Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

क्रमविकासको सिद्धान्त र चाल्स डार्विन

क्रमविकासको सिद्धान्त र चाल्स डार्विन

  • सोमवार, फाल्गुण २६ २०७६

  • रमेश सुनुवार


  • (लेखक दर्शन, विज्ञान र इतिहासका गहन अध्ययता हुन् । यो लेख 'विज्ञानका प्रमुख सिद्धान्तहरु' नामक पुस्तकमा पनि पढ्न सक्नुहुन्छ ।)

    क्रमविकासको सिद्धान्त

    आधुनिक विज्ञानका प्रमुख उपलब्धिहरुमध्ये एउटा क्रमविकासको सिद्धान्त (Theory of evolution) हो । यसको खोज जीवहरूको सृष्टि (उत्पत्ति) कसरी भयो भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा भएको थियो । जीवहरूको सृष्टिको सम्बन्धमा सुस्पष्ट वैज्ञानिक सिद्धान्त आउनुभन्दा अगाडि पौराणिक कथाहरू प्रचलित थिए । ती कथाहरुमा जीवलगायत सम्पूर्ण संसारको सृष्टि ईश्वरले गरेको हो भन्ने वर्णन पाइन्छ । सबै पौराणिक कथाहरुको एउटा समान विशेषता के छ भने तिनीहरूको दृष्टिमा सृष्टि भनेको पतन, अवन्नति हो । तर यसको विपरित वैज्ञानिक सिद्धान्तको रूपमा आएको क्रमविकासको सिद्धान्तको लागि सृष्टि भनेको प्रगति (एचयनचभकक) हो । पुराणको दृष्टिमा दैवीजगतबाट पशुजगतमा पतन हुनु सृष्टि हो । तर विज्ञानको दृष्टिमा अजैविकबाट जैविक, जैविकबाट सजीव र सजीवबाट सचेत (चेतनशील) हुनु सृष्टि हो । त्यसैगरी क्रमविकासको सिद्धान्तअनुसार सचेत मानव पनि असभ्य जंगली अवस्थाबाट विकसित भएर सभ्य मानव बनेको छ र यो क्रमशः थप विकसित हुँदै जान्छ ।

    यो संसारका वस्तुमध्ये जीवहरु सबभन्दा उत्कृष्ट मानिन्छन् । त्यसकारण यस्ता उत्कृष्ट वस्तुहरुको सृजना अलौकिक शक्ति भएको ईश्वरले मात्र गर्न सक्दछन् भन्ने विश्वास धर्मशास्त्रमा छ । यसको विपरित, क्रमविकासको सिद्धान्तले यही प्रकृतिमा प्राकृतिक प्रक्रियाद्वारा नै सरल तथा निम्नस्तरको जीवबाट विकसित भएर यी सम्पूर्ण उत्कृष्ट जीवहरुको उत्पत्ति भएको हो भन्ने कुरा वस्तुगत तथ्यको आधारमा गरिदियो र उक्त धार्मिक विश्वासलाई सदाको लागि अन्त्य गरिदियो । यसबाट धर्मशास्त्रलाई ठूलो आघात पुग्यो । क्रमविकासको सिद्धान्तले धर्ममाथि कति आघात पु¥याएको थियो भन्ने कुरा चर्च तथा धर्मगुरुहरूले डार्विनको क्रमविकासको सिद्धान्तमाथि गरेका आक्रमणबाट स्पष्ट हुन्छ । संयोगवश, डार्विनको पक्षमा टमस हेनरी हक्सलेजस्ता प्रखर वक्ता तथा वैज्ञानिक उभिए । उनले चर्च तथा धर्मगुरुहरूको तर्कको धज्जी उडाए । मध्ययुगमा धर्मले विज्ञानमाथि दमन गर्नु कुनै नौलो कुरा थिएन । तर आधुनिक युगमा, त्यो पनि बेलायतजस्तो पुँजीवादी देशमा विज्ञानमाथि धर्मको दमन हुनु आश्चर्यको कुरा थियो । पोल्याण्डमा कोपर्निकसलाई र इटलीमा ग्यालिलियोलाई चर्चले दमन गरेको थियो । र, बेलायतमा चर्चले डार्विनलाई आक्रमण ग¥यो । यसरी बेलायत विज्ञानलाई दमन गर्ने तेस्रो देश बन्यो । संयुक्त राज्य अमेरिकामा पनि धेरै लामो समयसम्म डार्विनको क्रमविकासको सिद्धान्त स्कूल–कलेजमा पढाउन अनुमति दिइएन 

    क्रमविकासको सिद्धान्तको आगमन

    धर्म र परम्परावादी समाजको आक्रमणको निशाना बनेको यो क्रमविकासको सिद्धान्त कसरी आयो त ? यसको एउटा रोचक घटना छ । क्रमविकासको सिद्धान्तसँग तीन वैज्ञानिकहरुका नाम जोडिएका छन्– जीन बाप्टिस्ट लामार्क, अल्फ्रेड रस्सेल वालेस र चाल्र्स डार्विन । यसका दुई धारा छन्– एउटा लामार्कवाद र अर्को डार्विनवाद ।

    पहिलो धाराका प्रवत्र्तक फ्रान्सेली वैज्ञानिक जीन बाप्टिस्ट लामार्क (१७४४–१८२९) थिए र दोस्रो धाराका प्रवत्र्तक बेलायती वैज्ञानिक अल्फ्रेड रस्से वालेस (१८१३– १९१३) र चाल्र्स डार्विन (१८०९–१८८२) थिए ।

    लामार्कवाद (Lamarckism)

    क्रमविकासको सिद्धान्तलाई विश्वसामु सर्वप्रथम लामार्कले सन् १८०९ मा आफ्नो प्रसिद्ध कृति Philosophie Zoologique -Zoological Philosophy) मार्फत ल्याएका थिए । उनको सिद्धान्तअनुसार वातावरणको प्रभाव र जीवहरूको गतिविधिको परिणामस्वरूप जीवमा परिवर्तन हुन्छ । यो प्रक्रिया लामो समयसम्म चलेपछि एक प्रकारको जीव अर्को प्रकारको जीवमा परिणत हुन्छ र नयाँ जीव उत्पन्न हुन्छ । यसबाट जीवहरूको जाति पनि परिवर्तन हुन्छ ।
    उनले आफ्नो सिद्धान्तलाई तीन बुँदाहरुमा व्यक्त गरेका छन् । ती निम्नानुसार छन्–


    १) वातावरणमा आएको परिवर्तनले जीवहरूको आवश्यकतामा परिवर्तन ल्याउँदछ ।
    २) जीवहरूको आवश्यकतामा हुने परिवर्तनले उनीहरूको गतिविधिमा परिवर्तन अनिवार्य बनाउँदछ ।

    ३) जीवहरूको गतिविधिमा भएको परिवर्तनबाट उनीहरूको शारीरिक संरचनामा परिवर्तन हुन्छ । यसबाट कुनै अंग विकसित हुन्छ र कुनै अंग लोप हुन्छ । जुन अंगको उपयोग हुन्छ, त्यो विकसित हुन्छ र जुन अंगको उपयोग हुँदैन, त्यो हराएर जान्छ ।

    lamarkk.PNG

    जीन बाप्टिस्ट लामार्क (१७४४–१८२९)

    जीवहरूको क्रमविकास दुई नियमहरुमा आधारित छ । पहिलो नियम– जीवहरूका उपयोग हुने अंग विकसित हुँदै जान्छन् र उपयोग नहुने अंग घट्दै जान्छन् । दोस्रो नियम– यसरी विकसित हुँदै गएका अंग हरेक पुस्तामा संरक्षित हुँदै जान्छन् ।

    आफ्नो सिद्धान्तलाई पुष्टि गर्न लामार्कले लामो घाँटी भएको जिराफको उदाहण दिए । सुरुमा जिराफको घाँटी लामो थिएन, अन्य पशुको जस्तै छोटो थियो । लामो समयसम्म जिराफले घाँटी तन्काएर अग्लो रुखका पात खान थाल्यो । समयक्रममा त्यसका घाँटी बढ्न थाल्यो । त्यसरी घाँटी तन्काएर अग्लो रुखको घाँस खाने प्रक्रिया जिराफका धेरै पुस्तामा चलिरह्यो । त्यसबाट जिराफको घाँटी लामो हुने प्रक्रिया पनि चलिरह्यो । फलस्वरूप आजको लामो घाँटी भएको जिराफ उत्पन्न भयो । लामार्कको सिद्धान्तअनुसार मानिसको पुच्छर हराउनुको कारण पनि मानिसमा त्यसको उपयोग नहुनु हो र जनावरमा पुच्छर हुनुको कारण तिनीहरूमा त्यसको उपयोग हुनु हो । त्यसैगरी मानिसका हातका औंला लामा हुनुको कारण तिनीहरुको उपयोग हुनु हो भने खुट्टाका औंला छोटा हुनुको कारण तिनीहरुको उपयोग नहुनु हो । अब तिनीहरु लोप हुने क्रममा छन् । तर पनि, लामार्कको सिद्धान्त यान्त्रिक प्रकृतिको थियो । त्यसैकारण त्यसले धेरै कुराको व्याख्या गर्नसकेन । बाहिरी वातावरणको प्रभाव तथा जीवहरूको गतिविधिबाट हुने सबै परिवर्तन जीवहरूको एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुँदैनन् । त्यो सिद्धान्तले यसको कारण बताउन सकेन । परिणामस्वरूप लामार्कवाद आएको करिब ५० वर्षपछि क्रमविकासको सिद्धान्तको अर्को धारा
    डार्विनवाद आयो ।

    डार्विनवाद (Darwinism)

    क्रमविकासको सिद्धान्तको दोस्रो धारा डार्विनवादका प्रवत्र्तक बेलायतका दुई वैज्ञानिकहरु अल्फ्रेड रस्सेल वालेस र चाल्र्स डार्विन थिए । सन् १८५९ मा डार्विनवादको रूपमा स्थापित हुनुको कारण एउटा रोचक घटना थियो ।

    MTAwMA-charles-darwin-6.jpg

    चाल्र्स डार्विन (१८०९–१८८२)

    सन् १८३१ मा बेलायतले सामुद्रिक मार्गबाट एउटा विश्व भ्रमणको आयोजना गरेको थियो, जसलाई 'बिगलको समुद्री यात्रा’ (Voyage of Beagle) भनिन्छ । त्यो विश्व भ्रमणमा चाल्र्स डार्विनले एक प्रकृतिविदको रूपमा भाग लिएका थिए । त्यो भ्रमणको अवधि ५ वर्षको थियो र त्यसको गन्तव्य अफ्रिका र अष्ट्रेलिया हुँदै दक्षिण अमेरिकासम्म थियो 'बिगलको समुद्री यात्रा’ मा जानुभन्दा पहिले डार्विनले क्रमविकासको सिद्धान्तको सम्बन्धमा केही पनि सोचेका थिएनन् । यात्राको क्रममा उनले विभिन्न स्थानको भ्रमण गर्दै त्यहाँका दृश्य देखेपछि उनको मनमा जीवहरूको अन्तर्सम्बन्धबारे जिज्ञासा उत्पन्न भयो । त्यसपछि उनले विभिन्न स्थानमा भेटिएका जीवहरुका नमुना संकलन गर्नथाले । ती नमुनालाई यात्रापछि घरमा ल्याएर उनी बीस वर्षसम्म निरन्तर अध्ययन–अनुसन्धानमा लागिरहे ।

    बिगलको सामुद्री यात्रा

    आफ्नो निष्कर्ष सार्वजनिक नगर्दै एकदिन अचानक एउटा लेख डार्विनको हातमा प¥यो । त्यो लेख अर्का प्रकृतिविद वालेसको थियो, जसमा जीव विकासबारे उनको अध्ययन–अनुसन्धानको सार थियो । वालेसले त्यो लेखलाई ।।।लिनियन सोसाइटी’ को जर्नलमा छपाउन डार्विनको माध्यमबाट पठाएका थिए । 'लिनियन सोसाइटी’ मा डार्विनका साथी प्रसिद्ध भूगर्भविद चाल्र्स ल्येल र जीवशास्त्री जोसेफ हूकर कार्यरत थिए । वालेसको लेख हेरेपछि डार्विन स्तब्ध भए । किनभने क्रमविकासको सम्बन्धमा त्यसमा उल्लखित विचार उनका विचारसँग हुबहु मिल्दथ्यो । त्यसपछि डार्विनलाई आफू पछि परिएला र बीस वर्षको अध्ययन–अनुसन्धान व्यर्थ होला भन्ने चिन्ता लाग्नथाल्यो । त्यसपछि उनले आफ्नो चिन्ता मित्रहरू चाल्र्स ल्येल र जोसेफ हूकरलाई बताए । उनीहरूले डार्विनलाई आफ्ना निष्कर्षको रूपरेखा तयार पारेर लेख लेख्ने र त्यसलाई ।।।लिनियन सोसाइटी’ को जर्नलमा वालेसको लेखसँगै छपाउने सल्लाह दिए । त्यही सल्लाहअनुसार उनले लेख तयार पारे । पछि ।।।लिनियन सोसाइटी’ को जर्नलमा वालेसको लेख र डार्विनको लेख एकसाथ छापियो । यसरी सन् १८५८ मा क्रमविकासको सिद्धान्तको दोस्रो धारा विश्वसामु आयो ।

    rasseal.PNG

    अल्फ्रेड रस्सेल वालेस (१८२३–१९१३)

    डार्विनले बीस वर्षसम्म जीव विकासबारे अध्ययन–अनुसन्धान गरेको तथ्य थाहा भएपछि वालेसले क्रमविकासको सिद्धान्तमा आफ्नो स्वामित्वको दाबी
    त्यागे । डार्विनले पनि अध्ययन–अनुसन्धानबाट तयार भएका सम्पूर्ण सामग्रीलाई ग्रन्थको रूपमा सन् १८५९ मा प्रकाशित गरे । त्यसको शीर्षक थियो– प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति’ (Origin of Species by Natural
    Selection) । त्यसपछि यो सिद्धान्त डार्विनवादकै रूपमा स्थापित भयो ।

    darbn.PNG

    क्रमविकासको सिद्धान्तका नियमहरु

    डार्विनको क्रमविकासको सिद्धान्तअनुसार प्राकृतिक छनौटद्वारा जीवहरूको विकास हुन्छ । यो सिद्धान्तका तीन नियमहरु छन्–

    १) भिन्नताको नियम,

    २) अस्तित्वको लागि संघर्षको नियम र

    ३) योग्यतम मात्र बाँच्ने नियम ।

     

    १. भिन्नताको नियम (Law of Variation)

    जीवहरूमा अत्यधिक सन्तान उत्पादन गर्ने क्षमता हुन्छ । ती सन्तानमा भिन्नताको प्रवृत्ति हुन्छ । तिनीहरू मूल बाबु–आमाबाट पनि भिन्न हुन्छन् र एक अर्कोबाट पनि भिन्न हुन्छन् । यहाँसम्म कि समानजस्ता देखिने जुम्ल्याहामा पनि केही भिन्नता हुन्छ ।

    २. अस्तित्वको लागि संघर्षको नियम (Law of Struggle for Existence)

    जीवहरूमा हुने अत्यधिक सन्तान उत्पादन गर्ने क्षमताको कारण तिनीहरूको संख्या धेरै हुनजान्छ । तर तिनीहरूको लागि आवश्यक साधनको मात्रा सीमित हुन्छ । परिणामस्वरूप तिनीहरूको बीचमा अस्तित्वको लागि संघर्ष  हुन्छ । यस्तो संघर्ष दुई प्रकारका हुन्छन्– आन्तरिक संघर्ष र बाह्य संघर्ष । अस्तित्वको लागि संघर्ष गर्दा जीवहरूले आफ्नै जातिभित्र गर्ने संघर्ष आन्तरिक संघर्ष हो र आफ्नो जातिभन्दा बाहिरका जीवहरूसँग गर्ने संघर्ष बाह्य संघर्ष हो ।

    ३. योग्यतम मात्र बाँच्ने नियम (Law of Struggle for Existence)

    अस्तित्वको लागि संघर्षमा सबै जीवहरु सफल हुँदैनन् । तिनीहरुमध्ये परिवेशसँग अनुकूल हुने जीवहरु मात्र सफल हुन्छन् र बाँच्न योग्य हुन्छन् । यसरी योग्य जीवहरूको छनौट हुन्छ, जसलाई डार्विनले 'प्राकृतिक छनौट’ (Natural Selecton) भनेका थिए । यस्तो छनौट प्रक्रिया लामो समयसम्म चलेपछि जीवहरूको एउटा नयाँ जाति उत्पन्न हुन्छ । यसरी जीवहरूको विकास हुन्छ ।

    लामार्कको सिद्धान्तको तुलनामा डार्विनको सिद्धान्त उत्कृष्ट थियो । तर त्यसमा कमजोरी के थियो भने त्यसले आनुवांशिकता (जभचभमष्तथ) लाई समेटेको थिएन । त्यसकारण त्यसले जीवहरूको विभेदीकरणको कारण बताउन सकेको थिएन । त्यसको लागि विभेदीकरण स्वतः हुने प्रक्रिया थियो, जसरी पृथ्वीमा गुरुत्वाकर्षण छ ।

    डार्विनले क्रमविकासको सिद्धान्त प्रतिपादन गर्दा आनुवंशिकताको सिद्धान्त आइसकेको थिएन । त्यसको खोज अष्ट्रियाका पादरी ग्रेगोर मेण्डल (१८२२– १८८४) ले सन् १८६६ मा गरेका थिए, जुन डार्विनको सिद्धान्त आउनुभन्दा करिब आठ वर्षपछिको कुरा थियो । डार्विनको सिद्धान्तमा विभेदीकरणलाई जीवहरूको प्रवृत्ति नै मानिएको थियो । जीवहरूमा आफ्नो मूल रुपबाट भिन्न हुने प्रवृत्ति हुन्छ । यसबाट जीवहरू निरन्तर परिवर्तन तथा विकासको क्रममा छन् भन्ने निष्कर्ष निस्किन्छ । तर सबै जीवहरू परिवर्त र विकासको क्रममा छैनन् । केही जीवहरू अझै पनि उही अवस्थामा छन् । उदाहरणको लागि अमिवाबाट सबै प्राणीहरूको विकास भएको थियो तर एउटा अमिवा अझै अमिवा नै छ । वानरबाट मानिसको विकास भएको थियो तर एउटा वानर अझै वानर नै छ । त्यसैगरी जीवहरूको परिवर्तन तथा विकासको दर पनि समान छैन । कुनै जीवहरू धेरै छिटो विकास भएका छन् र कुनै ढिलो गतिमा विकास भएका छन् । वानरको एउटा शाखा धेरै छिटो विकसित भएर मानव बन्यो तर अर्को शाखा ढिलो विकसित हुनुको परिणामस्वरुप अझै वानर नै छ । विभेदीकरण स्वतः हुने प्रक्रिया हो भन्ने धारणाले यी तथ्यहरूको व्याख्या गर्न सक्दैन । त्यसकारण जीवहरूमा हुने विभेदीकरण स्वतः हुने प्रक्रिया होइन, त्यसको अर्कै कारण छ । त्यो कारणको उद्घाटन आनुवंशिकताको सिद्धान्त (Theory of Heredity) ले ग¥यो ।

    आनुवंशिकताको सिद्धान्तअनुसार जीवहरूको गुणलाई जीवकोषमा रहेको सूक्ष्म तत्व जीनले निर्धारण गर्दछ । अथवा जीवहरूको वंशानुगत गुणको संवाहक जीन हो । त्यसकारण जीनमा परिवर्तन भएपछि मात्र जीवको गुणमा परिवर्तन हुन्छ । यसरी जीनको परिवर्तनबाट उत्पन्न गुण मात्र सन्तानमा अथवा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुन्छ । त्यसकारण जीनले जीवहरूको गुणमा परिवर्तन ल्याउने कार्य पनि गर्दछ र त्यस्तो गुणलाई एक पुस्ताबाट अर्क पुस्तामा अथवा सन्तानमा हस्तान्तरण गरेर संरक्षण पनि गर्दछ । वास्तवमा क्रमविकासको सिद्धान्त आनुवंशिकताको सिद्धान्तबिना अपूर्ण हुन्थ्यो । त्यसकारण तिनीहरूको संयोजन गर्नुपर्दथ्यो र त्यसै गरियो ।

    वर्तमान क्रमविकासको सिद्धान्त डार्विनको क्रमविकासको सिद्धान्त र मेण्डलको आनुवंशिकताको सिद्धान्तको संश्लेषण हो । यसमा टी.एच. हक्सले, ह्यूगो डी भ्राइस, जे.बी. हेल्डन, टी.एच.मोर्गन, आदि वैज्ञानिकहरूको ठूलो योगदान रहेको छ ।

    क्रमविकासको सिद्धान्तका परिणा

    मक्रमविकासको सिद्धान्तको खोज विज्ञानको इतिहासमा र सम्पूर्ण मानवसमाजको इतिहासमा एउटा क्रान्तिकारी घटना थियो । यसबाट मानव सभ्यताकाभौतिक तथा वैचारिक दुवै क्षेत्रमा युगान्तरकारी परिवर्तन भएका छन् । यसकाअनेकौं परिणाम छन् ।

    जेनेटिक इन्जिनियरिङ्गको विकास

    क्रमविकासको सिद्धान्त आउनुभन्दा पहिले वैज्ञानिकहरू जीवहरूलाई अपरिवर्तनशील मान्दथे । सम्पूर्ण जीवहरु आज जस्ता छन्, उही रूपमा तिनकोसृष्टि भएको हो भन्ने उनीहरूको विश्वास थियो । तर क्रमविकासको सिद्धान्तले सम्पूर्ण जीवहरु परिवर्तनशील छन् र आज अस्तित्वमा रहेका विविध प्रकारकाजीवहरु लामो विकास प्रक्रियाद्वारा उत्पन्न भएका हुन् भन्ने तथ्यलाई उद्घाटितग¥यो । त्यसपछि वैज्ञानिकहरूले मानिसको आवश्यकताअनुसार जीवको विकास गर्नसकिन्छ भन्ने धारणा बनाउन थाले । फलस्वरूप जेनेटिक इन्जिनियरिङ्गको विकास भयो ।

    जेनेटिक इन्जिनियरिङ्गले मानव समाजमा ठूलो क्रान्ति ल्याएको छ ।किनभने मानिसको एउटा प्रमुख आवश्यकता कृषि क्षेत्रबाट पूरा हुन्छ र जेनेटिकइन्जिनियरिङ्ग यो क्षेत्रसँग सम्बन्धित प्रविधि हो ।

    मानिसहरूले आवश्यकताअनुसारका बोट–बिरुवा तथा पशु–पंक्षी छनौटर विकास प्राचीनकालदेखि गर्दै आएका थिए । तर त्यो अनुभवमा मात्र आधारित थियो । त्यसलाई वैज्ञानिक आधार प्रदान गर्ने कार्य क्रमविकासको सिद्धान्तलेग¥यो र व्यावहारिक रूप प्रदान गर्ने कार्य जेनेटिक इन्जिनियरिङ्गले ग¥यो । यसरीमानिसहरूको आवश्यकताअनुसारका वनस्पति तथा प्राणीको विकास गर्नसकिनेअवस्था बन्यो ।

    जेनेटिक इन्जिनियरिङ्गको आरम्भ अष्ट्रियाका वैज्ञानिक ग्रेगोर मेण्डलको युगान्तरकारी खोज आनुवंशिकताको सिद्धान्तबाट भएको थियो । सन् १८६६मा आफ्नो बगैंचामा केराउका विभिन्न नमुनालाई लिएर गरेको प्रयोगबाटउनले जीवहरूका वंशानुगत गुणका नियम पत्ता लगाएका थिए । मेण्डलको सिद्धान्तअनुसार जीवहरूका वंशानुगत गुणलाई निर्धारण गर्ने एउटा तत्व हुन्छ,जसलाई जीन भनिन्छ । यसकै माध्यमबाट जीवहरूका गुण एउटापुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुन्छन् । तर मेण्डलको खोज वैज्ञानिकजगतको लागि लामो समयसम्म अज्ञात रह्यो ।त्यसपछि सन् १९५३ मा दुई वैज्ञानिकहरु जेम्स वाट्सन र फ्रान्सिसक्रिकले जीनको संरचना पत्ता लगाएर जेनेटिक इन्जिनियरिङ्गलाई मूर्तरूप दिए । त्यसको लागि उनीहरूलाई सन् १९६२ मा अर्का वैज्ञानिक मौरिस विल्किनसँग संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरियो ।

    अहिले जेनेटिक इन्जिनियरिङ्गले ठूलो चमत्कार गरिरहेको छ । यसकोएउटा ज्वलन्त उदाहरण GMO (Genetically Modifi ed Organism) हो । यो मानिसहरूको आवश्यकताअनुसार उत्पादित जीव हो, जुन रोग प्रतिरोधक,वातावरण अनुकूलित र बढीभन्दा बढी उत्पादनशील छ ।

    प्रगतिवादको स्थापना

    कुनै पनि सिद्धान्तको खोज पहिले एउटा सानो क्षेत्रमा हुन्छ र पछि विकसित भएर त्यो सार्वभौमिक बन्दछ ।

    क्रमविकासको सिद्धान्त जीवविज्ञानको क्षेत्रमा आएको थियो तर पछि विकसित भएर त्यसले अन्य विज्ञानका क्षेत्रलाई पनिआफ्नो परिधिभित्र पा¥यो । परिणामस्वरूप प्रगतिवाद वैचारिक क्षेत्रमा प्रभुत्वशाली बन्यो अथवा प्रगतिवादले वैचारिक क्षेत्रमा आफ्नो वर्चस्व कायम ग¥यो ।युरोपमा पुनर्जागरणकालदेखि उन्नति–प्रगतिको जुन घटना भइरहेको थियो, परिवर्तन तथा विकासको जुन प्रक्रिया चलिरहेको थियो, त्यसको सैद्धान्तिक अभिव्यक्ति क्रमविकासको सिद्धान्तमा भयो ।

    विशेषगरी वैज्ञानिक क्रान्तिको परिणामस्वरूप औद्योगिक क्रान्ति भएपछि मानिसहरूमा निरन्तर प्रगतिको उच्च भावना तथा अभिलाषा उत्पन्न भएको थियो । त्यसैगरी बेलायत तथा फ्रान्समा भएका औद्योगिक तथा राजनीतिक क्रान्तिले पनि मनिसहरूको प्रगतिशील भावनालाई ठूलो बल प्रदान गरेका थिए । वास्तवमा क्रमविकासको सिद्धान्तले आधुनिक युगमा स्थापित भएको पुँजीवादको चरित्रलाई सटीक ढंगबाट अभिव्यक्त गर्दथ्यो– अस्तित्वको लागिसंघर्ष, योग्यतमको छनौट र त्यसबाट विकास अथवा प्रगति ।

    त्यसकारण यसले पुँजीवादी समाजमा ठूलो उत्साह र आशा जगाएको थियो ।तर यसभन्दा पनि बढी क्रमविकासको सिद्धान्तले समाजवादलाई बलपु¥याउँदथ्यो । समाजवादको दार्शनिक आधार (समाजवादको दर्शन) द्वन्द्वात्मक भौतिकवाद हो र यो दर्शनको एउटा प्रमुख पक्ष प्रगतिवाद अथवा विकासवाद हो । यसले प्रकृति तथा समाज दुवै निरन्तर परिवर्तन र विकासको क्रममाछन् भन्ने कुरालाई मान्दछ ।

    यसअनुसार मानव समाज सामान्यतः आदिम साम्यवादबाट क्रमशः दासव्यवस्था, सामन्तवाद र पुँजीवादमा विकसित भइरहेकोमानिन्छ । त्यसकारण पुँजीवादपछि समाजवाद तथा साम्यवाद आउनु अनिवार्यरहेको मान्यता छ । द्वन्द्वात्मक भौतिकवादको यही निष्कर्षलाई क्रमविकासको सिद्धान्तले थप पुष्टि गर्दथ्यो । त्यसकारण चाल्र्स डाविनको कृतिलाई वैज्ञानिक समाजवादका संस्थापकहरु कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले अत्यन्तै उच्च मूल्यांकन गरेका थिए । क्रमविकासको सिद्धान्तले मानवको उत्पत्तिको सम्बन्धमा पनि एउटा आश्चर्यजनक निष्कर्ष निकालेको छ । त्यो निष्कर्षअनुसार मानवका पुर्खा बाँदर थिए । यस्तो निष्कर्ष सुनेर धार्मिक तथा रुढिवादी मानिसहरु लज्जित हुन्छन् । किनभने उनीहरू आफूलाई देवताका सन्तान ठान्दछन् । तर यो निष्कर्षबाट प्रगतिवादी मानिसहरूलाई गर्व लाग्दछ । किनभने बाँदर विकसित भएर मानिस बन्न सक्दछ भने मानिस पनि विकसित भएर अझ उच्च प्राणी बन्नसक्दछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार