Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

समाजवादी स्कुलको महत्व

समाजवादी स्कुलको महत्व

  • बिहिवार, फाल्गुण २९ २०७६

  • क्रुप्सकाया


  • बुर्जुवा राज्य, चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र नै किन नहोस्, त्यस्ता राज्यमा स्कुल आमजनतामाथि वैचारिक दासता थोपर्ने साधन मात्र हुन्छ । 

    यस्तो राज्यमा स्कुलको उद्देश्य विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर निर्धारित हुँदैन बरु विद्यार्थीहरुको स्वार्थमा ठूलो अन्तर हुन्छ । स्कुलको उद्देश्यले नै विद्यालयीय शिक्षा—पद्धतिको गठन, विद्यालयीय जीवनको व्यवस्था, विद्यालयीय शिक्षा एवम् चरित्र निर्माण कार्यको सार गुदी कुरा निर्धारित गर्छ ।

    हामीले बुर्जुवा वर्गको स्वार्थलाई शिरोपर गरेर हिँड्यौं भने स्कुलको उद्देश्य कुन स्तरको जनताका लागि हो भन्ने कुराको कित्ताकाट हुन पुग्छ । यदि स्कुल प्रमुत्वशालीवर्गको बालबच्चाको लागि हो भने त्यसको उद्देश्य ती बालबच्चहरुलाई यस्तो व्यक्ति बनाउनु हुन्छ, जसले जीवनको आनन्द लिन र हुकुम चलाउन मात्र जानोस् । यस्तो स्कुलका नमुना हुन्—तथाकथित ग्राम जिम्नेजियम या नयाँ स्कुलहरु जुन आजभोलि युरोपका प्रायजसो देशमा खुलेका छन् । यस्ताखाले स्कुलहरु सम्पन्न क्षेत्रमा खोलिन्छ, यस्ता स्कुलहरुको साजसज्जा अन्यन्त सुविधासम्पन्न र विज्ञानको नवीनतम् आवश्यकताअनुसारका हुन्छन् । धनवान् तथा उच्च ओहदावाला मान्छेहरु आफ्ना सन्तान यस्ता स्मुलमा पढाउँछन् ।

    यस्ता जिम्नेजियमहरुको शुल्क अत्यन्तै चर्को हुन्छ । यहाँ बच्चाहरुलाई ज्यादै लाडप्यार मिल्छ । उनीहरुलाई खुबै रेखदेख गरिन्छ । उनीहरुलाई थुप्रै कुरामा स्वतन्त्रता प्राप्त हुन्छ । धेरैजसो कुराको व्यवस्था उनीहरु आफ्नैतर्फबाट गर्छन । शिक्षकहरु उनीहरुप्रति भरोसा राख्छन् । राम्रा शिक्षकहरु उनीहरुलाई प्रकृतिको, कलाको सन्दर्भको पारख गर्न सिकाउँछन् । उनीहरुलाई विज्ञानको गुदि कुरा सिकाउँछन् । उनीहरुलाई स्वस्थ, हिष्टपुष्ट र फूर्तिलो बनाउन विशेष ध्यान दिइन्छ । त्यसका साथै बच्चाहा इच्छाशक्ति, निर्धारित लक्ष्य हासिल गर्न सुरोपन, कर्मठता, आफु र अरुलाई परिचालन गर्ने योग्यता आदि गुण विकसित गर्ने प्रयत्न गरिन्छ । अर्कोतर्फ, शिक्षकहरुले बच्चाको दिमागमा बुर्जुवा दृष्टिकोणको दह्रो जरा गाड्न, यस्तो दृष्टिकोणको इतिहास, नैतिकता र दर्शन उचित छ भन्ने कुरा घुसाउन पनि मेहनत गर्छन् । ग्राम जिम्नेजियमका बालबच्चाहरु जीवन, दुःख, कठिनाइ तथा संघर्ष टाढै रहने हुनाले पनि उनीहरुको दिमागमा यस्तो कुरा सुसाउन सजिलो हुन्छ । यस्तो कुुस्कुलमा शिक्षा आर्जन गरिहेका बच्चाको साथी बेराजगारीका कारण भोकै नांगै रहेका मजदुरका बच्चा हुन सक्दैन । उनीहरुको मनमा स्वामित्वका बारेमा जस्तो दृष्टिकोण घुसाइएको हुन्छ, त्इो उनीह्रुको प्यारी धाईआमाले सुनाउने कथाले बदल्न सक्दैन । ती धाईआमा, जसले उनीहरुको प्रत्येक इच्छा जान्दथिन् र यस्तो मज्जाको कथा सुनाउँथिन् । जव गाउँबाट थोरै पर चियाले भरिभराउ भएको रेलको डिब्बा सडकबाट गुल्ट्यो, तब गाउँलेहरु यति खुसी भए कि सबैले आफुले सक्दो चिया लिए । यी बालबच्चाहरुको बालापनको छापले यस्ता मान्छेको दुःख भगाउने, कठिन क्षणमा उनीहरुलाई मद्दत गर्न प्रेरणा दिंदैन ।

    निम्न पुँजीपतिवर्गका बच्चाहरुका लागि खोदिएका स्कुलहरुको उद्देश्य नोकरशाही कर्मचारी अर्थात् यस्तो बौद्धिक कर्मचारी तयार गर्नु हुन्छ, जो समाजबाट निश्चित अशं लिनेभन्दा पनि जनतामाथि शासन गर्न भ्रभुत्वशाली वर्गलाई मद्दत गर्छ । अधिकांश माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरुको उद्देश्य नै यही हुन्छ । उनीहरुले बुर्जुवावर्गको सेवा गर्ने थरिथरिका प्रशिक्षित चाकरहरु तयार पार्छन् । यस्ता विद्यालयमा विद्यार्थीहरुलाई होसियारीपूर्वक काम गर्न विशेष ध्यान दिइन्छ । तर सोच्ने, विचार गर्ने, नियाल्ने र निष्कर्ष निकाल्ने उनीहरुको क्षमता भने हरतरहले दबाइन्छ । विद्यार्थीहरुलाई दिइने अधिकांश जानकारी अमूर्त र किताबी मात्रै हुन्छ । यस्ता स्कुलहरुले शारीरिक श्रम गर्ने बानी छुटाइदिएर उनीहरुलाई नोकरी गर्ने मान्छेका अलावा अरु कुनै पनि कामका निम्ति काम नलाग्ने बनाउँछ । यस्ता व्यक्ति जागिर दिने शासकवर्गमाथि पूरापूर निर्भर हुन्छन्, उनीहरुले दिएको तलब खान्छन् र उनीहरुको कुरा मान्छन् । किताबी ज्ञानले विद्यार्थीलाई जीवनसँगको सम्बन्धबाट टाढा राख्छ, माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीलाई गरिखाने वर्गको ठूलो समुदायबाट अलग्याउँछ र साधारण जनताप्रति वितृष्णा पैदा गर्छ । यस्ता विद्यालयका विद्यार्थीमा बडो होशियारीपूर्वक राज्यप्रति निष्ठाको भावना हुर्कान्छ ।

    जहाँसम्म सार्वजनिक विद्यालयहरुको सवाल छ, त्यहाँ पनि बुर्जुवावर्ग सर्वहारावर्गका बच्चाहरुको शिक्षादिक्षामाथि पूरै नियन्त्रण राख्ने उदीयमान पुस्तामाथि आफ्नो बलियो प्रभाव कायम राख्ने कोसिस गर्दछ । उनीहरु विद्यालयीय शिक्षालाई अनिवार्य बनाउँछन् ।

    हिजोआजसमेत सार्वजनिक विद्यालयमा विद्यार्थीहरुलाई केही प्रारम्भिक जानकारी मात्र दिइन्थ्यो, त्यहीँ केवल लेख्न पढ्न मात्र सिकाइन्थ्यो । आफ्नो काम गर्ने ठाउँको अनुशासनबारेको नियम या सरकारी आदेश पढ्न नसक्ने, आफ्नो सही नर्ग नसक्ने, मामुली हिसाब किताब गर्न नसक्ने मान्छेलाई भन्दा सारक्षर जनसाधरणलाई शासन गर्न सजिलो हुने भएकाले नै त्यसो गरिएको हो । कुनै देश औद्योगिक दृष्टिले जति विकसित हुन्छ, मजदुर तथा किसानका लागि ज्ञानको परिणाम पनि त्यति नै बढी हुन्छ ।

    स्कुलले यस्तो ज्ञान दिन्छ तर त्यो खेलौनाको घोडाजस्तै हो । र, त्यस्तो ज्ञान पनि विद्यालयका विद्यार्थीहरुले बुर्जुवा विचारधार आत्मसात् गर्ने शर्तमा मात्र दिइन्छ । विद्यार्थीहरुको मनमा यस्तो कुरा घुसाइन्छ कि बुर्जुवा व्यस्था स्वयं ईश्वरद्वारा स्थापित भएको हो, यो सर्वाधिक विवेकसंगत छ, सर्वश्रेष्ठ छ, सर्वाधिक न्यापूर्ण छ ।

    त्यसैगरेर शासक, ठूला ओहोदामा बसेकाहरु श्रेष्ठ व्यक्ति हुन्, उनीहरुको आदेश पालना गर्नुपर्छ । स्कुलमा विद्यार्थीहरुलाई हर दिन हर घण्टा, हर पल आदेश पालना गर्न, ठूलाप्रति आदार गर्न अध्यास गराइन्छ । कलिलै छँदादेखि विद्यार्थीहरुमा शक्ति, सम्पन्नता, बुर्जुवा शिक्षाप्रति श्रद्धामिश्रित भयको भावना विकसित गरिन्छ । मातृभाषा, भूगोल, इतिहासको पाठ बच्चामा लगामविहिन अन्तराष्ट्रवादी भावना विकसित गर्ने साधन बन्छ । स्कुल विद्यार्थीका बीचमा भतृत्वको भावना नष्ट गर्ने प्रयत्न गर्छ । प्रोत्साहन, पुरस्कार, सजाय र प्राप्तांकको उद्देश्य विद्यार्थीका बीचमा आपसमा लडन्त भिडन्त र प्रतिस्पर्धा होस् भन्ने हुन्छ । छोटकारीमा बुर्जुवा स्कुलहरुको कार्यभार विद्यार्थीलाई बुर्जुवा नैतिकतामा सिपालु बनाउने, वर्गीय चेतनाबाट विमुख राख्ने र उनीहरुलाई यस्तो भीडमा बदल्ने, जसमाथि बडो सजिलोसँग शासन चलाउन सकियोस् भन्ने नै हो ।

    देशको औद्योगिक र ऐतिहासिक विकासको स्तरअनुसार वर्गीय स्कुलको रुप पनि बदलिन्छ । यो भनिरहनुपर्ने कुरा होइन, विकसित देशहरुमा स्कुल बढी परिष्कृत हुन्छ, उनीहरुको विधि सूक्ष्म हुन्छ, पाठ्यक्रम बढी व्यापक हुन्छ तथा विद्यालयीय शिक्षाको उद्देश्य पनि सिँगार पटारसहितको हुन्छ तर सार भने उस्तै रहेको हुन्छ । उदाहरणका लागि मजदुरका बच्चाहरुका लागि दिइने माध्यमिक स्तरको शिक्षाको प्रश्नलाई लिन सकिन्छ । हाम्रै रुसमा केही सायपहिलेसम्म हलुवाईहरुका बच्चाहरुलाई माध्यमिक विद्यालयमा पढ्ने अनुमति थिएन । जर्मनीमा माध्यमिक विद्यालयसम्म पुग्ने बाटो सीधा साधा नभएर त्यसलाई घुमाइफिराइ जटिल बनाइएको छ । त्यहाँ प्राथमिक विद्यालयबाट माध्यमिक विद्यालयमा प्रवेश गर्न कुनै कठिनाइ छैन् । त्यति मात्रै होइन, बेलायतमा थुप्रै छात्रवृत्ति दिइने भएकाले प्राथमिक तथा उच्च शिक्षासम्म हासिल गर्न सक्छ ।

    तर बेलायतका बुजुएवावर्गका लागि माध्यमिक शिक्षाको उद्देश्य भन्नु बुर्जुवा राज्यका लागि बुद्धिमान सेवक तयार गर्नु नै हो । मजदुरवर्ग भनेको तर शारीरिक श्रम गर्ने मान्छेहरु नै हुन् । उनीहरुले आफ्ना बालबच्चालाई श्रम गर्नबाट छुटाउने यस्ता स्कुलहरुमा पढाउनै सक्दैनन् । एकदम थोरैले मात्र यस्ता माध्यमिक विद्यालयमा प्रवेश पाउनेछन् । ती पनि पछि गएर आफ्नो वर्गबाट अलग्गिएर सरकाररी कर्मचारीहरुको अधिकारसम्पन्न वर्गमा फेरिन पुग्छन् । यसरी मजदुरवर्गका होनहार, प्रतिभासम्पन्न मान्छेहरु गुम्न त बुर्जुवा राज्यका लागि ज्यादै लाभप्रद कुरा नै भयो । जसले गर्दा मजदुर वर्ग अगुवाविहीन हुन पुग्छन्, कमजोर हुन पुग्छन् र राज्यका सेवकहरुको भीड भने बढ्न पुग्छ । यसप्रकारले उनीहरुले माध्यमिक तहसम्मको पहुँचलाई हल गर्छन् । यसले के देखाउँछ भने शिक्षाबारेको प्रश्नको समाधान अलग अलग ढंगले गर्न खोजिएको छ र त्यसको सार भने एउटै छ । त्यो हो माध्यमिक शिक्षा जनसाधारणको पहुँचभन्दा बाहिर छ र ज्ञान वर्गाीय विशेषाधिकार नै बन्न पुगेको छ ।

    हाम्रै देश रुसमा पनि बुर्जुवा वर्गले विश्वव्यापी शिक्षाको, विद्यालय पद्धतिमा सुधार गर्ने धेरै ठूल्ठूला कुरा गरिरहेको छ । र, त्यस्तो सुधार गर्न काम पनि गरेको छ । उनीहरुले यस्तो सुधार यसकारणले गरेका हुन् । उनीहरुलाई राम्ररी थाहा छ कि बुर्जुवा विद्यालयीय शिक्षा जति बढी परिष्किृत हुन्छ, त्यतिकै अनुपातमा शिक्षा माध्यमिक तथा उच्च शिक्षाको उद्देश्य नै बदल्दैनौं, जबसम्म जीवनदेखि टाढा रहेको मात्र बौद्धिक स्वरुपको यस्ता शिक्षा खत्तम गर्न सक्दैनौं, जबसम्म यस्तो शिक्षालाई उत्पादक श्रमसँग जोड्दैनौं, तबसम्म हामी शिक्षाको वर्गीय स्वरुप पनि बदल्न सक्दैनौं ।

    जनसाधारण जनताको हितको रक्षा गरिरहेको मजदुर किसानको राज्यले शिक्षाको वर्गीय स्वरुप खत्तम गर्नैपर्छ, सबै तहको शिक्षामा सबै जनताको पहुँच कायम गर्नैपर्छ । र, यस्तो काम कथनीमा होइन, करनीमा हुनुपर्छ । जबसम्म स्कुलको उद्देश्य बदल्दैनौं, तबसम्म शिक्षामा बुर्जुवा वर्गको विशेषाधिकार कायम भई नै रहन्छ ।

    जनताको रुचि प्राथमिक, माध्यमिक र उच्च शिक्षालयको उद्देश्य एउटै होस्, भन्नेमा छ । यस्तो खालको सर्वोत्तोमुखी विकसित मान्छे तयार पारियास्, जसको सामाजिक काम सचेततापूर्वक सुसंगठित होस्, जसको समग्र र सुझबुझसहितको विश्वदृष्टिकोण होस्, जसले आफ्नो गएजु्रेको अवस्था र सामाजिक जीवनमा शारीरिक तथा मानसिक श्रम गर्न सकोस्, यस्तो मान्छे जो, जुनसुकै प्रकारको शारीरिक तथा मानसिक श्रम गर्न सिद्धान्त र व्यवहारमा तयार होस्, जसलाई विवेकसंगत, सारगर्भित, सुन्दर र हर्षमय सामाजिक जीवनको निर्माण गर्न आओस् । समाजवादी समाजका लागि यस्तो यस्तो मान्छे आवश्यक छ । यस्ता मान्छेहरुबीना समाजवाद पूर्ण हुन सक्दैन ।
    क्रमशः
    (शिक्षामा मार्क्सवादी चिन्तन पुस्तकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार