Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस र गौरवपूर्ण ८ मार्च

अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस र गौरवपूर्ण ८ मार्च

  • शनिवार, फाल्गुण २४ २०७६

  • रमा गिरी


  • (लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संघ (अनेम)को केन्द्रीय सदस्य हुन् ।)

    मानव इतिहासमा वर्ग संघर्षको थालनी निजी सम्पतिको सुरुवातसँगै भएको थियो । त्यसकारण पनि वर्ग संघर्षको इतिहास धेरै पुरानो छ । समाज वर्गीय हुन्छ । जहाँ वर्ग हुन्छ त्यहा संघर्ष हुन्छ । वर्गसघंर्ष मानव जातिको प्रगतिको चुरो कुरा हो । दास युगमा दास र मालिकबीच संघर्ष भयो । दास र मालिकबीचको संघर्षको परिणाम स्वरुप दास व्यवस्थाको अन्त्य हुन पुग्यो र सामन्तवादी व्यवस्थाको सुरुवात भयो । हरेक व्यवस्था पुरानो व्यवस्थाभन्दा प्रगतिशील हुन्छ । सामन्तवादी व्यवस्था पनि दास व्यवस्थाभन्दा प्रगतिशील थियो ।

    मानव जातिले आफ्नो प्रगतिका लागि हरेक युगमा संघर्ष गर्ने गरेका छन् । सामान्तवादी युगमा जमिनदार र किसानबीच संघर्ष भयो । फलस्वरुप पँुजीवादी युगको प्रारम्भ भयो । पुँजीवादी युगमा पुजिपती र मजदुरबीच संघर्ष भयो र त्यो संघर्ष अझै जारी छ । संसारभर पुँजीवादी व्यवस्थाको विरुद्धमा र समाजवादी व्यवस्थाको पक्षमा करोडौं मानिसहरुले बलिदान गरिसकेका छन् । अन्ततः एकपछी अर्को अत्यचारी शासन ब्यबस्था ढल्दै गएको छ । नयाँ समाज ब्यबस्था निर्माण हुँदै आएको छ । हरेक पुरानो शासन व्यवस्थाको अन्त्य र नयाँ समाज निर्माणको क्रम निरन्तर जारी छ । वर्ग संघर्षको सम्पूर्ण इतिहासमा महिलाको भूमिका अत्यन्तै महत्वपूर्ण रहदै आएको छ ।

    महिलाहरू अन्यायपूर्ण समाजबाट मुक्त हुनका लागि भएका महान आन्दोलनमा अलग रहन सकेनन् । विभिन्न खाले आन्दोलनहरुमा लाखौं महिलाहरु सहिद भए । युगकै शक्तिसाली मजदुर आन्दोलनमा पनि मजदुरको झन्डामुनी करोडौं महिलाहरू संगठित भए । जहाँ दमन हुन्छ, त्यहा प्रतिरोध हुन्छ जहाँ प्रतिरोध हुन्छ, त्यहा बिस्फोट हुन्छ भनेजस्तै पुँजिपती बर्गले मजदुरमाथि निकृष्ट रुपले अमानवीय व्यवहार गर्दै जाने क्रममा मजदुर र पूँजीपतीबीच अन्तरबिरोध तीब्र गतिले बढ्दै गयो । परिणामस्वरूप अठारौं शताब्दीमा ठूल्ठूला मजदुर आन्दोलन भए । मानव जातिले गरेको ठूला आन्दोलनमध्ये १८३१ म भएको बेलायतको चार्टिस्ट आन्दोलन, फ्रान्समा भएको १८३४ को लिओन्स बिद्रोह बिश्वका चर्चित मजदुर बिद्रोह हुन । हरेक वर्गीय र मजदुर आन्दोलनमा महिलाको सहभागिता महत्वपूर्ण रहेको छ । त्यसबाहेक महिला मजदुरमाथि हुने असमान तलब, ब्यवहार र कानुन बिरुद्धमा एकजुट भएर उनीहरु सडक आन्दोलनमा ओर्लिए । मजदुर आन्दोलनबाट आत्तिएको पुँजीवादी सरकारले आन्दोलन दवाउन सैनिक, प्रहरीको प्रयोग, प्रेसको प्रयोग गरे । त्यतिले पनि नपुगेर घुसपैठ गरेर आन्दोलन भड्काउन गुन्डा लगाइयो । आन्दोलनमा सहयोग गर्नेहरुको जागिर खोस्ने, दमन गर्ने, हत्या र फाँसीसम्म दिने जस्ता निकृष्ट कार्य गरियो । तर पनि महिला समानता र न्यायको आन्दोलन दबाउन सकेनन् । तानासाही शासक झुक्न बाध्य भए ।

    महिला र पुरुष बराबरी भनिएपनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । आज पनि महिलाहरू अपहेलित भएर बाच्नु परिरहेको अवस्था छ । घर, टोल र समाज हुँदै राज्य तहमै महिलाहरूलाई दोस्रो दर्जाको रूपमा हेर्ने काम भैरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाको सिकार भैरहेका छन । महिलामाथि असमानता मात्रै हैन, सामाजिक असुरक्षा पनि उस्तै छ । १९ औं शताब्दीको बिद्रोहबाट स्थापित मूल्य र मान्यतालाई स्थापित गर्दै शारीरिक श्रम, सम्पत्ति, सत्ता र सेनामा समान हक कायम गर्न २१ औं शताब्दीमा निर्णायक बिद्रोहको अपरिहार्यता छ ।

    श्रमजीवी महिलाहरुको निरन्तर संघर्षको परिणाम स्वरूप महिला अधिकार स्थापित हुँदैगयो । सन् १८५०—६० मा अमेरिकामा पुँजीवादको तीब्र यन्त्रिकिकरणले शारीरिक कामलाई विस्थापित गर्दै अनिश्चित कामको बोज मालिकको हैकम र शोषणले मजदुरको जीवन अत्यन्त कष्टकर बन्न गएको थियो । यस अत्याचारको विरुद्धमा ८ मार्च, १८५७ मा अमेरिकी सुति कपडा कारखानामा काम गर्ने महिलाहरुले काम कम गराउन आन्दोलन गरेका थिए । सन् १८६४ मा पहिलोपटक अन्तर्र्रािष्ट्रय श्रमिक संघ गठन भयो र सदस्यका रुपमा क्लारा जेट्किन पनि रहिन । त्यसबेलासम्म महिला आन्दोलनमा दुईवटा धार देखा परिसकेको थियो । पहिलो, महिला आन्दोलनलाई पँुजीवादी सुधारमै सिमित राख्न चहने र दोस्रो, महिला मुक्तिलाई सर्वहारावादी आन्दोलनसँग जोड्ने ।

    पहिलो धारको नेतृत्व पुँजीवादी महिलाहरुले गरेका थिए भने दोस्रो धारको नेतृत्व क्लारा जेट्किन जस्ता समाजवादी महिलाले गरेका थिए । महिलाले कारखानामा काम गर्नु हुँदैन भन्ने धारणाको खण्डन गर्दै काल माक्र्सले सन् १८६८ मा भएको प्रथम इन्टरनेशनलमा महिला समानताका निम्ति सामाजिक उत्पादनका काममा महिलाको संलग्नता नितान्त आवस्यक भएको निष्कर्ष निकाले । उनले समान कामको असमान ज्याला प्रथा, अतिरिक्त श्रम शोषण, अनुत्पादक श्रमको बन्धनब रहेसम्म महिलाले मुक्ति प्राप्त गर्न सक्दैन भन्ने दृष्टिकोण अगाडी सारे । त्यसकालागी अलग्गै राती काम गर्न निषेध गरि नयाँ कानुनको वकालत गरियो । प्रथम इन्टरनेसनलको यो बिचारले विश्वभरि नै प्रभाव पार्यो । परिणाम स्वरूप महिला पनि ट्रेड युनियनमा संगठित हुन थाले । जसको प्रभावबाट सन् १८७१ मा फ्रान्समा भएको पेरिस कम्युन बिद्रोहमा पनि सक्रिय सहभागी भए ।

    यस्तै गरि ८ मार्च, १८९६ मा उचित ज्याला र दिनको १० घण्टा कामको माग गर्दै अमेरिकाको न्युयोर्कमा आन्दोलन भयो । १९०७ तिर आइपुग्दा समाजवादी महिलाहरुको ठूलै पंक्ति तयार भयो । त्यसले जर्मनीको स्टुडगार्डमा पहिलो सम्मेलन गरि क्लारा जेट्किनको नेतृत्वमा श्रमिक महिला संघ गठन भयो । यसले महिला आन्दोलनको प्रभाव युरोपमा मात्र नभै अन्य देशमा पनि पार्न थाल्यो । ८ मार्च, १९०८ मा अमेरिकाको सिकागो सहरमा महिलाको ठूलो संगठित शक्तिले महिला अधिकारका निम्ति विभिन्न ठाउँमा हड्ताल, खुल्ला सभा र सडकमा उत्रेर विशाल जुलुस प्रर्दशन गरे ।

    सन् १९१० मा डेनमार्कको राजधानी कोपन हेगनमा १७ देशका महिलाको सहभागितामा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलन सम्पन्न भयो । यस सम्मेलनमा ८ घन्टाको श्रम समय लागु गरिनुपर्ने, मातृशिशु कल्याण कार्यक्रम संचालन हुनु पर्ने, आमा र बच्चाको संरक्षण हुनुपर्ने, हतियारको होडबाजी बन्द गरी युद्धको समाप्ति र शान्ति पुर्ण मानव जीवनको ग्यारेन्टी गरिनुपर्ने तथा महिलाले पनि आर्थिक र राजनीतिक काममा सक्रियतापूर्वक भागलिन पाउनुपर्ने भन्ने बिचार अगाडी सारियो । साथै उक्त सम्मेलनले विभिन्न समयमा महिला अधिकार र समान्ताका लागि भएका महिला आन्दोलनबारे पनि गम्भीरतापूर्वक छलफल गरेको थियो ।

    त्यो सम्मेलनमा क्लारा जेट्किनले ८ मार्चको दिनमा विश्वका धेरै देशमा श्रमिक महिलाहरुले आफ्नो अधिकारका लागि ठूल्ठूला संघर्ष गरेका थिए । ती संघर्षमा धेरै बलिदानी पनि भएको र महिलाले आफ्नो हक अधिकार स्थापित गर्न सफल पनि भएको हुँदा उक्त दिनको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै ८ मार्चलाई एकता, संघर्ष र विजयको प्रतिकका रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाउने प्रस्ताव राखेकी थिइन । प्रस्तावलाई सहभागी राष्ट्रका महिलाहरुले सर्वसम्मतिले पास गरे । त्यसपछि सन् १९११ देखि हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस निरन्तर मनाइदै आएको छ । सन् १९६७ मा संयुक्त राष्ट्रसंघको महासभामा महिला भेदभाव र शोषण विरुद्ध प्रस्ताव पारित भयो । १९७२ को संयुक्त राष्ट्र संघीय साधारण सभाले सन् १९७५ लाई महिला बर्ष र १९७५—८५ लाई महिला दशकका रूपमा मनाउन आफ्ना सदस्य राष्ट्रलाई आह्वान गरेको थियो । तर आवश्यकता र परिवर्तित सन्दर्भका आधारमा मागहरु र नाराहरु थपिदै गएको छ । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई महत्वपूर्ण दिनका रुपमा मान्ने गरिएको छ । नेपालमा पनि ठूल्ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु भए तर आजसम्म नेपालमा महिला उत्पीडन भयावह अबस्था मै रहेको छ ।

    महिला र पुरुष बराबरी भनिएपनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । आज पनि महिलाहरू अपहेलित भएर बाच्नु परिरहेको अवस्था छ । घर, टोल र समाज हुँदै राज्य तहमै महिलाहरूलाई दोस्रो दर्जाको रूपमा हेर्ने काम भैरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाको सिकार भैरहेका छन । महिलामाथि असमानता मात्रै हैन, सामाजिक असुरक्षा पनि उस्तै छ । १९ औं शताब्दीको बिद्रोहबाट स्थापित मूल्य र मान्यतालाई स्थापित गर्दै शारीरिक श्रम, सम्पत्ति, सत्ता र सेनामा समान हक कायम गर्न २१ औं शताब्दीमा निर्णायक बिद्रोहको अपरिहार्यता छ । यस अर्थ बिद्रोहको सन्देश बोकेको ८ मार्च अन्तर्र्रािष्ट्रय श्रमिक महिला दिवसको महत्व अझै बढेर गएको छ । महिलाहरुले आवाज उठाउन थालेको बर्षौ भएपनि अधिकार पाउन नसकेको अवस्थाकै बिचमा “महिला समानता र संविधान कार्यनन्वयनका लागि एकताबद्ध हौं । ११० औं अन्तर्र्रािष्ट्रय महिला श्रमिक दिवश भब्य रूपमा मनाऔं “भन्ने मुल नाराका साथ यस वर्षको महिला श्रमिक दिवस मनाइदै छ । यस दिवसले न्याय समानताको आन्दोलन जारी छ भन्ने सन्देश दिदै आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार