तृत परिपुष्टि तथा कार्यान्वयन हो । वास्तवमा पूँजी भौतिकवादी द्धन्द्धवादको विशद व्याख्या र कार्यान्वयनको एउटा अद्धितीय तथा अनुकरणीय नमुना रहेको छ । पूँजी हाम्रो युगको राजनैतिक अर्थशास्त्रको महानतम् कृति हो ।

    १५. माक्र्सको कम्युनिष्ट घोषणपत्र र पूँजी, एंगेल्सको परिवार, नीजि स्वामित्व र राज्यको उत्पति, लेनिनको राज्य र क्रान्तिएवं साम्राज्यवाद पूँजीवादको चरम अवस्था, माओको अन्तरविरोधबारे लगायतका कृतिहरुको अध्ययन विनामाक्र्सवादको आधारभूत सही ज्ञान हासिलगर्न सकिदैन ।

    १६.सिद्धान्तलाई व्यवहारसँग एकाकार गराउने कुरा माक्र्सवादकै आधारभूत सिद्धान्तमध्ये कै एक हो ।

    १७. माक्र्सवाद वैज्ञानिक सत्य हो र यो आलोचनादेखि डराउदैन । डराउने भए र आलोचनाद्धारा सत्ताच्यूत गर्न सकिने भए यो मूल्यहीन हुन्थ्यो ।

    १८.कम्युनिष्ट क्रान्तिभन्नु समाजको परम्परागत सम्पति सम्बन्धसित सबभन्दा आधारभूत रुपले सम्बन्ध विच्छेद गर्नु हो । वर्गहरु र वर्ग विरोधहरुले युक्तभएको पुरानो पँुजीवादी समाजको ठाँउमा एउटा नयाँ स्वतन्त्रमानवसंघको स्थापनाहुनेछ, जसमाप्रत्येक व्यक्तिको स्वतन्त्रविकास सबैको स्वतन्त्रविकासको लागिशर्त हुनेछ ।

    १९.कम्युनिष्ट पार्टीको संगठन भनेको सर्वहारा, श्रमजीवीक्रान्तिमा कम्युनिष्ट नेतृत्वको संगठन हो ।

    २०.अधिकतमप्रहार शक्ति र संघर्षको नित्य परिवर्तनशीलअवस्थाअनुसार कम्युनिष्ट पार्टी र यसकानेतृत्वदायीअंगमाआफूलाई अनुकूलबनाउने क्षमतायीदुईको सजीव संयोजन नै वर्ग संघर्षमा नेतृत्वको पूर्व मान्यताहो ।

    २१. सफल नेतृत्वको निम्तिजनसमूहसँग घनिष्ठतम् सम्पर्क एकदमै आवश्यक हुन्छ । यस्तो सम्पर्कबिना नेतृत्वले जनसमूहलाई नेतृत्वगर्ने छैन, बढीमा जनताको पछिपछि हिंड्नेछ ।

    २२. कम्युनिष्ट पार्टीको संगठनभित्र जीवित एकता जनवादी केन्द्रीयताको माध्यमबाट हासिल गरिनु पर्दछ । यसलाई संगठनात्मक सिद्धान्त भनिन्छ । पार्टी संगठनमा जनवादी केन्द्रीयता एउटा वास्तविक संश्लेषण, केन्द्रीयता र सर्वहारा जनवादको संमिश्रण हुनु पर्दछ । यो अराजतावादीजनवाद र नोकरशाही केन्द्रीयता दुवै होइन ।

    २३.पार्टीको संगठन परिस्थितिहरु र कामकायसकाआप्mना उद्देस्य अनुकूल बनाइन्छ । कम्युनिष्ट पार्टीले क्रान्तिकारी वर्ग संघर्षका सबै स्थितिमा र समाजवादको स्थापनाको स्थापनाअर्थात् साम्यवादी समाजको पहिलो चरणको कालमाअग्रदस्ता, सर्वहारावर्गको अग्रीमचौकीबन्नु पर्दछ ।

    २४. कम्युनिष्ट पार्टीको निम्ती संगठनको रुप सर्वथा अचूक र अपरिवर्तनशील हुनै सक्दैन । सर्वहाराको वर्ग संघर्षका स्थितिहरु विकासकानिरन्तर प्रक्रियामाहुने परिवर्तनका अधीन हुन्छन् र ती परिवर्तनहरु अनुसार र सर्वहाराको अग्रदस्ताको संगठनले अनुकूलहुने रुपहरुको लागिलगातार खोजीगरिरहनु पर्दछ ।

    २५.कम्युनिष्टहरु व्यवहारिक दृष्टिले जनसाधारणको सबैभन्दा अगाडि बढेका र दृढसंकल्पीअंगहुनभने सिद्धान्तका दृष्टिबाट जनसाधारणले भन्दा बढी बुझेका हुन्छन् ।

    २६. कम्युनिष्टले समाजकाउपजहरुको उपभोग गर्नबाट कसैलाई पनिबञ्चितगर्दैन । यसले अर्काको श्रमलाई शोषण गर्ने शक्तिबाट मात्रबञ्चित गर्छ अर्थात् कसैले कसैलाई शोषण गर्न यसले दिने छैन ।

    २७. जब मानिसद्धारा गरिने शोषण पनि मेटिने छ, जब राष्टभित्रका वर्गहरुबीचको दुस्मणी खतम हुन्छ, तब राष्ट राष्टहरु बीचको शत्रुतापनि मेटीदै जान्छ ।
    २८. कम्युनिष्ट पार्टी क्रान्तिकारी माक्र्सवादको प्रशिक्षण प्राप्तगर्नै पाठशाला हुनुपर्दछ ।

    २९.कम्युनिष्ट पार्टी र अन्य पार्टीहरु सबै नै इतिहासकाउपजहुन् । इतिहासमा जुन कुराको उदय हुन्छ, त्यसको विलोप पनि हुन्छ । त्यसकारण एक दिन कम्युनिष्ट पार्टी बिलाएर जानेछ र त्यसैगरी अन्य पार्टीहरु पनि बिलाएर जानेछन् ।

    ३०.पुँजीवादी र साम्यवादी समाजको बीचमा एकबाट अर्को माक्रान्तिकारी रुपान्तरणको अवधि रहन्छ । तदानुसार, राजनीति संक्रमण अवधिपनि रहन्छ, त्यसै संक्रमणकालिन अवधिलाई नै समाजवाद भनिन्छ ।साम्राज्यवादी र पुँजीवादी प्रणालीहरुलाई अन्ततः समाजवादी प्रणालीद्धारा विस्थापित गरिनेछ । विचारधाराको क्षेत्रमा पनि यही कुरा लागु हुन्छ, आदर्शवादलाई भौतिकवादद्धारा र आस्तिकतावादलाई नास्तिकतावादद्धारा विस्थापित गरिनेछ । माक्र्सवाद असिमित रुपले शक्तिशाली छ, किनभने यो साँचो छ । यो पूर्ण र सुव्यवस्थित छ र यसले मानिसहरुलाई एउटा यस्तो सिंगो विश्व दृष्टिकोण प्रदान गर्छ, जुनकुनै पनि किसिमको अन्धविश्वास, प्रतिक्रियावाद वा पूँजीवादी दमनको संरक्षणसित मिल्दो छैन ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार